शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन शिक्षामन्त्रीसँग थाकसको माग


हमार पहुरा डट कम
काठमाडौं, साउन २४ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले शिक्षा विधेयकमा देखिएको त्रुटी सच्याउन माग गर्दै शिक्षामन्त्री अशोककुमार राईको ध्यानाकर्षण गराएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा गएको टोलीले सो ध्यानाकर्षण गराएको हो ।

शिक्षा मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री राईले विधेयकमा रहेको त्रुटी सच्याएर विधेयक संसद बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाउनुभएको थाकसका महामन्त्री चौधरीले जानकारी दिनुभयो । थारु समुदायले विधेयकमा थारू समुदायलाई संवैधानिक व्यवस्थाअनुसार आरक्षणमा छुट्टै क्लस्टरको माग गर्दैआएको छ । मन्त्री राईलाई भेट्न थाकसका महामन्त्री चौधरी, थारु अगुवाहरु कुछतनारायण चौधरी, श्रवणकुमार चौधरी, सत्यनारायण चौधरी लगायतको सहभागिता थियो ।

थारु समुदायले विधेयकमा थारू समुदायलाई संवैधानिक व्यवस्थाअनुसार आरक्षणमा छुट्टै क्लस्टरको माग गर्दैआएको छ ।

सोहीअनुसार थाकसले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई पनि भेटेर विधेयक सच्याउन माग गरिएको महामन्त्री चौधरीले बताउनुभयो । यसअघि सोही विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई भेटेर पनि शिक्षा र निजामती कर्मचारी विधेयकका विषयमा ध्यानाकर्षण गराइएको थारु अगुवा कुछतनारायण चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया