श्रीमतीलाई माइत पठाएको बहानामा चौधरीले गरे बुवा र ठूलो बुवाको हत्या


कैलाली, मंसिर २१ गते । आफूलाई नसोधेर आफ्नी श्रीमतीलाई माइत पठाएको भन्दै कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाँउका जहरीलाल चौधरीले आफ्नो बुवा र ठूलो बुवाको शुक्रबार हत्या गरेका हुन् ।

बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्र थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आक्रमणबाट उनकी आमा देवी चौधरी घाईते भएकी छिन् ।

जानकारी नगराई श्रीमतीलाई किन माईत पठाएको ? भन्दै ढोका थुनेर काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई चौधरीले आक्रमण गरेको प्रहरीले बताएको छ ।

घाइते आमा देवी चौधरीको टाउको र बाँया कानमा चोट लागेको छ । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लम्कीले चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत विवरण आउन अझै बाँकी छ ।

तपाईको प्रतिक्रिया