दाङ क्षेत्र नं. ३ (क) बाट कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी


हमार पहुरा डट कम
घोराही, मङ्सिर ८ गते । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी हुनुभएको छ । गठबन्धन दलको तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार चौधरी गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्ये १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत प्राप्त गर्नुभयो ।

विजयी कांग्रेसका नेता चौधरीले पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल हुनुभएको छ । पराजित पाण्डेय तुलसीपुर उपमहानगरपालिकाको निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।

२०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादीबीच बनेको गठबन्धनले दाङका ३ प्रतिनिधिसभा सदस्यसहित ८ वटा प्रदेशसभा सदस्य जित्दा काङ्ग्रेसबाट चौधरी मात्रै विजयी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया