थारु पत्रकार संघ बाँके अध्यक्षमा भगतराम चौधरी निर्वाचित


नेपालगञ्ज, साउन ५ गते । थारु पत्रकार संघ, नेपाल बाँके शाखाको अध्यक्षमा भगतराम चौधरी निर्वाचित भएका छन् । शनिबार भएको जिल्लाको तेस्रो अधिवेशनबाट चौधरी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै, संघको उपाध्यक्षमा अन्जु चौधरी, सचिवमा सुलोचना चौधरी, सहसचिवमा कृष्ण चौधरी, कोषाध्यक्षमा शम्भु थारु निर्वाचित भएका छन् । सोहीअनुसार सदस्यमा लक्ष्मी थारु, रमेश थारु, जागेश्वर थारु र मधुरानी थारु चयन भएका छन् ।

संघका प्रदेश ५ संयोजक सन्तोष थारुले थारु समुदायको हक अधिकार तथा भाषा संरक्षणमा एक भएर अघि बढ्न जरुरी रहेको बताए ।कार्यक्रमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष ठाकुरसिंह थारु, पत्रकार विश्वराज पछल्डंग्या, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु लगायतले नवनिर्वाचित कार्य समितिको सफलताको शुभकामना दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया