नुहाउन गएका दुई चौधरी बालकको नदीमा डुवेर मृत्यु


धनगढी, वैशाख २८ गते । कैलालीको एक नदीमा नुहाउन जाँदा डुबेर दुई बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ७ को स्थानीय रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप चौधरी र ९ वर्षीय समीर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिनुभयो।

नदीमा नुहाउन गएकाबेला बालकहरु डुबेर मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दुवै बालकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया