पूर्व सांसद तथा मुक्त कमैया आन्दोलनकी नेतृ मोतीदेवी थारुको निधन


काठमाडौं, मंसिर १० गते । तत्कालिन नेकपा माओवादीबाट २०६३ सालमा अन्तरिम संविधानसभाका सभासद मोदीथारु थारु (४५) को सोमबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित चौधरीको निधन भएको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।

वर्दिया निवासी चौधरी कमैया आन्दोलनको सशक्त नेतृ हुनुहुन्थ्यो । अन्तरिम संसद बैठकमा उहाँले मुक्त कमैयाको पुनस्र्थापनाको सवालमा वहस पैरवी गर्नुभएको थियो । मृतक चौधरीका दुई छोरी, एक छोरा हुनुहुन्छ । उहाँको आजै थारु परम्पराअनुसार अन्तिम संस्कार गरिएको केन्द्रीय अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया