कैलाली २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित


हमार पहुरा डट कम
टीकापुर, मङ्सिर ९ गते । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यका लागि कैलालीबाट तेस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुनकुमार चौधरी विजयी हुनुभएको छ ।

चौधरीले २१ हजार ८७१ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार झपटबहादुर रावलले १६ हजार १२८ मत पाउनुभयो ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बडुवालले १५ हजार ११६ मत पाउनु भएको छ । क्षेत्र नम्बर २ मा ६० हजार ६२९ मत खसेकोमा तीन हजार ६६४ मत बदर भएको छ ।

कैलालीमा नागरिक उन्मूक्ति पार्टीले प्रतिनिधिसभा तर्फ तीन सिटमा विजय निकालेको छ । यसअघि क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष रञ्जिता चौधरी र क्षेत्र नम्बर ३ बाट गङ्गाराम चौधरी विजयी भैसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया