रक्त अभाव कम गर्न १८ हजारभन्दा बढीद्वारा रक्तदान


हमार पहुरा डट कम

काठमाडौं, जेठ १७ गते । कोभिड–१९ का कारण विश्वभर रगतको अभाव भइरहेका बेला दक्षिण कोरियामा रगत अभाव कम कम गर्न १८ हजार बढीले रक्तदान गर्नुभएको छ । रक्त अभावलाई मध्येनजर गर्दै गत जनवरी महिनामा अमेरिकन रेडक्रसले रोगीको उपचारमा ठूलो जोखिम देखिएको भन्दै राष्ट्रिय रक्त संकट घोषणा गरेको थियो ।

दक्षिण कोरियामा अप्रिल १८ देखि मे १ सम्म भएको बृहत् रक्तदान अभियानमा १८ हजारभन्दा बढी दाताहरु सहभागी हुनुभयो । यो अभियान देशकै सबैभन्दा ठूलो सामूहिक रक्तदानको रूपमा अभिलेखित गरिएको छ । रक्तदानमा सहभागि हुनेमा हेभेन्ली कल्चर, वर्ल्ड पिस, रिस्टोरेसन अफ लाइटका स्वयंसेवक र सिन्छंजी चर्च अफ जीससका चर्चका सदस्यहरू हुनुहुन्थ्यो ।

मार्चमा गैर–नाफामुलक अमेरिकी संस्था मेमोरियल ब्लड सेन्टर्स (एमबीसी) ले ‘ओ’ समुहको रगतको अभाव देखिएको भन्दै आपतकाल घोषणा ग¥यो । सो संस्थाले एक व्यक्तिले रक्तदान गर्दा तीन जनासम्मको ज्यान जोगाउन सक्ने भन्दै रक्तदानका अपिल गरेको थियो ।

रेडक्रसका अनुसार दुर्घटनाबाट हुने गम्भीर चोटपटक, शल्यक्रिया, रक्तअल्पता, प्रसव र क्यान्सर लगायतका विभिन्न रोगको उपचारका लागि रगतको आवश्यकता पर्छ । रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले रक्तदान  एकमात्र उपाय भएको विज्ञहरूको भनाई छ ।

कोरियन रेडक्रस रक्त सेवाका प्रमुख नामसुन चोलेकाअनुसार दक्षिण कोरियामा ओमिक्रोनको प्रभाव चरम सीमामा पुगेकाबेला सिन्छंजी चर्च अफ जीससले शुरु गरेको रक्तदान अभियानले खडेरीमा वर्षाजस्तै भएको छ । तीन दिनमा दाताको संख्या ६ हजार नाघेको र धेरै मानिसहरु सहभागी भएको सो संस्थाले जनाएको छ ।

कोरियन रेडक्रसको रक्त व्यवस्थापन केन्द्रका अनुसार एक दिनको रक्तदानले ३.५ दिनको रक्त आपूर्ति हुन्छ (सामान्यतया १ दिनको रक्त आपूर्ति ५,०२९ रक्तदान बराबर हुन्छ) । स्वेच्छिक रक्तदानका कारण ओमिक्रोन भेरियन्टले गर्दा यो वर्षको सुरुदेखि नै देखिएको रक्तअभाव एकैपटक समाधान भएको छ ।

रक्तदातालाई रक्तदान प्रमाणपत्र वितरण गरिएको छ । प्रमाणपत्र रक्तक्षेपणको लागि भुक्तान गर्दा प्रयोग गर्न सकिन्छ, जसले बिरामीहरूलाई रक्तक्षेपण शुल्क कटौती गर्ने विश्वास गरिएको छ । सिन्छंजी चर्च अफ जीसस र एचडब्ल्यूपीएलका सबै दाताहरूले उपचारका लागि रगत चाहिने बिरामीको आर्थिक भार कम गर्न आफ्नो प्रमाणपत्रहरू समेत दान गरेका छन् ।

दक्षिण कोरियाको ख्वाछान्मा मुख्यालय रहेको सिन्छंजी चर्च अफ जीससले कोभिड–१९ महामारीको प्रारम्भिक चरणबाट निकै कष्ट भोगेपनि प्लाज्मा र रक्तदानलगायत स्वयंसेवी गतिविधिमार्फत समुदायलाई योगदान दिइरहेको छ ।

दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एचडब्लुपीएल, युएन इकोनोमिक र सामाजिक परिषद् र ग्लोबल कम्युनिकेसन विभाग अन्तर्गतको गैर–सरकारी संस्था हो । जसले शिक्षा, राहत कार्यहरू, र नागरिक समाजसँग ऐक्यबद्धतामा आधारित युवा सशक्तिकरण मार्फत दीर्घकालीन शान्ति परियोजना सञ्चालन गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया