
काठमाडौं, जेठ ३ गते । तत्कालिन एमाले र माओवादीबीच एकीकरण भएको एक वर्ष पुगेको छ । वर्ष दिन पुगेपछि नेकपाले आफ्ना २२ वटा जनवर्गाीय संगठनहरुको एकीकरण टुंग्याएको छ । जनवर्गीय सगठनमा सबैभन्दा उपल्ला नेतामा वामदेव गौतम रहनुभएको छ ।
पार्टी स्थायी कमिटी सदस्य समेत रहनुभएका गौतमलाई किसान संगठननको संयोजक बनाइएको छ । उहाँ यसअघि पनि सोही संगठनको नेतृत्वमा हुनुहुन्थयो । पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार बल्खुमा आयोजित कार्यक्रममार्फत् सार्वजनिक गर्नुभएको जनवर्गीय संगठनका संयोजक र सहसंयोजकहरुका सूचीमा बरिष्ठ नेता वामदेव गौतमदेखि पूर्वमन्त्री शेरबहादुर तामाङसम्मको नाम छ ।
पूर्वउपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई अखिल नेपाल किसान महासंघको संयोजक बनाइएको छ । किसान संगठनको सहसंयोजकमा माओवादीतर्फबाट नेता चित्रबहादुर श्रेष्ठलाई राखिएको छ ।
पूर्वसांसद रामप्रित पासवानलाई भूमिहीन सुकम्बासी संगठनको संयोजक बनाइएको छ भने पूर्वकानुनमन्त्री शेरबहादुर तामाङलाई आदिवासी जनजाति महासंघको सहसंयोजक बनाइएको छ ।
गत २०७५ जेठ ३ गते दुई पार्टीबीच एकता भएर नेकपाको घोषणा भएको थियो । पार्टी एकता भएको एक वर्ष पुगे पनि अझै एकता प्रक्रिया भने टुंगिएको छैन । जनवर्गीय संगठनमा कुनै थारुको नेतृत्व भने देखिएन । २२ वटा जनवर्गीय संगठनको संयोजक नभए पनि सहसंयोजकको भूमिकामा समेत थारु परेनन् ।
हेर्नुहोस् सूची





