सरकार र थारु वार्ताटोलीबीच आज बालुवाटारमा वार्ता हुँदै


Tharu

काठमाडौं, पुस २३ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आजदेखि प्रारम्भिक चरणको औपचारिक वार्ता शुरुहुने भएको छ । वार्ता साँझ ७ बजे बालुवाटारमा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी गराउनुभयो ।

मधेसी समुदायसँगको वार्ता सकारात्मक दिशामा उन्मुख भएकाले संगसँगै पश्चिम तराईमा आन्दोलनरत थारु समुदायसँग पनि सरकारले वार्ताबाटै समस्या समाधान गर्नेगरी वार्ताको थालनी गर्न लागेको दाहालले बताउनुभयो ।

थरुहट संघर्ष समितिका सदस्य सचिव मिनराज चौधरीकाअनुसार सरकारसँग गरिने वार्तामा राखिने विषयका बारेमा समितिले आन्तरिक छलफल गरिरहेको बताउनुभयो । “पहिलो चरणको वार्ता हो, हाम्रो मागलाई ठोसरुपमा प्रस्तुत गर्न मागलाई साफी गर्नेकाम भइरहेको छ” चौधरीले भन्नुभयो ।

संघर्ष समितिले उठाउँदै आएको मागमा टीकापुर घटनामा पक्राउ परेकालाई विनाशर्त रिहा गरिनुपर्ने, थरुहट भूगोललाई थरुहट वा थारुवान प्रदेश कायम गरिनुपर्ने, राज्यको सबै तहमा जनसंख्याका आधारमा समानुपातिक समावेशीकरणको सुनिश्चित्ता गरिनुपर्ने लगायतको माग सरकारी वार्ताटोलीसँग राख्ने तयारी भइरहेको चौधरीले जानकारी दिनुभयो ।

धनीराम चौधरी संयोजक रहेको संघर्ष समितिको वार्ताटोलीमा सातजना सदस्य रहेका छन् । जसमा सांसदहरु गोपाल दहित, तेजुलाल चौधरी सदस्य हुनुहुन्छ । यस्तै अन्य नेतामा मीनराज चौधरी, रमेश चौधरी, दुर्गाप्रसाद चौधरी र मालामती रानाथारु सदस्य छन् ।

थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री राजकुमार लेखीले आफू जिल्लामा रहेकाले वार्तामा सहभागी नहुने बताउनुभयो । वार्ता शुरु हुनु सकारात्मक रहेपनि सरकारले नौटंक ीगर्न नहुने उहाँले प्रतिक्रिया दिनुभयो ।

;Qf?9 / k|ltkIfL bnsf] a}7s t/fO{ dw];df b]lvPsf] ;d:of ;dfwfg ug{ zlgaf/ l;+xb/af/df a}7s a;L 5nkmn ub}{ ;Qf?9 bn / k|d'v k|ltkIfL bnsf zLif{ g]tfx? . tl:a/ M k|bLk/fh jGt, /f;;

तपाईको प्रतिक्रिया