साहित्यकार मुना चौधरीको दोस्रो कृति ‘दुलारी’ लोकार्पित


काठमाडौं, मंसिर २१ गते । आख्यानमा कलम चलाउन रुचाउने साहित्यकार मुना चौधरीको दोस्रो कृति दुलारी (उपन्यास) को शनिबार यहाँ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सो कृति सार्वजनिक गरिएको हो ।

यसअघि लेखिका चौधरीले जयवद्र्धन सहलेस उपन्यास बजारमा ल्याएकी थिइन् । पछिल्लो कृति दुलारी मुसहर समुदायको जनजीवनलाई समेटेर कृति तयार गरिएको छ । लेखक चौधरी सिराहा जिल्लामा जन्मेर सानैदेखि मुसहर समुदायको जनजीवनसँग चिरपरिचित भएकाले सोही समुदायको जनजीवनलाई कृतिमा उतारेको बताइन् । दुलारी मुख्य पात्रलाई खडा गरेर उपन्यास त्यही पात्रको वरिपरि घुमेको छ ।

कृतिको साहित्यकार नयनराज पाण्डे, समाजशास्त्री प्रियंका कापर र लेखिका चौधरीले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो । साहित्यकार पाण्डेले कृतिमा लेखकीय प्रस्तुति र सरल भावका कारण कृति पठनीय बनेको बताउनुभयो । त्यस्तै समाजशास्त्री कापरले उपन्यासको अध्ययन गर्दा मुसहर समुदायमा पुगेको अनुभूति गराउने गरेको चर्चा गर्नुभयो । पुस्तक सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया