बाबाको चप्पल

कथा

मुना चौधरी

लहान बजारको पश्चिम पडरिया गाउँको पछबरिया टोल । खपराको छाना भएको दुईवटा घर । सानो आँगन । आँगनअगाडि गोरु बाँध्ने परालको छाना भएको सानो गाहली (गुहाली) । गाहलीको आधा भागमा बसघरा (केटामान्छे बस्ने घर) थियो, जहाँ बा सुत्थे । एक दिन बा खेतबाट फर्केपछि चप्पल फुकालेर बसघरामा राखे । के सोचे कुन्नि, उनले त्यो चप्पल दायाँ हातले बोकेर कलतिर गए ।

कलमा चप्पल धोए । धेरै जतनका साथ त्यो चप्पल पिँढीमा राखे । चप्पल हरियो रङको थियो, नीलो रङको फित्ता थियो । दुईवटै चप्पल खिइएर कुर्कुच्चातिर प्वाल परिसकेको थियो । तैपनि बाको चप्पलप्रतिको मोह देखेर लाग्थ्यो त्यो चप्पलसँग उनको कहिले नटुट्ने साइनो छ । त्यो चप्पललाई उनले छोराछोरीजस्तै ध्यान राख्थे र हेरचाह गर्थे । चप्पल नखिइयोस् र फित्ता नचुँडियोस् भनेर हिँड्ने वेलामा उनी बिस्तारै हिँड्थे । काम गर्ने वेला आलीमा चप्पल फुकालेर राख्थे अनि खेतमा पस्थे । पैसा नभएर चप्पल किन्न सकेका थिएनन् । घर, आँगनमा पनि नांगै खुट्टा हिँड्थे । लहान बजारतिर जानुप(यो भने मात्रै चप्पल लगाउँथे ।

चप्पलको कुर्कुच्चातिर प्वाल परेको थियो । हिँड्ने वेलामा खुट्टा भुइँमा टेकेका हुन्थे । कुर्कुच्चा चरचरी फुटेका थिए । चप्पलको फित्ता पनि पुरानो भएर चुँडिएलाजस्तै भइसकेको थियो । कलमा चप्पल धुने वेलामा आमाले चप्पलमा टेक्न पुगिन् । चप्पलमा टेकेको देखेर बाले रिसाउँदै भने, ‘देख के पाइन भोर । चप्पल मे लात नै दहै ।’ उनको कुरा सुनेर आमाले अचम्म मान्दै चप्पलतिर हेरिन् । निधार खुम्चियाइन् । फेरि तुरुन्तै बाको अनुहारतिर हेरिन् । केही बोलिनन् । बा दखिनबरिया खेतमा काम गर्न गए । काम गरेर फर्किँदा बाटोमै चप्पलको फित्ता छिन्यो । फित्ता छिनेको चप्पल हातमा बोकेर घर फर्किए । बसघराको मचानमुनि चप्पल राखेर लामो सुस्केरा हाले । आमालाई पनि सुनाउँदैनथे, आफ्नोे पीडा ।

बाले आमालाई टुकी बाल्न लगाए । आमाले टुकी बालिन् । टुकीको आगोमा उनले चप्पलको फित्ता राखे । फित्ता पग्लियो । पग्लिएको दुईवटै टुक्रा फित्तालाई जोडे । त्यो फित्ता चप्पलको अगाडिको प्वालमा छिराए । फित्ता सेलाएपछि पहिलाको जस्तै बन्यो । तर, आगोमा सेकेर फित्ता कालो र बांगो भयो । त्यो चप्पललाई उनले उल्टाइपल्टाइ हेरे । खुट्टामा लगाए । फेरि फुकालेर जतनका साथ राखे ।

भोलिपल्ट त्यही चप्पल लगाएर बहिनी (काकाकी छोरी) लाई दुलाहा हेर्न बा र काका निस्किए । दुलाहा हेरेर फर्किँदा आगोमा सेकेर जोडेको फित्ता फेरि चुँडिइसकेको थियो । अब जोड्ने ठाउँ पनि बाँकी थिएन । चप्पलको किल्ला पनि हराइसकेको थियो । चप्पल लगाउनै नमिल्ने, खिइसकेको, कुर्कुच्चामा ठूलो प्वाल परेको, थोत्रो, फाल्न मिल्ने भइसकेको थियो ।

सबैजनाले चप्पल लगाएका थिए, तर उनी त्यहाँ पनि नांगो खुट्टा थिए । उनले चप्पल नलगाएको देखेर मामाले भने, ‘पौहना चप्पल पिन्ह न ।

