जन्मदिनको खर्चले बालबालिका विद्यार्थीलाई शैक्षिक सामाग्री


सुनिल चौधरी
झुम्का,बैशाख १६ गते । ब्यवसायी तथा महिला अधिकारकर्मि सीता थरुनी चौधरीले आफनो जन्म दिन मनाउने खर्चले सोमवार सामुदायीक बिद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ ।

रामधुनी वडा नं १ निवासी थरुनीले जन्मदिनको अवसरमा सो सामग्री वितरण गर्नुभयो । जन्मदिनमा खर्च हुने सो रकम यस बर्ष बिपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी बालबालिकालाई कपी, कलम, पेन्सिल,स्कुल कपडा र ब्याग बितरण गरेको बताउनुभयो ।

थरुनिले रामधुनी १ सैनिमैनि स्थित श्री सरस्वती आधारभुत बिधालयका अति बिपन्न बिद्यार्थीलाई स्कुल ब्याग,कपडा,कपि,कलमका साथै केहि नगद रकम बितरण गर्नुभयो । एकल महिला सुरुजकला सरदारकी छोरी जिया सरदारलाई पनि शैक्षिक सामग्री सहयोग गर्नुभयो । ७ बर्षिय सरदार कक्षा ३ मा अध्ययनरत छिन् । त्यसैगरी एकम्बास्थित श्री सम्भुनाथ माबिमा शिसु कक्षा देखि ५ सम्मका सबै विद्यार्थीलाई कपि कलम,पेन्सिल बितरण गर्नुभयो ।

जन्मदिनको खर्चले यसबर्ष सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले विद्यार्थी बालबालिकालाई सहयोग गरेको थारुनीले बताउनुभयो । शिक्षामा प्रोत्साहनका लागि सबैको दायित्व रहेकोले आफनो भुमिका निर्वाह गरेको सुनाउनुभयो । यस किसिमको भावना सबैमा जागोस भन्ने उद्देश्यसाथ आफूले सो सहयोग गरेको उहाँले बताउनुभयो ।

थारुनी थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष हुनुहुन्छ । त्यसैगरी झुम्का उधोग बाणिजय संघकी सदस्य, बालसंरक्षण नगर समिति सदस्य, वडानं। १ वडा स्तरीय महिला बिकास समितिकी उपाध्यक्षको समेत जिम्मेवारीमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया