हमार पहुरा डट कम
कोहलपुर, साउन १६ गते । सत्तारुढ दल नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) का करिब डेढ सय क्रियाशील सदस्यहरु प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । शनिबार कोहलपुरमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई एमाले प्रदेश कमिटी सदस्य चन्द्रप्रसाद थारु तथा जिल्ला नेताहरुले टीका लगाएर स्वागत गर्नुभयो ।
एमालेमा प्रवेश गर्नुहुने नवप्रवेशीमा काँग्रेसका जिल्ला तरुण दलका सदस्य ज्ञानु थारु, दिलिप थारु, पारस थारु, ओमप्रकाश थारु, प्रमोद घर्तीमगर, रमेश थारु, अर्जुन चौधरी, विनोद चौधरी, किस थारु, विमला थारु लगायत छन् । त्यस्तै जिल्ला क्रियाशील सदस्यहरुमा अरुण चौधरी, सुरज चौधरी, सुरेन्द्र चौधरी, सुदेन चौधरी, नवराज आचार्य, विवेक खड्का, महेन्द्र पुनमगर, मनोज श्रेष्ठ लगायत छन् ।
काँग्रेस र माओवादी केन्द्र अहिले सत्तामा रहे पनि पार्टीको नीति र विचार स्पष्ट नभएकाले आफूहरु एमालेमा प्रवेश गरेको काँग्रेस जिल्ला क्रियाशील सदस्य ज्ञानु थारुले बताउनुभयो । एमालेले देशको समृद्धि र विकासको नेतृत्व गरिरहेकाले आफूहरु देशको समृद्धिका लागि एमालेमा प्रवेश गर्ने निर्णय गरेको थारुले बताउनुभयो । बृद्धबृद्धाहरुको रेखदेखका लागि भत्ताको व्यवस्था पनि एमाले पार्टीले गरेकाले आफूहरु प्रभावित भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्रकुमार थारुले एमाले पार्टी नै जनताको असली पार्टी भएकाले नवप्रवेशीले सही निर्णय गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । देशको समृद्धि र विकासमा सबैको साझा प्रयास आवश्यक भएकाले सबै पार्टी कार्यकर्ता तथा नेताहरुको क्रियाशीलताले देशको मुहार फेर्न सकिने उहाँले बताउनुभयो । काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका दलको स्पष्ट कुनै विचार र सिद्धान्त नरहेकाले एमाले पार्टीमा समाहित हुन उहाँले अव्हान गर्नुभयो ।