वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थर र मनिराज जोशी सम्मानित


हमार पहुरा डट कम
काठमाडौं, चैत २६ गते । मन्जुश्री साहित्य समाजको सातौं वार्षिकोत्सवमा वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थर पुरस्कृत तथा महाकाव्यकार मनिराज जोशी सम्मानित हुनुभएको छ । साहित्यकार पत्थरलाई २५ हजार १५० राशीको बीपी भूपी साहित्यिक पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको छ ।

समाजका अध्यक्ष डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्जुश्री साहित्य सम्मानबाट महाकाव्यकार जोशी सम्मानित हुनुभयो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रा.डा. कृष्णहरि बरालले उहाँहरु दुवैलाई सम्मानित तथा पुरस्कृत गर्नुभयो । त्यस्तै कार्यक्रममा गंगा लिगललाई पनि दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

सो अवसरमा डा. बमबहादुर थापाले लेख्नुभएको जहाँ छन् बुद्धका आँखा नामक कृति पनि विमोचित भएको महाकाव्यकार जोशीले जानकारी दिनुभयो । सो अवसरमा करिब २० जना कवि तथा कवियत्रीहरुले आफ्ना रचना बाचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया