सुदूरपश्चिम सरकारले दियो थारुको पर्व माघ र अट्वारीमा सार्वजनिक विदा


धनगढी, साउन २३ गते । थारु समुदायको बाहुल्यता रहेको सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख पर्व माघ र अट्वारीमा एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको साउन ८ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार साउन ३० गते रक्षा बन्धन, भदौ १५ गते अट्वारी पर्व, पुस १० गते भुवा पर्व र माघ १ गते माघे संक्रान्तिमा प्रदेश स्तरमा सार्वजनिक विदा दिने निर्णय भएको छ । मन्त्रालयका उपसचिव तेजप्रकाश जोशीद्वारा जारी सुचनामा सो विदाबारे जानकारी गराइएको छ ।

यसअघि थारु समुदायले सुदूरपश्चिम प्रदेशमा अटवारी पर्वमा सार्वजनिक विदा पाएका थिएनन् । यद्यपि थारु समुदायले केन्द्रीय स्तरबाटै अटवारी र माघ पर्वमा विदाको माग गर्दैआएका छन् । थारु कल्याणकारिणीसभा सहित थारुको अन्य संघ संस्थाले थारुको प्रमुख चाडपर्वमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग लामो समयदेखि गर्दैआएका छन् ।

हेर्नुहोस् प्रदेश सरकारको निर्णय

तपाईको प्रतिक्रिया