सुनसरीमा रहेको रामधुनी नगरपालिकाको कार्यालय वडा नम्बर ९ ग्रामीण क्षेत्रमा पर्छ । साबिक डुम्राहा गाबिसको वडाहरु १, ५ र ६ समायोजन भइ नपाको अन्तिम वडा नम्बर ९ बनेको हो । यस वडाको पुर्वमा केही भाग मुख्य राजमार्गले छोएको छ । यहाँ धुरहा, मर्चैया, सितपुर, झणडा टोल, छपकी भलवाही, डुम्राहा गाउँमा बस्ती छ । वडा कार्यालयको भवन, आधारभुत स्वास्थ चौकिका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
स्थानीय कृषकलाइ सिचाइ सुबिधाका लागि ३३ र ५ वटा पम्पसेट बोर्डिङ बितरन गरिएको छ । वडालाई दुई बर्ष अगाडि नै खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । बालमैत्री वडा घोषणा गर्ने कार्य अन्तिम चरणमा रहेको वडा अध्यक्ष घनश्याम चौधरीको भनाई छ । प्रस्तुत छ, उहाँसँग वडामा भएको बिकास निर्माणबारे स्थानीय पत्रकार धिरेन्द्रकुमार चौधरीले गर्नुभएको कुराकानी
यस वडाको चालू आर्थिक बर्षको बजेट कति रहेको छ ?
रामधुनी नगरपालिका कार्यालयबाट आर्थिक बर्ष २०७७ र ०७८ का लागि एक करोड ६१ लाख रुपैयाँ बिकासे बजेट वडा कार्यालयका लागि बिनियोजन भइआएको छ । यसमा भौतिक पुर्वाधारतर्फ एक करोड २५ लाख, अर्थिक बिकास छ लाख, संस्थागत पाँच लाख, सामाजिक बिकास २० लाख र बन वातावरण तथा बिपद ब्यवस्थापन पाँच लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
वडा विकासका लागि बिकासको प्राथमिकतामा के कस्तो काम रहेको छ ?
दीर्घकालीनसम्म रहने, देखिने र सुबिधाका लागि बिकासको काम गरिरहेका छौ । यातायात सुबिधाका लागि बाटो छेउमा पक्की नाला निर्माण कार्यलाई प्राथमिकतामा राखेका छौं । अहिलेसम्म छ हजार मिटर भन्दा बढि नाला निर्माण गरिएको छ ।
वडा कार्यालयको भौतिक सम्पत्तिको अवस्था कस्तो छ ?
हामी जनप्रतिनिधि निर्वाचित भएर आउँदा शून्य अवस्था थियो । अहिले पनि भाडाकै घरबाट कार्यालय सञ्चालन हुँदैआएको छ । स्थानीय राजेन्द्र साहले प्रदान गरेको दुई कठा जग्गामा वडा कार्यालय भबन र निजकै छोरा मनिस साहले प्रदान गरेको सबा एक कठ्ठा जग्गामा आधारभुत स्वास्थ चौकी भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रहरी चौकी स्थापनाका लागि जग्गा प्राप्ति गर्ने काम छलफल भइरहेको छ ।
वडामा उल्लेखनीय कामहरु के कस्तो भएका छन् ?
यस क्षेत्रमा घर घरमा चर्पी बनाउने कार्यलाई अभियानको रुपमा सञ्चालन गरी खुल्ला दिशा मुक्तक्षेत्र घोषणा गर्न सफल भयौ । बालमैत्री घोषणा गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हामिले जनता संगै बिकास गरौ, अबधारणा ल्याउन सफल भएका छौं । यहाँको प्रत्येक बिकास निर्माणमा जनताको सहभागिता रहेको छ । छपकी पोखरीलाई चिल्ड्रेन पार्क, धुरहा खेल मैदानलाई खेलकुद स्टेडियम बनाउने योजना अन्तर्गत डिपियार परीक्षण भइसकेको छ । त्यस्तै दत्त्किचामा रहेको भाँचिएको पुल निर्माणका लागि डिपियार गरिएको छ ।
कृषि क्षेत्रको बिकासका लागि के कस्तो काम गर्नुभएको छ ?
यहाँ कृषिक्षेत्र समृद्ध बनाउन बाहेक अर्को विकल्प छैन । यस ठाउँमा सधैभरी सिचाइ सुबिधा गर्न गत बर्ष कुल बजेटको झन्डै २७ प्रतिशत रकम बिनियोजन गरी स्थानीय किसानलाई समुहमा ३३ थान सानो पम्पसेट बोरिङ बितरण गरियो । त्यसतै कृषि ज्ञान केन्द्रबाट समेत यहाँ सिचाइका लागि पाँचवटा बोरिङ जडान गरिएको छ । यसले गर्दा गत बर्ष यहाँका कृषकले ६० बिगाहा जग्गामा मकै खेती गरेका थिए । यस बर्ष कृषकलाई मकै र घाँसको बीउ बितरन गरिरहेका छौं । पशु क्षेत्रमा बिकासका लागि राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराबाट आठसय थान बोयर बाख्राको सिएम बीउ ल्याइ बाख्रामा यहाका पशु प्राबिधिक मार्फत चलाइरहेका छौ ।
यहाँ दलित, गरिब तथा सुकुम्बासीका लागि के कस्तो काम भएको छ ?
नेपाल सरकारको अबधारनाअनुसार फुसको घरलाई टिनमा परीणत गर्नका लागि गत बर्ष बाह्र घर परिवारलाई टिन बितरण गरीयो । यस बर्ष पनि योजना रहेको छ । नेपाल सरकारको संघीय मामिला तथा स्थानीय बिकास प्रशासन मन्त्रालयबाट तराइ मधेस आवास परीयोजना अन्तर्गत १९ वटा पक्की घर मुसहर परीवारका लागि निर्माण गरिएको छ ।
कोभिड १९ बाट बच्न के कस्तो काम गरियो ?
शुरुमा “घरमै बसौ, सुरक्षित रहौ“ जनचेतनामुलक कार्यक्रमका लागि प्रचार प्रसार गर्यौ । ठाउँ ठाउँमा बालटिनमा पानी र साबुन राखी हात धुने अभियान चलायौ । प्रत्येक घर परीवारमा सबैलाई मास्क बितरण गर्यौ । बिपन्न परीवारका लागि राहत बितरन गर्यौं ।