सुदूर होइन सुन्दरपश्चिम

विचार

लक्की चौधरी

नेपालको सुदूरपश्चिमी भूभागमा हिमाल–पहाड–तराईको सन्तुलन छ । तीनै भूभागको सम्मिश्रण भएको ठाउँमा विकासको सम्भावना अधिक हुन्छ । तर हाम्रो सोच, कार्यशैली र अदूरदर्शिताले यस क्षेत्रको सन्तुलित विकास भएको छैन । सुदूरपश्चिमलाई ‘सुदूर’ अर्थात् टाढाको मानसिकताले हेर्ने गरिएकै छ । ‘सूर्य पनि अस्ताउन आउने भूभाग हो सुदूरपश्चिम’ भन्छौँ । यो सङ् कुचित सोच हो । समानरूपले ताप र प्रकाश दिन्छ सूर्यले तर हामी सोच्छौँ पूर्वमा पहिले घाम लाग्छ । पश्चिममा ढिला । पश्चिमबाट सूर्य किन उदाउँदैन त रु विकास, सेवाका सन्दर्भमा पनि यस्तै प्रश्न खेलाएर पश्चगामी बन्दैछौँ । सूर्य त शाश्वत सत्य हो । कोहीमाथि विभेद गर्दैन । नीतिकार र विकासकर्मीहरू सूर्यजस्तै गतिशील, इमानदार र कर्तव्यनिष्ठ हुन्थे भने सुदूरपश्चिमलाई ‘सुदूर’को भावनाबाट हेरिँदैनथ्यो ।

सुदूरपश्चिममा १९ हजार ५३९ वर्ग किमि क्षेत्रफल छ । यहाँको कुल क्षेत्रफलको सात हजार ९३२ वर्ग किमि हिमाली भूभाग छ । त्यस्तै, छ हजार ७६२ वर्ग किमि मध्यपहाडी, चार हजार ८४५ वर्ग किमि मात्र तराई भूभाग छ । अर्थात् पहाडी भूभागभन्दा एक हजार १७० वर्ग किलोमिटर बढी हिमाली भूभाग छ । तराई भूभागभन्दा एक हजार ९१७ वर्ग किमि पहाडी भूभाग बढी छ । सबैभन्दा कम भूभाग रहेको तराई हिमाली भूभागभन्दा तीन हजार ८७ वर्गकिमिले कम छ । तर तराईका मुख्य दुई जिल्ला कैलाली र कञ्चनपुरले नै पहाडका चार जिल्ला (बैतडी, अछाम, डोटी र डडेल्धुरा) एवं हिमालका तीन जिल्ला (बाजुरा, बझाङ र दार्चुला) लाई खाद्यान्नले भरथेग गर्छ ।

सुदूरपश्चिम जातीय हिसाबले विविधतायुक्त छ । यहाँ क्षेत्री, थारू, ब्राह्मण, ठकुरी, कामी, दमाई, मगर, सार्की, लुहार, दशनामी, तामाङ, गुरुङ, मगर, मुसलमान आदिको बसोबास  छ ।

सुदूरपश्चिम प्रदेश आत्मनिर्भर छ । जडीबुटी, खनिज पदार्थ तथा ढुङ् गा, बालुवा र गिट्टीबाट पहाडी जिल्लाले भरथेग गर्छ । पर्यटन तथा अन्य सम्भावनाले हिमाली जिल्ला सन्तुलन कायम गर्न सक्छ । यहाँको जङ् गल, ताल तलैया, मठमन्दिर, नदी, खोलानाला, गुफा, झरनाको उचित सदुपयोगले नै यो क्षेत्र सम्पन्न र समृद्ध बन्न सक्छ । त्यसैले हामी विकासले पछाडि प¥यौँ भनेर निराश हुने होइन, मात्र खाँचो छ त यहाँका बासिन्दाको दृढता, एकता र समभावको ।

सुदूरपश्चिम जातीय हिसाबले विविधतायुक्त छ । यहाँ क्षेत्री, थारू, ब्राह्मण, ठकुरी, कामी, दमाई, मगर, सार्की, लुहार, दशनामी, तामाङ, गुरुङ, मगर, मुसलमान आदिको बसोबास छ । २०६८ को जनगणनाअनुसार यहाँको कुल जनसङ् ख्या २५ लाख ५२ हजार ५१७ छ । त्यसमध्ये सबैभन्दा बढी जनसङ् ख्या क्षेत्रीको छ । १० लाख ६० हजार ३६५ क्षेत्री यहाँ बसोबास गर्छन् । प्रतिशतमा यो ४१ दशमलव ५४ हो । त्यस्तै, दोस्रो धेरै जनसङ् ख्या थारूको छ । चारलाख ३९ हजार २६७ थारू यहाँ बस्छन् । प्रतिशतमा यो १७ दशमलव २० हो । तेस्रो बढी जनसङ् ख्या ब्राह्मण  तीनलाख ३२ हजार २२३ को छ । यो १३ प्रतिशत हो । यसबाहेक अन्य समुदायको बसोवास छ ।

जातीय समुदाय यहाँका गहना हुन् । जातीय विविधताले प्रदेश सम्पन्न छ । जातीय सद् भाव, आपसी एकता, भाइचाराको सम्बन्धले सुदूरपश्चिम समृद्ध बन्छ । यहाँको भाषा, संस्कृति, कला, सांस्कृतिक चालचलन, धार्मिक सहिष्णुताको विकास र विस्तारले प्रदेश समृद्ध बन्छ । यहाँको सांस्कृतिक महŒवलाई परिचित गराएर आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिन्छ । जातीय, सांस्कृतिक कला संरक्षणले एकातिर यहाँको जाति समुदायको पहिचान कायम हुन्छ भने अर्कोतिर त्यसको व्यावसायिकताले आर्थिक उपार्जन हुन्छ ।

सुदूरपश्चिमको मूल नेतृत्वमा अहिले गैर थारू छन् । त्यसैले थारूको चित्त बुझाउन पहल लिने काम सो समुदायको हो । थारू समुदायले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ गर्नुहुँदैन ।

सुदूरपश्चिममा मुख्य खाँचो आपसी सद् भावको हो । प्रादेशिक संरचना निर्माण प्रक्रियामा थारू र गैर थारूबीच वैमनस्य सिर्जना गराइयो । प्रदेशले कसलाई फाइदा कसलाई घाटाभन्दा पनि सबैको फाइदा हुने गरी समस्या समाधान खोज्नुपर्छ । गैरथारूले गर्ने काम थारूलाई ‘वैरी’ लाग्ने र थारूले गर्ने कामको गैर थारूलाई वैरी लाग्ने हो भने सद् भाव हुँदैन । अखण्ड सुदूरपश्चिम हुनु समग्रमा यस क्षेत्रको विकास र एकता कायम हुनुसँग गाँस्न जरुरी छ । तराईका थारूले थरुहट प्रदेशको माग गरिरहँदा सुदूरपश्चिम प्रदेश बन्दा कतिपय थारूलाई नै चित्त बुझेन । गैर थारूले थारू समुदायको चित्त बुझाउने पहल लिनुपर्छ । सुदूरपश्चिम हुँदा थारूलाई के घाटा भएको छ रु थरुहट हुँदा गैर थारूलाई के घाटा रु बहस र संवादबाटै निरूपण हुन्छ । यही वैमनस्यकै कारण २०७२ भदौ ७ गते टीकापुर घटना हुन पुग्यो ।

