क्यान्सर पीडित आनन्द चौधरीलाई उपचार खर्च सहयोग


सुनिल चौधरी
झुम्का,जेष्ठ ११ गते । सुनसरी झुम्काका क्यान्सर पीडित आनन्द चौधरीलाई उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । रामधुनी वडा नं। १ का चौधरीलाई स्वास्थ्यको कामना गर्दै रामधुनी बचत समुह दोहा कतार च्याप्टरबाट उपचार खर्चका लागि ३५ हजार ४ सय ६० रुपियाँ सहयोग जुटेको हो ।

कतारबाट पठाएको उपचार खर्च थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष सिता चौधरी थरुनीको समन्बयमा शुक्रबार पीडितकै घरमा गएर उन्को छोरी दक्षिणा चौधरीलाई हस्तान्तरण गरिएको छ । चौधरी चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेको परिवारजनले जनाएको छ । बुधवार साझ मुख क्यान्सरको अपरेशन भएको उन्को छोरी दक्षिणा चौधरीले जाकारी दिईन् । पीडितको दुई छोरी र एक छोरा छन् ।

जिवन मरणको दोसाँधमा रहेको चौधरीलाई स्वस्थयको कामना गर्दै बिभिन्न संघ संस्थाहरुबाट पनि सहयोगका लागि दोहा कतार च्याप्टरका उपाध्यक्ष उपेन्द्र चौधरीले अनुरोध गर्नुभएको छ । सात समुन्द्रपारी बिदेशमा दुःख भएता पनि आफ्नो ब्यथा बिर्सिएर स्वदेशमा रहेका पीडितहरुलाई सहयोग जुटाउदै आएकोमा महान धर्म कार्य भएको उत्थान समाजकी अध्यक्ष थरुनीले रकम हस्तान्तरण गर्दै भन्नुभयो ।

दोहा कतारबाट रामधुनी बचत समुहका सदस्यहरुले स्वईच्छा रकम संकलन गरी पीडितलाई सहयोग गरेको अध्यक्ष मनोज चौधरीले बताए । च्यापटरले यसभन्दा पहिले रामधुनी १ कै डुमैरिया टोलका आगलागी पीडित त्यस्तै सिंगीयाका क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको थियो ।

रकम हस्तान्तरणमा परिवारजनबाट उन्को छोरी दक्षिणा चौधरी, दिदि समतोलिया चौधरी, उत्थान समाजकी अध्यक्ष सिता थरुनी, कोषध्यक्ष आशा चौधरी, सदस्य सनम, मन्जु, गयाबती लगायतका समाजसेवि महिलाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया