तीस विद्यार्थीलाई १२ हजार रुपियाँको छात्रवृत्ति वितरण


रामअवतार चौधरी
कपिलवस्तु, असार १४ गते । कपिलवस्तुको शिवराज नगरपालिका– ३, भितरियामा रहेको श्री धर्मज्योति आधारभूत विद्यालयले बिहिबार एक कार्यक्रमकाबीच छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत आदिबासी जनजाति, दलित र अन्यगरी १ छात्र, २९ छात्राहरुलाई १२ हजार रुपियाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हो ।

शिवराज नगरपालिका अन्तर्गत पर्ने धर्मज्योति आधारभूत विद्यालय विकट क्षेत्रमा पर्छ । विगत करिब एक दशकदेखि कक्षा १ देखि ५ सम्म पठन पाठन गराउँदै आएको विद्यालयमा यसरी विद्यालय व्यवस्थापन समितिको उपस्थितिमा सो रकम वितरण गरिएको अभिभावक संघका अध्यक्ष हर्जु थारुले बताउनुभयो ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उमा सापकोटाले विगतका दिनभन्दा भौतिक पूर्वाधार देखि लिएर विद्यालय आउने विद्यार्थीहरुको संख्यामा समेत वृद्धि भएको बताउनुभयो ।

कार्यक्रम अध्यक्ष सापकाटाको अध्यक्षतामा भएको थियो । समाजसेवी कृष्ण भण्डारी, विद्यार्थी लगायत अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा शिक्षक देवीप्रसाद बेल्बासेको सञ्चलानमा छात्रबृत्ति वितरण गरिएको प्रधानाध्यापक खगेन्द्र बेल्बासेले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया