सुरुवाती दिनमा साहित्यप्रति आकर्षित हुँदा विद्यालय र कलेजका पुस्तकहरुको भूमिका रह्यो । त्यसपछि कलेज जीवनमा पुस्तकालयका सन्दर्भ सामग्री र आफुलाई मन परेका पुस्तक अध्ययन गर्दैजाँदा पढ्ने लत बस्यो । पाठ्यपुस्तकका पद्य कविता हुदै छोटा कथा, नाटक पछि उपन्यासमा दिल बस्यो । पचासको दसकमा हिन्दी थ्रिलर उपन्यास, ओशो साहित्य र यसुु महिसबारे लेखिएका सरसपूर्ण कथा र वर्णनहरु पनि मेरालागि अक्षरसँगको सामिप्यता बढाउँदै लग्यो । प्रकाश कोविद र युधिर थापाका सस्ता योन मनोरन्जनात्मक उपन्यासहरु पनि कम्ता पढिएन । गुलवकालवलीका कथा, तोता मैनाका कथाको सरसपूर्ण व्याख्याले पनि मलाई नजानिदो ढंगले अध्ययनको भोक जगाएको आजै जस्तो लाग्छ । छयालिसपछिको राजनीतिक परिवर्तन पछि म थारु भाषाको प्रगतिशील साहित्यको आन्दोलनमा क्रियाशील गोचाली अभियान र गोचाली पत्रिकाले मलाई आकर्षित गर्यो । अन्तर्राष्ट्रिय मंच, मूल्यांकन मासिक, मधुपर्क, युवामञ्च र गरिमा पत्रिकाहरु प्नि मेरो साहित्यक भोक मेटाएका हुन् । मूल्याङ्कन मासिक नै यस्तो पत्रिका हो जसको नमुना अंकदेखि प्रकाशित सबै अंक पढेको छु । श्याम श्रेष्ठ र हरिगोविन्द लुइटेलजस्ता दिग्गज सम्पादक पाएको मूल्यांकन मासिक पत्रिकाले निरन्तरता दिन सकेन । हाल बन्द छ ।
विशुद्ध साहित्यिक उन्नयनका लागि क्रियाशील पूर्णिमा साहित्यिक प्रतिष्ठान सबैको साझा थलो हो ।
गत फागुनमा महानन्द ढकालको सक्रियतामा बाँकेको कोहलपुरमा स्थापित र पल्लवित हुदैगएको पूर्णीमा साहित्य प्रतिष्ठान आजकल विकासमा नेपालगन्ज उपमानगरपालिकासंग पौठेजोरी खेलिरहेको नयाँ शहर कोहलपुरको गहनाजस्तो भएको छ । पूर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गर्ने हरेक साहित्यिक गतिविधिहरु मानक बनिरहेका छन् । त्यस्तै एक कार्यक्रम सम्पन्न भयो जुन लालित्यमय साहित्यिक विमर्श थियो । नेपाली वाङ्मयका मुर्धन्य नारी हस्ताक्षर कथाकार माया ठकुरीलाई पूर्णिमा साहित्य रत्न पुरस्कारले सम्मानित गर्यो । त्यसै अबसरमा कथाकार शेखर दहितको थारु भाषामा लिखित गयर्वा बुडुक ठाँह्रा कथासंग्रह पनि विमोचन गरियो । त्यस साहित्यिक समारोह यस मानेमा पनि एक साझा डबलीजस्तो भयो कि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी प्रमुख अतिथि थिए । मातृभाषा विभाग संयोजक प्रा.डा. योगेन्द्रप्रसाद यादव र अनुवाद विभागकी संयोजक डा. उषा ठाकुर पनि समारहोहमा आमन्त्रित साहित्यिक व्यक्तित्व थिए ।
पूर्णिमा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष महानन्द ढकालले सन्दर्भ परिचयसहित स्वागत गरे । विशुद्ध साहित्यिक उन्नयनका लागि क्रियाशील पूर्णिमा साहित्यिक प्रतिष्ठान सबैको साझा थलो हो । प्रमुख अतिथिका रुपमा कथाकार सनत रेग्मीले नेपाली साहित्य नेपाली भाषामा लेखिएको साहित्य मात्र होइन, नेपालका सबै राष्ट्रभाषामा लेखिने साहित्य हो, राज्यले सबै भाषा तथा साहित्यको उन्नयन हुने नीति तथा योजना ल्याउनु पर्ने बताए । त्यसैक्रममा मातृभाषा र अनुवादमा पनि सबै भाषाले स्थान पाउनु पर्ने बताए । पश्चिम तराईमा थारु भाषा साहित्यको विकासमा व्यक्तिगत र संस्थागत प्रयास भइरहेकाले प्रतिष्ठानले सहकार्य गर्नुपर्ने बताए । नेपालगन्जमा हुने साहित्य तथा साँस्कृतिक महत्सोमवमा थारु भाषा र साहित्यको विकासबारे विमर्श छुटेकोमा पूर्णिमा साहित्य प्रतिष्ठानले त्यो कमीलाई पुरा गरेको बताए । प्रज्ञा प्रतिष्ठानले नेपालका सबै राष्ट्र भाषाका साझा कोश तयार गर्न सक्दा सबैले सबैको भाषा र साहित्य बुझ्न सहज हुने सुझाव दिए ।
पूर्णिमा साहित्य रत्नद्वारा सम्मानित कथाकार माया ठकुरीले आफूलाई सम्माननित गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिइन् । आफू पनि रुकुममा जन्मेकी आमाकी छोरी भएकोले कोहलपुर आफ्नो माइतीजस्तो लाग्ने बताईन । आफ्नो पालामा छोरीले पढ्ने कुरा कल्पना गर्न नसकिने अवस्था रहेको दुःख सुनाउँदै स्वअध्ययन गरेर साहित्यमा कदम अगाडि बढाएको बाताइन् । आफूले पहिलो कविता ‘पागल’ लेखेपनि प्रकशित नभनए पछि बौलाही कथालेखेर प्रकाशन गरेको बताइन् । लेख्न थाल्दा विग्रेकी केटी उपमा पाएपनि निरन्तर लेख्दै जाँदा आज यहाँसम्म आइपुगेको बताइन् । नेपाली भाषामा निरन्तर लेखेपनि हिन्दी, बांगला, तेलगु, अंग्रेजी भाषामा आफ्ना कथाहरु अनुवाद भई विभन्न तहमा पढाइ हुने बताइन् । त्यसकासाथै आफ्नो भाषामा लेख्दै जानुपर्ने भन्दै लेखकलाई हौस्याइन् । विश्वसाहित्यमा नेपाली साहित्य पहुँच पुर्याउन अनुवाद साहित्यको अति आवश्यक रहेको बताइन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्रा.डा. योगेन्दप्रसाद यादवले भाषा विकासमा समान र समावेशी नीति हुनुपर्ने र अवका दिनमा समावेशी विकासका लागि पहल भइरहेको तर पर्याप्त नरहेको बताए । अनुवाद साहित्य विभागकी संयोजक डा. उषा ठाकुरले हालसालै थारु भाषामा अनुवाद गर्न थालिएको बताइन् ।
पूर्णिमा आफैमा पूर्णं नाम, नामजस्तै कामको शृङ्खलाले पश्चिम नेपालमा साहित्य विमर्श डबलीको रुपमा पूर्णिमा साहित्य प्रतिष्ठान स्थापित हुँदै गएरहेको देखिन्छ ।
प्राज्ञसभा सदस्य हरिप्रसाद तिमिल्सिनाले आफू पनि साहित्यक गतिविधिका लागि सहकार्य गर्ने सक्दो प्रयास गरिरहेको तर साहित्यिक संस्थाहरु नै नियमित सम्पर्कमा नरहँदा सोचेजति सहजीकरण गर्न नसकिएको बताए । ।
विमोचित पुस्तक गयर्वा बुडुक ठाँह्रा कथासंग्रहको टिप्पणी निबन्धकार सागर गैरेले गरेका थिए । त्यसक्रममा गैरेले कथासंग्रह थारु भाषामा लेखिएको अनुपम कृति भएको बताए । साहित्यकार सुशील चौधरीले कथासंग्रहका दृष्टिविन्दु र लेखन शिल्पकाबारेमा प्रकाश पारे । चौधरीले ठाँह्रा कथा संग्रह थारु भाषामा प्रकाशित मानक कथा कृति रहेको बताए । मौलिक थारु शब्दको चयन, सामाजिक कुरीति, वर्गीय पीडा, साँस्कृतिक अभ्यास, यौन मनोविज्ञान, आर्थिक दिनचर्या बारेमा सुन्दर प्रतिविम्ब उतारिएको छ । यो कथा संग्रहको अध्ययनले थारु समाजशास्त्र र साँस्कृतिक इतिहासको अध्ययन गर्न सहज हुने तथ्यसमेत चौधरीले आलोकित गरे । उनले थारु भाषा साहित्य र संस्कृतिको संरक्षण तथा विकासका लागि थारु लेखक संघ, जंग्रार साहित्यिक बखेरी लगायतका अभियान चलिरहेको थारु शब्दकोश र व्याकरण लेखनको पहल भएरहेको र मानक भाषाका लागि बहस भइरहेको पनि जानकारी दिए ।
पूर्णिमा आफैमा पूर्णं नाम, नामजस्तै कामको शृङ्खलाले पश्चिम नेपालमा साहित्य विमर्श डबलीको रुपमा पूर्णिमा साहित्य प्रतिष्ठान स्थापित हुँदै गएरहेको देखिन्छ । युवा साहित्यकारहरुको साझा पहल र प्रयास तथा जाँगरले यस्तो सृजनशील कार्य हुन सम्भव भएको हो । प्रतिष्ठानले पूर्णिमा साहित्यिक पत्रिका पनि नियमित रुपमा प्रकाशन गरिरहेको छ । यो अर्को पहिचान हो । आधुनिक तेल पेल्ने मेसिन नआउँदासम्म काठको कोलमा तोरी पेलेर तेल निकाल्ने कोलपुर कालान्तरमा कोहलपुरको रुपमा परिचित भयो । आज त्यही कोहलपुर शब्द पेलेर साहित्य सिर्जना गरिरहेको छ । साहित्यको माध्यमले विचारको मन्थन पनि गरिरहेको छ । साधुवाद छ, पूर्णिंमा साहित्य प्रतिष्ठान र सहयोगी हातहरुलाई । नेपाली बाङ्मयको उन्नयन गर्ने पुन्यकर्म गर्ने जाँगर गरेकोमा ।