मिस्टर एण्ड मिस थारुको अडिसन आजबाट, फिनाले भदौ २५ मा


हमार पहुरा डट कम
काठमाडौं, साउन २१ गते । थारु समुदायको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु–२०२२’ हुने भएको छ । थारु समुदायको बाक्लो बस्ती रहेको देशका मुख्य शहरमा साउन २१ गतेदेखि अडिसन सुरु भएको प्रमुख कार्यकारी अधिकृत सुरेशकुमार चौधरीले बताउनुभयो । प्रतियोगिताको फिनाले भदौ २५ गते हुने उहाँको भनाइ छ ।
उहाँका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण यसअघि प्रतियोगिताले निरन्तरता पाएन । यो वर्ष प्रतियोगितालाई निरन्तरता दिन लागिएको उहाँको भनाइ छ ।

गत वर्षदेखि थारु सौन्दर्य प्रतियोगिताले निरन्तरता पाएको छ । निरन्तरता दिने क्रममा चौथो संस्करणको रुपमा आउँदो भदौ महिनामा ग्राण्ड फिनाले आयोजना गर्ने आयोजकले जनाएको छ ।

आयोजकले एक महिना अघिदेखि नै आवेदन खुला गरिसकिएको जनाएको छ । अडिसनको अघिल्लो दिनसम्म सहभागीले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट कम जहइन्टरटेनमेन्ट कममा गएर आवेदन दिन सकिने अयोजकले जनाएको छ ।
खल्ती एप मार्फत् पनि आवेदन दिन सकिने आयोजको भनाइ छ । खल्ती एपबाट आवेदन दिंदा १० प्रतिशत छुटको व्यवस्था रहेको छ भने आवेदन शुल्क ६०० रुपियाँ तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका प्रथम बिजेताले ५० हजार नगद, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँ नगद र अन्य उपहार प्रदान गर्ने कार्यकारी अधिकृत चौधरीले बताउनुभयो ।

साउन २१ गते शनिबार सुनसरीको झुम्का, पर्साको विरगञ्ज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन गर्ने आयोजकको कार्य तालिका छ । साउन २४ गते मंगलबार मोरङको विराटनगर, सिरहाको लहान र कैलालीको टीकापुरमा र साउन २८ गते शनिबार काठमाडौं, दाङ र बुटवलमा अडिसन हुने अयोजकले जनाएको छ ।
अडिसनबाट छनोट भएकालाई भदौमा अभिमुखीकरणमा सहभागी गराइने बताइएको छ । त्यसलगत्तै प्रतियोगिताको ग्राण्ड फिनाले हुने र प्रतियोगिताका प्रथम बिजेताले ५० हजार नगद, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँ नगद र अन्य उपहार प्रदान गर्ने कार्यकारी अधिकृत चौधरीले बताउनुभयो ।

प्रतियोगिता सन् २०१७ देखि सुरु गरिएको हो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिशा चौधरी हुनुभएको थियो । २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी हुनुभएको थियो । त्यस्तै, २०२१ मा भएको तेसो संस्करणको मिस्टर थारु प्रशान्त हुजÞदार र मिस थारु लिमा थारुले उपाधि जित्नुभएको थियो ।

तपाईको प्रतिक्रिया