क्यान्सरपीडित आनन्द चौधरीको उपचारका लागि सहयोग जुट्दै


सुनिल चौधरी
झुम्का, जेठ २४ गते । रामधुनी १ झुम्काका क्यान्सर पीडित आनन्द चौधरीलाई उपचार सहयोगका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । कतारमा कार्यरत रामधुनी भादगाउँ टोल, तथा रामधुनीकै अन्यटोल र नुवाकोटबाट समेत आर्थिक सहयोग उपलब्ध भएको छ ।

संकलित आर्थिक सहयोग ३० हजार १ सय ५८ रुपैयाँ शुक्रवार पीडितलाई हस्तान्तरण गरिएको छ । कतारमा कार्यरत प्रवासिहरुको परिवारका सदस्यहरुले संयुक्त रुपमा पीडितको छोरी दक्षिणा चौधरीलाई सो रकम हस्तान्त गरेका हुन् ।

स्वस्थ्यलाभको कामना सहित गाउँका साथी भाइलाई सहयोग जुटाएको कतारमा कार्यरत संजय चौधरीले जानकारी दिनुभयो । भादगाउँटोलका तथा अन्य टोलका पनि संगै काम गरिरहेकाहरुले समेत सहयोगको भावनाले आर्थिक सहयोग गरेका हुन् ।

सहयोग गर्नेहरुमा बिक्रम चौधरी (भादगाउँ) कतारी रियाल १०१, अनिश चौधरी (भादगाउँ) १०१, बिनोद चौधरी (भादगाउँ) १०५, राजकुमार शाह (भादगाउँ)१०५, संजय चौधरी (भादगाउँ) १०१, राजेश चौधरी (झुम्का)१०१, अजय चौधरी (डुमैरिया) १०५, रोहित चौधरी (भादगाउँ) कतारी रियाल ५१, मनोज चौधरी (झुम्का) ५०, कृष्ण चौधरी (लालपुर) ५१, धुब्र (नुवाकोट) ७१, मुना चौधरी (भादगाउँ) ५०, बिध्यानन्द चौधरी (रहिपुर) २० कतारी रियाल सहयोग गरेको कतारबाट संजय चौधरीले जानकारी दिनुभयो ।

पीडित चौधरीकालागि संकलित सहयोग रकम उहाँकै घरमा गएर हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा सनम चौधरी, मन्जु चौधरी, रमा चौधरी, समाजसेवि सन्जिव चौधरी, थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष सीता थरुनी, पीडित परिवारका सदस्य समतोलिया चौधरी लगायतको उपस्थिति थियो ।

त्यसैगरी पीडितलाई रामधुनी नगरपालिकाबाट पनि सहयोग प्राप्त भएको छ । सीता थरुनीको पहलमा नगरपालिकाबाट १० हजार रुपियाँ सहयोग प्राप्त भएको छ । यसभन्दा पहिले रामधुनी बचत समुह दोहा कतार च्याप्टरबाट उपचार खर्चका लागि ३५ हजार ४ सय ६० रुपैया सहयोग प्राप्त भएको थियो ।

पीडित चौधरीको चितवन भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । मुख क्यान्सर बाट पीडित चौधरीको जेठ ९ गते बुधवार अपरेशन भएको उहाँको छोरी दक्षिणा चौधरीले जाकारी दिनुभयो । अपरेशन पछि क्रमिक रुपमा स्वस्थ्य अवस्थामा सुधार भइरहेको परिवारका सदस्यले बताएका छन् । सहयोग गर्नुहुने संघ संस्था, नगरपालिका, ब्यक्तिहरुलाई पीडित परिवारजनले धन्यवाद ब्यक्त गरेका   छन् । क्यान्सर पीडित आनन्द चौधरीको आमा गीता चौधरी (७०) ले सहयोगी हातहरुले सहयोग गरी हौसला र आत्मबल बढाएकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया