नयाँ शक्तिको अभियानमा लाग्न थारु युवालाई डा. भट्टराईको आग्रह


2

काठमाडौं, माघ १ गते । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिको अभियन्ता डा. बाबुराम भट्टराईले थारु समुदाय राज्यबाट सबैभन्दा पीडित भएकाले उत्थानको आवश्यकता रहेको बताउनुभएको छ ।

थारु माघी महोत्सवको खुलामञ्चमा उद्घाटन गर्नुहुँदै भटराईले त्यस्तो बताउनुभयो । उहाँले थारु समुदायको हक अधिकारका लागि आफू लडिरहने बताउनुभयो । नयाँ शक्ति निर्माणमा युवाहरको भूमिका अपरिहार्य रहेको बताउँदै भट्टराईले थारु युवाहरुलाई पनि नयाँ शक्तिको अभियनमा लाग्न आग्रह गर्नुभयो ।

1

‘नयाँ शक्ति हामी सबैको हो। यसमा तपाईँहरुको पनि साथ चाहिन्छ। थारु समुदायको हक अधिकारका निम्ति अन्तिम समयसम्म म लडिरहने प्रतिज्ञा लिन्छु,’ भट्टराईले भन्नुभयो ।

भट्टराईले महोत्सवमा थारु संस्कृति अवलोकन गर्नुका साथै थारु परिकारसमेत ग्रहण गरेका गर्नुभएको थियो । माघी महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नेताहरु हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, गंगा थारु लगायतले थारुको अधिकार र आन्दोलनको विषयमा धारणा राख्नुभएको थियो ।

Baburam

महोत्सवमा थारु संस्कृति झल्किने विभिन्न झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएका थिए । स्टलमा थारुका विशेष परिकारहरु राखिएको संयोजक चौधरीले बताउनुभयो । हरेक वर्ष एक ठाउँमा मनाउने थारु माघी महोत्सव यस वर्षदेखि दशरथ रंगशाला र खुलामञ्च दुई ठाउँमा आयोजना भएको थियो ।

Maghi2

तपाईको प्रतिक्रिया