सप्तकोशी नगरपालिकाका उपमेयर आशा चौधरीको कोरोनाका कारण निधन


हमार पहुरा डट कम

सप्तरी, जेठ ४ गते । सप्तरीको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना भाइरसको संक्रमणबाट मंगलबार निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल अस्पतालमा उपचारकै क्रममा आज विहान उहाँको निधन भएको हो ।

रुघाखोकी र ज्वरोको समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उहाँको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै उहाँलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि तीन दिनदेखि उहाँको आईसीयूमा उपचार भइरहेको थियो ।

सप्तकोशी नगरपालिका ८ घर भएको उहाँ नेकपा एमालेको तर्फबाट उपप्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया