रामधुनी नगरपालिका तिव्र बिकासको गतिमा छ : उपप्रमुख चौधरी


सुनसरीको रामधुनी नगरपालिका साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भई बनेको नगर हो । देशलाई जोडने पूर्व–पश्चिम राजमार्गले यस नपालाई जोडेको छ । पुर्व इटहरी उपमहानगर, पश्चिम बराहक्षेत्र नपा, दक्षिण इनरुवा नपा र उत्तरमा धरान उपमहानगर पर्छ । नगरको वडा ४ स्थित रहेको चारकोसे झाडिको बीचमा त्रेता युगमा भगवान रामले बालेको प्रसिद्ध तीर्थस्थल रामधुनी मन्दिर अबस्थित      छ । झुम्कादेखी मन्दिरसम्म पुग्न कालोपत्रे बाटो छ । साबिक भासी गाबिसको कार्यालय भवन बाट नपाको कार्यालय सञ्चालित छ । रामधुनी ३ सिंगियास्थित नपाको भवन, विभिन्न वडा कार्यालय र आधारभूत स्वास्थय चौकी भबन निर्माणाधिन अबस्थामा रहेको नगर उपप्रमुख सबिनाकुमारी चौधरी बताउनुहुन्छ । प्रस्तुत छ, उहाँसँग नगरमा भइरहेको बिकास निर्माणका कामबारे स्थानीय पत्रकार धिरेन्द्रकुमार चौधरीले गर्नुभएको कुराकानी

यस नगरमा बिकास निर्माणका काम कसरी भइरहेका छन् ?
स्थानीय सरकार कार्यबिधी संचालन ऐनअनुसार काम भइरहेको छ । बिकासका लागि योजना छनौट पहिले १४ चरणको थियो । अहिले सातौ चरणको छ । योजना छनौट बस्तुस्तर, टोल, वडा हुँदै नगर समितिमा आउँछ । नगरमा विषयगत समितिले हेरेपछि नगर समितिले ल्याएको योजना नगरसभाबाट पारित गर्ने गरेका छौ ।

नगरको भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
अहिले नपाको कार्यालय साबिक भासी गाबिसकै भवनमा रहेको छ । नपाको कार्यालय भवन रामधुनी ३, सिंगियास्थित निर्माणाधिन अबस्थामा छ । विभिन्न वडा कार्यालय र आधारभुत स्वास्थ्यचौकी भवन निर्माणाधिन अबस्थामा छ । राम्धुनी ६ बक्लौरीस्थित रहेको स्वास्थय चौकीलाई १५ सैयाको बनाउन स्तरोउन्नति अन्तर्गत काम भइरहेको छ ।

नगर बिकासका लागि महत्त्वपूर्ण योजनाहरु के के छन् ?
रामधुनी ५ मा कोभीड अस्पतालको संचालन गर्ने तयारीमा छौं । नगरको ३ नम्बरमा रहेको जनता माबिमा कम्प्युटर इन्जिनियर कक्षाका लागि प्रस्ताव गरेको अबस्था छ । कमप्युटर कक्षा शुरु गरिएको छ । सार्वजनिक बिधालयमा ११ कक्षामा भर्ना हुनेको लागि मासिक शुल्क निशुल्क कार्यक्रम ल्याएका छौ । करुणा फाउन्डेसनसँग तृक्षिय सम्झौता गरी महिला, बालबालिका र शारीरिक अपांगता क्षेत्रमा काम शुरु भएको छ ।
न्यायीक समितीबाट के कस्तो काम कार्बाही भइरहेको छ ?
शुरुमा मुद्दा आउँदा न्यायीक समितिबाट काम गरिन्थ्यो । एक बर्षदेखि नयाँ तरिकाले काम गरिरहेका छौ । बक्लौरीमा मेलमिलाफ केन्द्र थियो । त्यसलाइ नै ल्याएका छौ । पहिला ठाडो निवेदन र फिरादपत्र लिनथ्यौ । फिरादपत्र कानुनी प्रक्रियामा ढिलो हुने भएकोले अहिले छैन । र सम्पुर्ण ठाडो निवेदनलाई दर्ता गरी मेलमिलाफ केन्द्रबाट काम हुँदैआएको छ । केन्द्रबाट मेलमिलाप हुन नसकेको मुद्दा न्यायिक समितिमा आउने गरेको छ ।

समितिमा कस्ता प्रकृतिमा मुद्दा आउने गरेको छ ?
जग्गा किचलो सम्बन्धि मुद्दा बढी आउने गरेको छ । ३४ वटा मुद्दा दर्ता भएकोमा सबै समाधान भएको छ । केही मुद्दा स्वईछाले अन्य निकायमा गएको छ । टोल बिकास र वडा कार्यालयबाट साना प्रकृतिका मुद्दा सुनुवाइ हुँदैआएको छ । कहिलेकाँही क्षेत्रधिकारभन्दा बाहिरको लेनदेनको समेत मुद्दा आउने गरेको छ ।

नगरको बिकासको अबधारणा बारे बताइदिनु हुन्छ कि ?
भौतिक पुर्वाधार निर्माणमा बजेट खर्च भइरहेको छ । २० बर्षपछि जनप्रतिनिधि आएपछि बिकासको काम अगाडि बढेको छ । एउटा वडाबाट अर्को वडा पुग्न पहुच मार्ग निर्माण भइरहेको छ । वडा बिकास भयो भने नगर बिकास हुने हाम्रो मान्यता छ । बिकासको काम वडाबाट संचालित छन् । ठुला योजनाको काम नगरबाट भइरहेको छ ।

महिलाको क्षेत्रमा बिकासका काम के कस्तो भएको छ ?
शुरुमा आएपछि महिला जनप्रतिनिधि हामी आफै सवलिकरण हुँदै ठीक भयो । समुहगत महिला समिति सबै वडामा छ । क्षमता बिकासका कार्यक्रम हुनेगरेको छ । अहिले नारी दिबसको अबसरमा १६ दिने महिला हिंसा न्यूनीकरण कार्यक्रम संचालित छ । गत बर्ष महिला भलिबल प्रतियोगिता संचालन गर्यौ । महिलाका लागि उद्यमशील र मनोबिमर्सका कार्यक्रम छन् ।

तपाईको प्रतिक्रिया