चुनाव (लघुकथा)

मानबहादुर चौधरी ‘पन्ना’

चुनाव नजिकिदै थियो । एसईई उत्तीर्ण गरेर भविष्यको सुन्दर कल्पना बोकेर म सहरतिर पढ्न गएको थिएँ । अध्ययनकै क्रममा सहरतिरको बसाइ पनि लामै भएको थियो । चुनावको कारण स्नातक दोस्रो वर्षको परीक्षा स्थगित भएपछि गाउँतिर लागेँ । पाँच वर्षमा गाउँमा खासै परिवर्तन भएको देखिनँ । केही दिनको बसाइँमा कहिल्यै नदेखिने नेता कार्यकर्ताको चहलपहल निकै बढेको थियो । अघिल्लो चुनावमा एकापसमा बोलचाल बन्द भएका गाउँका दाजुभाइ पुनः मेलमिलापको वातावरण सिर्जना भएको थियो । सबै एक मन बनाएर जिउँदाको जन्ती मर्दाको मलामी चाहिने समाज छरछिमेक नै हो भन्ने सामाजिक एकतामा बसेका काले दाइ, चामे, माने, हरि काका, डाँडाघरे जेठा बा, पुलामी बाजे, शुसिला दिदी, छेउ घरे साइला, भक्ते दमाइ आदि सबै फेरि चुनावका कारण बाँडिएका थिए । सबै आफ्ना सुरमा थिए । विभिन्न पार्टीका झण्डा समातेर जुलुस, आमसभा, कार्यक्रममा सहभागी देखिन्थे ।

गाउँका विचरा सोझा दाइभाइबीच मन फुटाइदिएका थिए । उनीहरुलाई कुनै पार्टीको सिद्धान्त, दर्शन, चुनावी घोषणापत्रसँग कुनै सरोकार थिएन, थियो त केवल नेताले दिएका आश्वासन यो । त्यो, यस्तो उस्तो बनाइदिन्छु, गराइ दिन्छु भन्ने प्रलोभन । त्यही प्रलोभनको आशामा केन्द्रित डाँडाघरे जेठा बा र पुलामी बाजेको बोलचाल नै बन्द भएको थियो । छेउघरे साइला र भक्ते दमाइबीच त झण्डै कुटाकुट भएको थियो । चुनाव आउनु अघिसम्म पार्टी र नेतालाई सत्तोसराप गर्दै एक दिन माने दाइ भन्दै थिए– “यस पटक चुनाव त आओस् मैले जान्या छु । यिनका लागि मैले के गरिन, आज यो गति भोग्नु प¥या छ । गाउँमा बहिस्कार गर्नुपर्छ ।” यो कुरा भनेको केही दिनपछि त माने पार्टीको चिन्हसहितको टिसर्ट पहिरेर नेताको पछिपछि गाउँ आफै चाहार्दै हिँडेको देखेँ ।

आम्दानी फुत्तीकौडी छैन । सानो बारीको अन्नपातले पेट पाल्नै मुश्किल छ । ससाना भुराभुरीको सहारा ऊ नै छे । कथमकदाचित केइ भइहाल्यो भने मेरो त बिल्लीबाँठ हुन्छ, ।

“रामे भाइ यस पटक गजराज काकालाई जिताउनु पर्छ ।” मैले भनेँ –“ हैन अस्तिसम्म त नेता र पार्टीलाई निकै गाली गलौच गर्दै थियो नि ।” मानेले जवाफ दियो– “के गर्छस् कान्छा दुईचार पैसा कमाउनु प¥यो । तेरो भाउजू दीर्घरोगी छे । त्यसमाथि दम, उच्च रक्तचाप पनि छ । उपचार गर्न सहरमा लैजाम्ला भनेको पनि पाँच वर्ष हुन लाग्यो । आम्दानी फुत्तीकौडी छैन । सानो बारीको अन्नपातले पेट पाल्नै मुश्किल छ । ससाना भुराभुरीको सहारा ऊ नै छे । कथमकदाचित केइ भइहाल्यो भने मेरो त बिल्लीबाँठ हुन्छ, । त्यै भएर चुनावमा नलागी नहुने भो, कान्छा । रिस त कम्ता उठ्या छन् । गाउँमा मोटरबाटो पुग्यो भनेर गाउँले कति खुशी थियौँ । गएको वर्खामा पैराले बाटो भत्केको कति भयो मर्मत भा छैन । खानेपानीको पाइप घरमा पु¥याउने भनी कति पटक वडामा धायौ । केइ सुनुवाइ भएन । गाउँको स्कुलको छानो फेर्ने भनी पालिकामा धायौ माखो मरेन । यी सब सभ्झदा त नेतालाई जिउँदै जलाइ दिऊ जस्तो लाग्छ । तर के गर्छस् कान्छा । चुनाउ जितेपछि त केइ होला त नि भनेर लाग्नै प¥यो ।” अलि निरास हुँदै आफ्नो कुरा माने दाइले राखे । मैलै एकचित्त भइ सुनिरहे ।

“अनि कान्छा नेताले तेरो भाउजूलाई चुनाउपछि सहरमा लगेर उपचारको व्यवस्था मिलाइदिन्छु भन्या छन् । यति भन्दा के चाहियो त हामी गरिब मान्छेलाई ।” आशा र प्रलोभनको पछाडि दौडिरहेको मानेको विवशता सुनेर मैले निकै घोरिएर सोचेँ । आखिर नेता भन्या नेतै रैछन् । गरिब सोझा गाउँलेलाई कति सजिलै प्रपञ्चका जालोमा पार्छन् ।

दिन बित्दै गए । चुनाव सकियो । गजराज काका पनि संसदमा निर्वाचित भयो । चारैतिर हर्षबधाई र जय जयकार गर्दै जिन्दावादको नारा पनि घन्कियो । धेरै नेताहरु आफ्नो पाँच वर्षे जागिर पक्का गरे । म पनि सहरतिर स्नातकको परीक्षा तयारीका लागि हिँडे । परीक्षापछि केही समयका लागि गाउँमा पुनः फर्किए । धुस्सिएको टालो हालेको पुरानो सुरुवाल, कच्याककुचुक परेको टोपी, दुब्लो जिउ भएका माने दाइ आफ्नो घरको आँगनमा गालामा हात राखी बसिरहेका थिए । करिब पाँच महिनापछि गाउँमा माने दाइसँग मेरो भेट भएको थियो । प्राय म गाउँमा आउनेबित्तिकै दाइको घर नपसी मन मान्दैनथ्यो । म माने दाइको घरमा सरासर गए । मैलै अभिवादन गर्दे “के छ दाइ गाउँघरको नयाँ ताजा खबर, भाउजूको उपचार भयो त ?” सोधेँ ।

“के गर्ने कान्छा, दैवको लीला तेरी भाउजू यो दुनियामा रहेन अब । म एक्लो भएँ । यी ससाना भुराभुरीको बिचल्ली हुने भो ।” भन्दै उसका आँखा रसाएका थिए । मैले शान्त मुद्रामा नेताले उपचार गराइदिने आश्वासन दिएको कुरा सोधेँ ।

“के गर्नु कान्छा,  चुनाव जितेपछि त गाउँमा कहिल्यै फर्केर आएन । धेरै पटक सहरमा गएर भेट्ने प्रयास गरेँ । महिनौ दिनसम्म भेट पनि भएन । उपचार गर्ने रुप्पे नभएर मेरी उनीको ज्यानै गयो । यस्तै रैछ कान्छा, गरिबको व्यथा । जुन शासन आए पनि जत्ति चुनाव आएपनि हामलाई हेर्ने कोइ छैन ।” ऊ चुनाव र शासनप्रति विश्वास पूर्णरुपले गुमाइसकेकोे थियो । भोलिको दिनमा कसरी छोराछोरी पाल्ने ध्याउन्नमा थियो । म पनि त्यहाँबाट निराश भएर फर्किएँ ।

तपाईको प्रतिक्रिया