एचडब्लुपीएलले असोज २ गते विश्व शान्ति शिखर सम्मेलन आयोजना गर्ने


हमार पहुरा डट कम
काठमाडौं, भदौ १४ गते । विश्वमा शान्ति कायम गर्ने मुख्य उद्देश्यसहित कार्यरत संस्था हेभेन्ली कल्चर वल्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले आगामी असोज २ अर्थात् सेप्टेम्बर १८ मा विश्व शान्ति शिखर सम्मेलनको आठौं वार्षिकोत्सव मनाउनेभएको छ । हरेक वर्ष सोही तारिखमा मनाइने सो सम्मेलनमा सरोकारवाला पक्षले विश्व शान्तिका लागि गरेका बाचाको स्मरण गर्ने गर्छन् ।

पारस्परिक सम्मान, सदभाव र सहयोग फैलाउने उद्देश्यले एचडब्लुपीएलले विश्वव्यापी रुपमा शान्ति कायम गर्न र दिगो विकासका लागि नागरिक समाज तथा मानवअधिकारवादी संस्थासँग मिलेर काम गरिरहेको छ । विभिन्न देशको सरकारसँग पनि सो संस्थाले शान्तिका लागि हातेमालो गरी कार्यरत छ ।

यस संस्थाले शान्तिका लागि साझा इच्छा कायम राख्ने दिगो प्रणाली स्थापना गर्न मानवअधिकारको प्रवद्र्धन, द्वन्द्वलाई शान्तिपूर्ण रुपमा समाधान गर्ने, विश्वभरी शान्तिको संस्कृति फैलाउनेजस्ता परियोजना अगाडि बढाएको छ ।

एचडब्लुपीएलले मानवअधिकार, पत्रकार, कलाकार, राजनीतिज्ञ तथा अन्य सरोकारवाला पक्षसँग पनि शान्ति स्थापनार्थ काम गर्दैआएको छ । शान्ति स्थापनाले मात्र दिगो विकास लक्ष्य (एसडिजी) पूरा गर्न सकिने सो संस्थाको ठहर छ ।

विश्वमा अझै कोभिड १९ को खतरा कायमै रहेको र रुस र युक्रेनबीच लामो समयदेखि युद्ध चलिरहेकाले त्यसको न्यूनिकरणमा सहयोग गर्ने लक्ष्यसाथ वार्षिकोत्सव मनाउने सो सस्थाको बुझाइ छ । भर्चुवल माध्यमबाट सञ्चालन हुने वार्षिकोत्सवमा सम्बद्ध सबैमा सहभागीताका लागि संस्थाले आव्हान गरेको छ ।

तपाईको प्रतिक्रिया