बाले चप्पल जोड्न तार लिएर आए । किल्लाको जस्तै आकारमा तार काटे । चप्पलमा छिराए । फित्ताको अगाडिको भागमा तारको किल्ला बनाएर चप्पलको फित्तामा जोडे । फित्ता तारले जोडिएको त देखियो, तर पहिलाको भन्दा झन् बिग्रिएको र भद्दा देखियो । हटियाको दिन आमाले चार किलोजति उसिना चामल पोको पारिन् । लहान हाटमा बेच्न लगिन् । आमा चामल बेचेर बाका लागि चप्पल किनिदिन चाहन्थिन् । तर, हाटमा चामल नै बिक्री भएन । बेलुकी चामलको पोको बोकेर आमा घर फर्किन् ।

म त्यसवेला १२ वर्षकी थिएँ । काकाको छोरीको बिहे थियो । बिहेमा सबैले चप्पल लगाएका थिए । तर, बा खाली खुट्टै हिँडिहेका थिए । बिहेमा रमाउनुभन्दा बाको समस्या देखेर म दुःखी भएँ । उनका लागि चप्पल किन्ने मेरो बसको कुरा पनि थिएन । आमा पनि बाको अवस्था देखेर चिन्तित थिइन् । आमाको मौनता देखेर बाले भने, ‘जोखना के माई चिन्ता नै कर । पैसा हेतै ताब चप्पल किन बै ।’ बाको कुरा सुनेर आमाको आँखा आँसुले भरियो ।

आमाको पनि एकजोर पुरानो चप्पल थियो । तर, बाको जति पुरानो थिएन । आमाले पनि बाउलामा च्यातिएको ब्लाउज र पुरानो, रंग खुइलिएको सारी लगाएकी हुन्थिन् । बाले मैलो पातलो गन्जी र मैलो सेतो धोती लगाएका हुन्थे । गन्जी दाहिने छातीतिर प्वाल परिसकेको थियो । त्यो प्वाललाई छोप्न बाले गम्छा दायाँ काँधमा ओढेका हुन्थे । एउटा कमिज थियो त्यो कमिज बाहिर जानेवेलामा मात्र लगाउँथे ।

थारू समुदायमा छोरीको नोकनैत ९लोकन्ती० जाने चलन छ । बा काकाको छोरीको लोकन्ती जानुपर्ने भयो । उनी लामो सोचमा परे । ओसराको छेउमा चप्पल राखिएको थियो । उनी चप्पलतिर हेर्दै उदास भए । उनी लोकन्ती जानका लागि तयार भए । उनीसँग म पनि लोकन्ती गएँ । उनले त्यही पुरानो चप्पल लगाए ।
लोकन्तीलाई बसघरामा बस्न दिइएको थियो । बा सबैभन्दा पछाडि बसिरहेका थिए । खाना खान आँगनमा जानुपथ्र्यो । खाना खान जानेवेला बाले बसघरामा चप्पल कसैले नदेख्ने गरी खोलेर राखे ।

सबैजनाले चप्पल लगाएका थिए, तर उनी त्यहाँ पनि नांगो खुट्टा थिए । उनले चप्पल नलगाएको देखेर मामाले भने, ‘पौहना चप्पल पिन्ह न । कथिले खाली टाङ चिही रु’ त्यतिवेला बाले मामालाई भने, ‘हमरा चप्पल लगाइले निक नै लागै छै । चप्पल लग्या के लरै ले कनङ ने कनङ लागै छै ।’ उनको कुरा सुनेर मामाले भने, ‘खाली टाङ देखतौ त सम्धी कथि कहतौ रु’ मामाको कुरा सुनेर बा केही बोलेनन् । घोसेमुन्टो लगाइरहे । बाको चप्प्ल लगाउनै नमिल्ने छ भन्ने मामालाई थाहा थिएन ।

बिहान सबैजना उठेर नित्यकर्ममा गए । सबैजना गइसकेपछि बाले बिस्तारै चप्पल निकालेर लगाए र चौरतिर गए । उनी चौरतिरबाट आउनुभन्दा अगाडि सबैजना आइसकेका थिए । उनको पुरानो र खिइएको चप्पलतिर भिखना दाइ र हरिनारायण काकाले हेरे । उनीहरू बाको चप्पलतिर हेरेको थाहा पाएर बाले उनीहरूको अनुहारमा आँखा राखे, तर केही बोलेनन् । हरिनारायण काका र भिखना दाइको आँखाले भनिरहेझैँ लाग्थ्यो, ‘कुटुम्बको घरमा कस्तो थोत्रो चप्पल लगाएर आएको  ?’

दिउँसोको खाना खानेवेला भयो । सबैजना खाना खान फेरि आँगनतिर जानुपर्ने भयो । सबैजना खाना खान गइसकेपछि बाले चप्पल फुकालेर त्यही सतरंगीमुनि पलुकाएर जतनका साथ राखे । खाली खुट्टा खाना खान गए । लोकन्तीहरू सबैजना खानेकुराको प्रशंसा गर्दै रमाउँदै खाना खाइरहेका थिए । सबैजना हाँसिरहेका थिए, तर बाको अनुहार उदास थियो । बाको अनुहारमा मुस्कान थिएन ।

बाको अनुहार लाजले रातोनीलो भयो । बाले घुटुक्क थुक निले । मौन भए । उनको मौनताले भनिरहेको थियो, ‘त्यस्तो थोत्रो चप्पल सबैले देखे भने के भन्ने होलान् रु’ बसघरामा बसेका सबै लोकन्तीबाको चप्पल काम गर्ने मान्छेले लिएर आउँछ भन्ने आशामा थिए ।

खाना खाएर सबैजना बसघरा आए । एकछिनपछि घर फर्किनेवेला भयो । फर्किने वेलामा सतरंगी पल्टाएर उनले चप्पल निकाल्न खोजे । चप्पल त्यहाँ थिएन । यताउति खोज्न थाले । चप्पल भेटेनन् । चप्पल नभेटेपछि बाले भन्न थाले, ‘हमर चप्पल नै छै । के ल्या गेलै रु’ उनको बेचैनी र छटपटी देखेर चप्पल हराएको खबर काकाको सम्धीले पनि थाहा पाए । काकाको सम्धी हस्याङफस्याङ गर्दै आए । उनले बालाई सोधे, ‘सम्धीजी चप्पल केहेन छ्याल रु’

सम्धीको कुरा सुनेर बालाई बोल्न अप्ठ्यारो लाग्यो । त्यस्तो प्वाल परेको, तारले बेरिएको थोत्रो चप्पलका बारेमा भन्न सकेनन् मात्र अकमकाउँदै भने, ‘हरहियर रङ के चप्पल छेलै ।’ बाको कुरा सुनेर उनले घरका कामदारलाई बोलाएर बाको चप्पल खोज्न लगाए । बसघरा सफा गर्न आएको एकजना मान्छेले भने, ‘सम्धीजी के चप्पल त नै देखलियै । लेकिन सतरङ्गी के तर मे एकटा पुरनका, तारसे बेरलाहा फित्तावला चप्पल छेलै । ऊ चप्पल हम बसुवाइर मे फेक देलि यै । रह हम ऊ चप्पल ल्या के आबे चियै ।’

उनको कुरा सुनेर बाको अनुहार लाजले रातोनीलो भयो । बाले घुटुक्क थुक निले । मौन भए । उनको मौनताले भनिरहेको थियो, ‘त्यस्तो थोत्रो चप्पल सबैले देखे भने के भन्ने होलान् रु’ बसघरामा बसेका सबै लोकन्तीबाको चप्पल काम गर्ने मान्छेले लिएर आउँछ भन्ने आशामा थिए । सबैजना काम गर्ने मान्छे गएकोतिर हेरिरहे । तर, बाको चप्पल त्यस्तो जीर्ण थियो भन्ने कुरा भिखना दाइ, हरिनारायण काका, र मलाई मात्र थाहा थियो ।

काम गर्ने मान्छेले मिल्काएको चप्पल लिएर आयो । त्यो चप्पल देखेर बा केही बोलेनन् । उनको अनुहारको रङ उडिसकेको थियो । उनको कान राता राता भए । हरिनारायण काका र भिखना दाइ उनको चप्पल चिने तर केही बोलेनन् । थोत्रो चप्पल देखेर काम गर्ने मान्छेलाई काकाको सम्धीले रिसाउँदै भने, ‘येहेन पुरान केकर चप्पल आन लिही रौ रु यी सम्धीजी के चप्पल नै चियै । जो चप्पल फेक के या ।’ काकाको सम्धीले पनि बाको चप्पल चिन्न सकेनन् । बाको चप्पल यस्तो थोत्रो हुन सक्दैन भनेर काम गर्ने मान्छेलाई गाली गर्दै त्यो चप्पल फाल्न लगाए । उनको आदेश पाएपछि काम गर्ने मान्छे हातमा चप्पल बोकेर फाल्न गयो । आफ्नो चप्पल फाल्न गएको मान्छेलाई बाले करुण दृष्टिले एकोहोरो हेरिरहे ।

(साभार नयाँ पत्रिका)

तपाईको प्रतिक्रिया