सुदूरपश्चिमको मूल नेतृत्वमा अहिले गैर थारू छन् । त्यसैले थारूको चित्त बुझाउन पहल लिने काम सो समुदायको हो । थारू समुदायले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ गर्नुहुँदैन । दुई जिल्ला कैलाली र कञ्चनपुरलाई अलग गर्दा थारूलाई के फाइदा हुन्छ रु थारू पनि घोत्लिनुपर्छ । दुई जिल्लालाई अलग गर्ने बित्तिकै थारूको राजनीतिक, सांस्कृतिक तथा सामाजिक सुरक्षा कायम भइहाल्छ ठान्नु गलत छ । सुदूरपश्चिममा रहँदा थारूको विकास नहुने र बाहिर हुँदा सबै राम्रो भइहाल्ने होइन । थारूले उठाउँदै आएको मुद्दा पहिचानको हो । त्यसलाई सुदूरपश्चिमभित्रै रहेर सम्बोधन गर्न सकिन्छ । संविधानले संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था गरेको छ । व्यवहारतः कार्यान्वयन गरेर जान सकिन्छ । समस्या समाधान गर्ने अर्को उपाय पनि छ । जातीय जनसङ् ख्याको हिसाबले राज्यको सबै निकायमा प्रतिनिधित्व सुनिश्चित गर्नु । जुन समुदायको जति प्रतिशत जनसङ् ख्या छ, त्यसको त्यति नै प्रतिनिधित्व सुनिश्चित गर्नु अर्को विकल्प हो ।

प्रदेशको दुईतर्फ ९दक्षिण र पश्चिम० भारतले घेरेको छ । उत्तरतर्फ चीनको भूभाग छ । सुदूरपश्चिममा भएका अथाह, अमूल्य प्राकृतिक सम्पदा स्रोतको विकास र उत्पादनको राम्रो बजार छिमेकी मुलुक हुन् । धार्मिक, सांस्कृतिक पर्यटनको ठूलो सम्भावना छ । मुख्य व्यापारिक नाकाहरू भारत र चीन दुवैतर्फ कायम गर्न सकिन्छ । भारततर्फ त अहिले नै छ । सामानको निकासी तथा पैठारी गरेर मनग्य राजस्व सङ् कलन गर्न सकिन्छ । थारू गाउँलाई होमष्टेको रूपमा विकास गर्न सकिन्छ । दुई ठूला नदी कर्णाली र महाकालीमा जलविहार र खप्तडलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । शुक्लाफाँटा आरक्षलाई व्यवस्थित गरी जङ् गली जीव जनावरको अवलोकन गर्ने वातावरण बनाउन सकिन्छ । घोडाघोडी, टीकापुर, बेहडाबाबा, दोधरा चाँदनी, उग्रतारा, त्रिपुरासुन्दरी, मेलौली, निङ् लासैनी, केदारनाथ, शैलेश्वरी लगायतका धार्मिक स्थलमा भौतिक पूर्वाधार तयार गरी हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सकिन्छ । अपि, सैपालजस्ता हिमाल रहेको सुदूरपश्चिममा पदयात्राको सम्भावना उत्तिकै छ ।

थारूले उठाउँदै आएको मुद्दा पहिचानको हो । त्यसलाई सुदूरपश्चिमभित्रै रहेर सम्बोधन गर्न सकिन्छ ।

सुदूरपश्चिम कृषिको उर्वरभूमि हो । यहाँ प्रशस्त धान, गहुँ, तोरी तथा अन्य खाद्यान्न उत्पादन हुन्छ । पहाडी क्षेत्रमा प्रशस्त फलफूल उत्पादन हुन्छ । यहाँ फल्ने फलहरू भौगोलिक विकटताका कारण बजारसम्म पुग्दैनन् । बाजुरा, बझाङ, दार्चुला, अछाम, डडेल्धुरामा फल्ने स्याउ–सुन्तला सुदूरपश्चिमकै मुख्य बजारमा पुग्दैनन् । यहाँ उत्पादित फलफूल तथा तरकारीको बजार प्रवद्र्धन गर्दा कृषकहरू लाभान्वित मात्र होइन, राजस्वमा टेवा पुग्छ । खासमा सुदूरपश्चिम हैन, सुन्दरपश्चिम हुनुपर्ने हो । विकासमा सुदूरपश्चिमको एकता पहिलो शर्त हो ।

तपाईको प्रतिक्रिया