अस्थिरताले देशको विकास हुँदैन

टंक पन्त

टंक पन्त

Pant

नेपाली जनताले लामो समय देखि भोग्नु परेको अस्थिर राजनीतिको परिणामस्वरुप देश आज पनि सकटमा छ । अस्थिर राजनीतिको सुत्रधार जनता नभएर राजनीतिक दलहरु हुन । उनीहरुले जनभावना अनुसारभन्दा पनि आफ्नो स्वार्थ अनुकुल राजनीति गरेकैकारण यो देश सधै अस्थिरताको शिकारमा परेको छ ।

जब ०४६ सालको परिबर्तन भयो, त्यसपछि अब जनताको अनुहारमा परिबर्तन आएको अनुभुति हुनेछ भन्ने आशा र बिश्वास थियो तर केही समयमा नै त्यो आशा हराएर गयो । भएका नेपालका उधोग कलकारखाना पनि उदारिकरण र खुला अर्थतन्त्रका नामाम बन्द गराउनेसम्मको स्थितिमा मुलुक पुग्यो भने भ्रष्टाचार र बेथिति पहिले भन्दा कम भएन । यसको अर्थ बहुदलीय ब्यबस्था पुनस्र्थापना नै बेठिक थियो भन्ने होइन । पञ्चायती निरकुशतन्त्रमा त्यो भन्दा चरम बेथिति अत्याचार, भ्रष्टाचार थियो । त्यहि भएर न जनता आन्दोलनमा उत्रिए । उनीहरु आन्दोलनमा उत्रिएको पुनः बेथिति हुनेछैन अन्याय अत्याचार हुने छैन र सामाजिक न्याय र समानता हुनेछ भन्ने थियो । तर त्यो अपेक्षा अनुसार हुनै सकेन ।

बहुदलीय ब्यबस्था पुनस्र्थापना हुनासाथ सत्तामा पुगेका दलहरुले जनभावनाअनुसार भन्दा आफ्नो स्वार्थलाई केन्द्रबिन्दुमा राखेकै कारण जनतामा असन्तोष बढदै गयो ।

बहुदलीय ब्यबस्था पुनस्र्थापना हुनासाथ सत्तामा पुगेका दलहरुले जनभावनाअनुसार भन्दा आफ्नो स्वार्थलाई केन्द्रबिन्दुमा राखेकै कारण जनतामा असन्तोष बढदै गयो । फेरि के पनि हुदोरहेछ भने जनतालाई केही गर्छौ भनेर आश्वासन दिने तर नगर्ने हो भने त्यसले बिद्रोह निम्त्याउँछ । माओबादीको सशस्त्र बिद्रोह त्यसैको परिणाम थियो । ०४६ सालको परिबर्तनपछि जनतालाई दिइएको आश्वासन केही महिनामा नै निराशामा परिणत भयो । जसले पुन राजनीतिक अस्थिरतालाई बढायो । जब अस्थिरता बढदै गयो, त्यसैको निुहमा बिकास भन्ने कुरा अगाडि बढन सकेन । तर कतिपय दलका नेताहरुको बिकास भने राम्रैसंग भयो । त्यसको निरन्तरता आज पनि देखिन्छ ।

देश सधै गरीब तर देशका कतिपय नागरिकहरुको आर्थिक स्थिति हेर्ने हो भने देशभन्दा समुन्नत भन्दा अत्युक्ति नहोला । बिधि र पद्धतिमा मुलुकलाई हिडाउन नसकेकैकारण आज देश गरीबका गरीब हुन पुगेको छ ।

देश सधै गरीब तर देशका कतिपय नागरिकहरुको आर्थिक स्थिति हेर्ने हो भने देशभन्दा समुन्नत भन्दा अत्युक्ति नहोला । बिधि र पद्धतिमा मुलुकलाई हिडाउन नसकेकैकारण आज देश गरीबका गरीब हुन पुगेको छ । देश जति गरीब अबस्थामा रहन्छ, त्यति नै उनीहरुका लागि फाइदा हुंदोरहेछ । त्यसैले पनि होला गरीब जनताका छोराछोरीलाई पढाउन, उपचार गराउन गाह्रो छ । तर धनीका छोराछोरीलाई जस्तो ठाउँमा पनि पढन, उपचार गराउन सहज छ । जसलेगर्दा आज शिक्षा र स्वास्थ्यको ब्यापार सबै भन्दा नाफामुलक हुन पुगेको छ । जुन मुलुकका लागि दुर्भाग्यपुर्ण हो ।

सशस्त्र द्वन्द्व सचालन हुंदा देशमा बिधमान बेथिति, भ्रष्टाचार, बिकृति र बिसगति अन्तगर्ने भनिएको थियो त्यसैले जनता पनि बिद्रोहमा होमिएका थिए । त्यतिमात्र होइन ०६२, ०६३ को आन्दोलनमा पनि जनता त्यसैगरी सडकमा उत्रिए । जसको परिणामस्वरुप देशमा गणतन्त्र आयो । गणतन्त्रमात्र आएन सबिधानसभाको निर्बाचन पनि भयो र दोस्रो पटकको सबिधानसभाले सबिधान पनि मु्लुकलाई दियो तर आजपनि देशले अस्थिरताको शिकार हुनुपरेको छ । सबिधान आफैमा महत्वपुर्ण छ र तर त्यो सबिधान कार्यान्वयन भयो भने मुलुकमा स्थिरता हुनसक्छ भनेर होला, त्यसो भयो आफुहरुले खेल्ने ठाउँ हुदैन भनेर कतिपय पक्ष त्यो सबिधानको खिलाफमा उत्रिएको प्रष्ट छ ।

सबिधान आफैमा महत्वपुर्ण छ र तर त्यो सबिधान कार्यान्वयन भयो भने मुलुकमा स्थिरता हुनसक्छ भनेर होला, त्यसो भयो आफुहरुले खेल्ने ठाउँ हुदैन भनेर कतिपय पक्ष त्यो सबिधानको खिलाफमा उत्रिएको प्रष्ट छ ।

यद्यपि मुलुकले धेरै सास्ती खेप्नुपरेकोले कतिपय दलका असन्तुष्टि छन भने बार्ता र सबादद्वारा समस्याको समाधान गर्न सकिन्छ । अहिले जुनरुपमा नाटकीय ढंगले अस्थिरताको जग बलियो बनाउन खाजिदै छ, त्यसले मुलुकलाई फेरि पनि धेरै पछाडि पार्ने छ । कुनै पनि बिकासका काम हुन सकेका छैनन । देशको आर्थिकस्थिति चौपट भएको छ । अघोषित नाकाबन्दीले मुलु्कले अरबौको नोक्सान ब्योहोर्नु परेको छ । राज्यले अरबौको घाटा ब्यहोर्नुपरेको छ । नेपालकै केही ब्यक्ति र दलालहरु यति धेरै मोटाए कि त्यसको कुनै सीमा नै छैन । तस्करहरुले मुलुकलाई परेको संकटको फाइदा यतिधेरै उठाए त्यसको कुनै गणना नै गर्न सकिदैन । देशमा कर तिरेर पेट्रोलियम पदार्थ आएको छैन तर कर नतिरीकन भने पहिले भन्दा बढी तेल ग्यास आएको छ । पेट्रोल पम्पमा तेल छैन, डिपोमा ग्यास छैन तर तस्करका घरघरमा तेल छ । घरघरमा ग्यास छ । अनि कालोबजारी मार्फत जति पनि तेल ग्यास पाउने गरेको छ । किन यस्तोखालको स्थिति मुलुकले भोग्नुरपरेको छ ? त्यसको कुनै तार्किक जवाफ नै कसैसँग छैन ।

बिधि र प्रक्रियामा मुलुक नचलेकै कारण जस्ले जे गरेपनि छुटभएको छ । बर्तमान सरकार आएपछि केही बेथिति अन्तगर्ने कुरा खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । तर कतिपयले खिल्ली उडाउने कामगरेको देखिन्छ । आफुलाई बुद्धिजीबी, लेखक भन्नेहरुले लौ गरेर देखाउन त कति समय चाहिने हो । पर्याप्त समय लेउ र समयको सदुपयोग गर भनेर दबाब दिनुपर्नेमा त्यस्तो नगरेर उडाउन खोज्नु भनेको प्रक्रिया र बिधिअनुसार चल्न नदिने परम्परात बिकृतिलाई यथास्थितिमा राख्नकालागि नै हो ।

२ सय ५ सदस्यीय प्रतिनिधि सभा हुदा ५२ जनाको मन्त्रिपरिषद बनाउनेहरुले आज ६०१ को संख्यालाई ध्यानमा राखेर त्यतिखेरको सख्याभन्दा केही कम बनाउँदा पनि उडाउने काम गरेका छन् । धेरै दलको सहमतिमा सरकार बनेकोकारण पनि केही बाध्यता होलान । यसको अर्थ मन्त्रिपरिषद ठूलो बनाउनु ठीक हो भन्ने कुरा होइन । त्यसो नगरिए सरकार केही महिना पनि चल्न नसक्ने स्थितिको तिनेै अहिले ठूलो भयो भन्नेहरुले नै सिर्जना गर्छन् । त्यसरी सरकार परिबर्तन भयो भने बिगतमा त्यहि हुनेगरेको छ । त्यसैले चाडोभन्दा चाडो सरकार परिबर्तन पनि मुलुकका लागि दुर्भाग्य नै हो । यो यथार्थलाई ध्यानमा राखी सरकार चाडो परिबर्तन गर्ने र थप अस्थिरता निम्त्याउने काम नगरौ ।

चाडोभन्दा चाडो सरकार परिबर्तन पनि मुलुकका लागि दुर्भाग्य नै हो । यो यथार्थलाई ध्यानमा राखी सरकार चाडो परिबर्तन गर्ने र थप अस्थिरता निम्त्याउने काम नगरौ ।

कम्तिमा पनि नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारले केही गर्न खाजेको थिएं गर्न दिइएन भन्ने अबस्था   दिनुहुदैन । केही महत्वाकांक्षी योजनाका बारेमा खिल्ली उडाउनेभन्दा काम गरेर देखाउन भन्नुपर्छ । प्रारभमै उडाएर नेपालको परम्परागतरुपमा चल्नखोज्ने ब्यूरोक्रेशीलाई सजिलो बनाइदिइएको छ । मिडिया वा सचेत बर्गले कामगर्न खोज्नेलाई कामगर्न हतोत्साहित होइन प्रोत्साहित गर्नुृपर्छ । भनेको अनुसार हुन्छ हुदैन भन्ने कुरा ५, ७ महिनामा थाहा भैहाल्छ । सरकारले कुनै कुनै आधारमा योजना पस्किएको छ भने त्यो धारणालाई पुर्बाग्रहपुर्ण ढंगले टिप्पणी हुन्छ । अर्ति दिनेको पनि त उस्तै प्रबृत्ति भयो नि भन्न सकिन्छ ।

tankpant@gmail.com

तपाईको प्रतिक्रिया