सुनिल चौधरी
झुम्का, माघ १२ गते । कृषिमा आधारित तिला संक्राइत पर्व पुर्वमा माघ १ गते प्रमुख चाडको रुपमा मनाउने गरिन्छ । नयाँ अन्नबालिबाट परिकार बनाई आगामी बर्षहरुमा उब्जनी बृद्धिको कामना गर्दै कुलदेवता र प्रकृतिलाई चढाएर प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । तिला संक्राइतको अवसरमा थारु महिला उत्थान समाजले बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
तिला संक्राईतको एक दिन अगावै थारु म्हिलाहरु तिललाई भिजाएर वाफि फेरी घाममा सुकाई ढीकीमा कुटेर त्यसको कालो भुसा सबै निकाली चामललाई उल्वा गरी उल्वा (वाफिने प्रक्रिया) चामल तयार गरी एकाविहानै भुटेर भुजा बनाई गुँरमा मिश्रित गरी लड्डु (तिल्वा लरु,मुरहि) बनाइन्छ । यसलाई पहिले कुलदेवता लाई चाढाइन्छ । तत्पश्चात घरको स–परिवार नदी, तलाउ, पोखरीमा स्नान गरी परसादीको रुपमा खाने गरिन्छ ।
यो पर्वमा थारु समुदाय खेतिमा उब्जाईएका तिल र धानको बिशेष परिकार तिलको लड्डु, भुजाको लड्डु, माछा, तिल खिचडी भात खाई मनाउने परम्परा रहेको छ । तिला संक्राइतको धार्मकि, साँस्कृतिक, बैज्ञानिक महत्वबारे भन्नुपर्दा यो पर्वमा खाइने परिकार शरीरलाई पौष्टिक हुन्छ । तिला संक्राइत पर्व माघी, माघे संक्रान्ती, मकर संक्रान्तीको नामले पनि चिनिन्छ ।
संस्कृति प्रबद्र्धनमा महिला उत्थान समाज
थारु संस्कारमा रहेको तिला संक्राइत पर्वको परमपरागत मुल्य–मान्यतालाई उठान हुन नसकेको अवस्थामा थारु महिला उत्थान समाज रामधुनी, सुनसरीले पर्वको मौलिकता प्रवद्र्धनको अभियान्ताको रुपमा देखिएको छ ।
मौलिकता झल्किने तथा उजागर हुनेखालका रचनात्मक तथा सामाजिक रुपले ‘तिला संक्राइत प्रवद्र्धन कार्यक्रम २०७७’ शनिबार सम्पन्न गरेको छ । कोभिड सुरक्षा मापदण्डसहित मौलिकता उठान हुने उद्देश्यले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास पनि गरेको छ ।
बक्तृत्वकलामा सहभागी हुदै बालबालिकाहरुले थारु समुदायमा मनाउने संक्राइत पर्वमा रहेको पौराणिक परम्परालाई शब्दमाला बनाई बिचार ब्यक्त गरेका छन । कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, वडाअध्यक्ष महेश चौधरीको सहभागिता थियो ।
नगर प्रमुखले थारु महिला उत्थान समाज निस्वार्थ भावनाले संस्कार संस्कृतिको उजागर गर्दै आइरहेकोले प्रत्येक कार्यक्रम सफल हुदैआएको बताउनुभयो । अन्य बक्ताहरुले पनि मौलिकता बारेमा धारणाहरु ब्यक्त गर्नुभएको थियो । समाजका सल्लाहकार केशीलाल चौधरी, रामकुमारी चौधरी, थारु महिला सभा जिल्ला सुनसरी अध्यक्ष शुसिला लेखी, वडा महिला समितिकी तारा थापा, पुष्प भट्टराईले पर्वको बारेमा चर्चा गर्नुभयो ।
उत्थान समाजकी अध्यक्ष सीता थरुनीको सभापतित्वमा भएको कार्यक्रममा बक्तृत्वकलामा उत्कृष्ट ५ जना बालबालिकालाई पुरस्कृत गरिएको थियो । प्रथम स्थान रामधुनी ५ का सुगम झा, दिृतिय पुजन राउत रामधुनी ३, तृतिय छबि दाहाल रामधुनी ५ र वडा नं. ५ कै बिनोद भट्टराई सानत्वना हुन सफल हुनुभयो । कार्यक्रममा स्वागत मन्तब्य भगवती चौधरी र कार्यक्रम संचालन संस्थाको सचिव सनम चौधरीले गर्नुभएको थियो ।