सवै ‘ह्रस्व’ लेख्नु ठीक होइन

विचार

महेश चौधरी

२०७७ भाद्र २४ गते ‘हमार पहुरा डट कम’मा डा. कृष्णराज सर्वहारीको ‘थारू भाषामा लेखन शैली’ बारे विचार पढेपछि मलाई त्यसबारे प्रतिक्रिया लेख्न मन लाग्यो । वि.स. २०२८ सालमा हामीले ‘गोचाली पत्रिका’ मार्फत थारू भाषामा लेख्य परम्परा बसालेका थियौं । थारू भाषामा लेख्ने परम्परा भित्रको त्यो लेखन शैली पनि हो । थारू भाषामा विविधता छ । तर विविधतामा एकता पनि हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । हो, पूर्वको थारू भाषा मागधी, मध्यमा अर्ध–मागधी र पश्चिमको थारू भाषा शौरसेनी भाषाबाट प्रभावित छ । यसैगरी दाङ र चितवनको थारू भाषा नेपाली भाषाबाट प्रभावित छ । नेत्रलाल ‘अभागी’को प्रेरणाबाट हामीले बनारसबाट गोचाली पत्रिका प्रकाशनको सुरुवात गरेका थियौं । कम्युनिष्ट भूमिगत नेता नेत्रलाल अभागी त्रि.वि.वि.बाट नेपाली साहित्यमा बी.ए. (अनर्स) गर्नुुभएको थियो । त्यतीवेला नेका. नेता वी.पि. कोइराला, कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ, मोदनाथ प्रश्रीत आदि सवै नेता तथा भाषा विज्ञहरु बनारस, भारतमा निर्वासित जीवन व्यतित गरिरहेका थिए । त्यतिखेर गोचाली पत्रिका बनारसबाट प्रकाशन हुन्थ्यो ।

देउखरिया थारू भाषामा ‘न’ को उच्चारण हु“दैन । ‘न’ को सट्टा ‘ल’ को उच्चारण गर्छन् ।

डा. माधव पोख्रेल, डा. कृष्ण पौडेल र अशोक थारूमा आफ्नो क्षेत्रमा विज्ञता छ, होला । संसारका सवै भाषाका प्रकाण्ड भाषाविज्ञ भने होइनन् । २०२८ सालमा थारू भाषामा ‘गोचाली’ प्रकाशन गर्दा अहिले ‘विज्ञ’ कहलीयका भाषाविदहरु अध्ययनकै क्रममा थिए होलान । त्यतीवेला अन्य भाषाविदहरु थिए । २०७५ चैत्रमा रूपन्देहीको सैनामैनामा ‘पाँचौ थारू साहित्यिक सम्मेलन’को भाषा बहसको प्यानल छलफल पछि ‘हल महेशको पक्षमा आयो र कार्यक्रम अन्त्य भयो । तर, त्यही कार्यक्रममै संयोजक सर्वहारीले म यसलाई स्वीकार गर्दिनँ’ भनेर बाहिरिएको कुरा ‘मीथ्या’ होइन । सतप्रतिसत ‘सत्य’ हो ।

डा. सर्वहारीका अनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा २०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा ‘दंगौरा थारू भाषाको वर्ण निर्धारण’ गोष्ठी सम्पन्न भएको साँचो हो । गोष्ठीमा थारू कल्याणकारिणी सभाका प्रतिनिधि, थारू पत्रपत्रिका सम्पादक, थारू शिक्षक, थारू भाषावीद् लगायतको उपस्थिति थियो भन्ने कुरा हामी दाङ्वासीलाई जानकारी भएन । मेरो घर पनि दाङ नै हो । २०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा ‘दंगौरा थारू भाषाको वर्ण निर्धारण’ छलफल गरियो । तर हामीलाई सुइँकोसम्म दिइएन ।

कुनै पनि भाषा विकास र मूल्याङ्कन आई.एन.जी.ओ.र एन.जी.ओ. ले गरि दिने होइन । संघ संस्थाले सहजीकरणसम्म गरिदिन सक्छन् । बाँकी काम हामी आफैले गर्ने हो । देउखरिया थारू भाषामा ‘न’ को उच्चारण हु“दैन । ‘न’ को सट्टा ‘ल’ को उच्चारण गर्छन् । जस्तै ‘परशु नारायण’ उच्चारण गर्दा ‘फरशु लारायण’ उच्चारण हुन्छ । ‘कृस्न’ उच्चारण गर्नु प¥यो भने ‘कृस्ल’ उच्चारण गर्छन् । दाङ्मा ‘मै भात खैनु’ लाई देउखरिया थारू भाषामा ‘मै भात खैलु’ उच्चारण गर्छन् । तसर्थ देउखरीका थारूहरुले ‘न’ को उच्चारण गर्दैनन् । दाङ्को थारू भाषामा ‘कोदालो’लाई ‘फ¥हवा’ भन्छन् । मध्यपूर्वी थारू—नेपाली शब्दकोष र ब्याकरणमा ञ, ण, श, ष, क्ष, त्र, ज्ञ को प्रयोग छैन । तर त्यही शब्दकोषमा सवै वर्णको प्रयोग हुनुपर्छ भन्ने माग त्यसै क्षेत्रकै वुद्धिजीवीहरुबाट आइरहेको छ ।

थारू भाषामा ‘दीर्घ’ लेखन कार्य झन्झटिलो भएको हुनाले सवै ‘ह्रस्व’ लेख्नुपर्छ भन्ने भनाई गलत छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालका १४ वटा प्रमूख भाषाहरुको पर्यायवाची शब्दकोष तैयार गरेको छ । थारू भाषा पनि त्यसैअनुसार लेख्दा राम्रो होला । ‘कुन भाषाले कस्तो लेख्यो’ त्यसअनुसार जाने होइन । ‘२०२८ सालदेखि थारू भाषामा कस्तो लेखन परम्पराको थालनी भएकोछ’ त्यस अनुसार लेख्दा हुन्छ ।

‘थारू भाषा सिकौ’, २०६८, साझा प्रकाशनका लेखकहरु आफै विज्ञ हुन् । नेपाली भाषा, साहित्यमा विद्यावारिधी प्राप्तगरेका सर्वहारीलाई कस्ले विज्ञ भन्दैन ? अर्का लेखक महेश चौधरी भूगोल र अर्थशास्त्रका विद्यार्थी मात्र होइनन् । उनले दर्शनको क्षेत्रमा पूर्व राष्ट्रपतिबाट ‘पुष्पलाल राष्ट्रिय पुरष्कार’, वर्तमान राष्ट्रपतिबाट ‘नेपाल प्रज्ञा मातृभाषा पुरष्कार र संविधानसभा पदक’, प्राप्त गरेका छन् । त्यस्तै, पूर्व प्रधानमन्त्रीबाट संस्कृतिको क्षेत्रमा योगदान दिए बापत ‘क्षेत्रीय प्रतिभा पुरष्कार’, प्रदेश ५ का मूख्यमन्त्री बाट ‘प्रदेश रत्न प्रथम पदक’, प्रज्ञा प्रतिष्ठानका कुलपति बाट ‘इतिहास शिरोमणि बाबुराम आचार्य र राष्ट्रिय विभूति अमर सिंह थापा पुरष्कार’ र सुदूर पश्चिमाञ्चल साहित्य समाजबाट ‘विश्व नेपाली’ पदक प्राप्त गरिसकेका छन् ।

सम्मानको कुरा अब धेरै नगरौं । खरदारको जागीरबाट एकैचोटी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बनेका मदन पुरष्कार विजेता प्राज्ञ लब्धप्रतिष्ठित व्यक्ति श्री सत्यमोहन जोशीलाई विद्यावारीधीको सर्टीफिकेटको जरुरत परेन । थारू भाषामा ‘दीर्घ’ लेखन कार्य झन्झटिलो भएको हुनाले सवै ‘ह्रस्व’ लेख्नुपर्छ भन्ने भनाई गलत छ । सबै ह्रस्व लेख्नु ठीक होइन । थारू भाषामै ‘लेख्न’ र थारू भाषा पृष्ठ गोरखापत्रमा लेख्न सुझाव दिएकोमा सर्वहारीलाई धन्यवाद ।

तपाईको प्रतिक्रिया