हामी निर्णायक वार्ता चाहन्छौंः मधेसी मोर्चा


Morcha1

काठमाडौँ, पुस ६ गते। राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चाले सार्थक र परिणाममुखी वार्ता चाहेको बताएको छ ।

मधेसी मोर्चा सम्बद्ध नेता लक्ष्मणलाल कर्ण र महेन्द्र राय यादवले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराउनुभएको हो ।

नेता रायले मोर्चा वार्ता विरोधी नभएको बताउँदै छिट्टै तराई–मधेस आन्दोलनको निकास खोजेकाले सरकारसँग ठोस वार्ताको अपेक्षा गरेको बताउनुभयो ।

उहाँले सरकार तराई–मधेसको आन्दोलन वार्ताबाट नभई थकाएर शिथिल गराउने चाहनामा रहेको आरोप लगाउनुभयो ।

नेता कर्णले सरकार मधेसी मोर्चासँग गम्भीर नभएको र आन्दोलनमा घाइते भएकाको उपचार खर्च उपलब्ध नगराएकामा दुःख व्यक्त गर्दै अबको वार्ता सान्दर्भिक र परिणाममुखी हुनुपर्ने अन्यथा मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

यसअघि सरकारसँग मोर्चाले १५ पटक वार्ता गरिसकेको र सरकारसमक्ष ११ बँुदे मागसमेत पेस गरिसकेको छ ।

तपाईको प्रतिक्रिया