अबैध पेट्रोल बेचेर प्रहरीले वितरण गर्यो बटुकहरुलाई न्यानो कम्बल


चाँदनि आचार्य
सुखड, मंसिर २४ गते । चिसोयाम दिनप्रतिदिन वढ्दै गर्दा कैलालीको घोडाघोडि नगरपालिका ईलाका प्रहरी कार्यालय सुखडले बटुकहरुलाई नयाँ कम्वल खरिद गरी वितरण गरेको छ। कार्यालयले जफत गरेको अबैधानिक पेट्रोल वेचेको २० हजार रकमले १० थान कम्वल खरिद गरी सोमबार वितरण गरेको हो ।

स्थानीय घोडाघोडि मन्दिरमा रहेका वटुकहरुलाई ईलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्ष जोशि र नगर प्रमुख ममताप्रसाद चौधरीले एक समारोहकाबीच संयुक्तरुपमा न्यानो कम्वल हस्तान्तरण गरेका हुन् ।

घोडाघोडि मन्दिरमा हाल ३० वटुक बस्दै आइरहेका छन्। उनिहरुको रेखदेख र ब्यवस्थापन घोडाघोडि प्रतिष्ठानले गर्दै आएको छ । मन्दिरको आन्तरिक स्रोतबाट संचालन भएको प्रतिष्ठानमा रहेका वटुकहरु न्यानो कम्वल पाए पछि खुशि भएका छन् ।

जाडो बढ्दै गएको र न्यानो कपडाको कमि खड्किरहेको अवस्थामा कम्वल सहयोगले आफूहरुलाई ठूलो राहत पुगेको आश्रमका प्राचार्य शंकर सन्ज्यालले बताए । प्रहरीको जनमुखी कार्यक्रम जारी राख्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया