जिल्ला नेता यादवको हत्याप्रति एमालेको भत्र्सना


UML logo1

काठमाडौं, पुस १४ गते । नेकपा (एमाले) ले जिल्ला कमिटी सर्लाहीका सदस्य रामनरेश राय यादवको मंगलबार बिहान भएको हत्याको खबरले पार्टी स्तब्ध भएको बताएको छ ।

पार्टीका महासचिव ईश्वर पोखरेलले मंगलबार विज्ञप्ती जारी गर्नुहुँदै त्यस्तो बताउनुभयो । उहाँकोअनुसार पुस १४ गते सर्लाही जिल्लाको हेमपुर –७ स्थित आफ्नै निवासबाट मर्निङवाकमा जानेक्रममा अपराधिक समूहले धारिलो हतियार प्रयोग गरी रायको निर्ममतापूर्वक हत्या गरी स्थानीय उखुबारीमा शव फालिदिएका थिए ।

रामनरेश यादव पार्टीको जिल्ला कमिटी सदस्य साथै जिल्ला विकास समितिको पूर्व सदस्यकारुपमा नेकपा (एमाले) को विचार र संगठन विस्तारमा सक्रिय रहनुभएको एमालेले जनाएको छ । नेता राय सो जिल्लाको लोकप्रिय समाजसेवीका रुपमा समेत परिचित रहनुभएको महासचिव पोखरेलले चर्चा गर्नुभएको छ ।

“तराई मधेस क्षेत्रमा नेकपा (एमाले) को बलियो खम्बाकोरुपमा रहनुभएका नेता रायको हत्याको पार्टीले भत्र्सना गर्दछ” महासचिवले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । हत्यामा संलग्न दोसीको पत्ता लगाई कडा कारवाहीको पनि पार्टीले माग गरेको छ ।

“पछिल्लो समयमा नेपाल राष्ट्र, नेपालको संविधान र राष्ट्रिय एकताका सन्दर्भमा फैलाइएका गलत भ्रमहरु चिर्न र जनतालाई वास्तविक कुरा बुझाउन नेता राय सक्रियतापूर्वक लाग्नुभएको थियो । गत मंसिर २१ र २२ गते चितवनको सौराहामा सम्पन्न पार्टीको राष्ट्रिय भेलामासमेत सहभागी भई तराई–मधेसको वास्तविकताका बारेमा स्पष्ट कुरा राख्नुभएको थियो” महासचिव पोखरेलले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
नेता रायको हत्याप्रति गहिरो दुःख व्यक्त गर्दै पार्टीको तर्फबाट महासचिव पोखरेलले यादवप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै शोकाकुल

परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । पछिल्लो दिनमा विग्रदो शान्ति सुरक्षाको व्यवस्था तथा जनताले भोग्नुपरेको असुरक्षाको बारेमा ठोस कदम चाल्न सरकारसमक्ष एमालेले माग गरेको छ ।

तपाईको प्रतिक्रिया