पत्रकार आचारसंहिता २०७२ लागु हुने अन्तिम तयारीमा

आचारसंहिता नमान्ने पत्रकारलाई सरकारी सबै अवसरबाट बञ्चित गरिने


SAM_2707

काठमाडौं, माघ ८ गते । प्रेस काउन्सिल नेपालले विद्यमान पत्रकार आचारसंहिता २०६० ले न्यू मिडियालाई समयानुकुल सम्बोधन गर्न नसकेको ठहर गर्दै परिमार्जन गर्ने तयारी गरेको छ ।

यसअघिको आचारसंहिताले छापामाध्यमको सञ्चारमाध्यमलाई मात्र केन्द्रीत गरी तयार पारिएकाले रेडियो, टेलीभिजन, अनलाईन तथा सामाजिक सञ्जालसहित न्यू मिडियालाई सम्बोधन गर्नेगरी नयाँ आचारसंहिता तयार भइरहेको काउन्सिलले बताएको छ ।

त्यसकालागि संविधानविद काँशीराज दाहालको संयोजकत्वमा आचारसंहिता परिमार्जन समिति गठन गरी युद्धस्तरमा काम भइरहेको काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसकालागि संविधानविद काँशीराज दाहालको संयोजकत्वमा आचारसंहिता परिमार्जन समिति गठन गरी युद्धस्तरमा काम भइरहेको काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिनुभयो । समितिले मस्यौदाकोरुपमा नेपालको पत्रकार आचारसंहिता २०७२ तयार गरिसकेको छ । सो मस्यौदामाथि आवश्यक छलफल गरी सुझाव संकलनको काम समितिले गरिरहेको छ ।

सम्भवतः यसैवर्षदेखि नयाँ आचारसंहिता लागू गरी त्यसको कार्यान्वयनको तयारी काउन्सिलले गरिरहेको अध्यक्ष कार्कीको भनाई छ । आचारसंहिता लागूगर्नु अगाडि सरोकारवाला पक्ष र वरिष्ठ पत्रकार तथा सम्बान्धित सबै मिडियाकर्मीसँग नयाँ आचारसंहिताको विषयमा छलफल, गोष्ठी र परामर्शको काम काउन्सिलले शुरुगरेको छ ।

आचारसंहिता परिमार्जन समितिले पाँच परिच्छेदको १३ बुँदे आचारसंहिता मस्यौदाकोरुपमा तयार गरेको छ । समितिका संयोजक काशीनाथ दाहालले यसअघिको आचारसंहिता परम्परागत भएकाले समयानुकुल परिमार्जनकालागि मस्यौदाको काम सम्पन्न भइसकेको बताउनु  भयो । “अहिले सञ्चारमा धेरै विकास भइसकेको छ, इन्टरनेटको तिव्र विकासले अनलाईन साइट पनि धेरै सञ्चालनमा छन्, त्यसको सम्बोधनका लागि पनि आचारसंहिता परिमार्जनको विकल्प छैन” दाहालले भन्नुभयो ।

आचारसंहितालाई नैतिक बन्धनमात्र बनाउनुभन्दा पनि कानूनीरुपमै दण्ड सजायको व्यवस्था हुनसक्ने बनाउनसके पत्रकारिताको विकृति अन्त्य हुने दाहालको बुझाई छ । आचारसंहिताको सही पालना नभएर आधाजति घटनाहरु पत्रकारमाथि घटिरहेको उहाँले तर्क गर्नुभयो ।

आचारसंहितालाई नैतिक बन्धनमात्र बनाउनुभन्दा पनि कानूनीरुपमै दण्ड सजायको व्यवस्था हुनसक्ने बनाउनसके पत्रकारिताको विकृति अन्त्य हुने दाहालको बुझाई छ । आचारसंहिताको सही पालना नभएर आधाजति घटनाहरु पत्रकारमाथि घटिरहेको उहाँले तर्क गर्नुभयो ।

प्राध्यापक पी. खरेलले नेपाली पत्रकारितामा धेरै विकृति र छाडापन भएकाले आचारसंहिताको सही कार्यान्वयन र अनुगमनको खाँचो रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघको निर्वाचनमा फलानो प्यानलको फलानो अगाडि, फलानो पछाडि भनेर समाचार लेख्न हुने कि नहुने ? जिज्ञासा राख्नुहुँदै उहाँले आचारसंहितामा राजनीतिको रंग आउन नहुने सुझाव दिनुभयो ।

वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले काउन्सिल आचारसंहिता कार्यान्वयनभन्दा पनि पत्रपत्रिका वर्गीकरणमै केन्द्रीत भएको आरोप लगाउनुभयो । मिडियामा भएको लगानी पारदर्शी गर्नसमेत आचारसंहिताले बोल्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले अहिले विद्यमान आचारसंहिताले छापामाध्यमको सञ्चारलाई मात्र सम्बोधन गर्ने हुनाले समयानुकुल बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाली मिडियाले बहुलता र नेपालको विविधतालाई समेत सम्बोधन गर्न जरुरी रहेकाले आचारसंहितामा परिमार्जनको विकल्प नरहेको उहाँले तर्क गर्नुभयो ।

प्रस्तावित आचारसंहिता २०७२ मा परिमार्जनकालागि आयोजित छलफल कार्यक्रममा पत्रकार कुन्दन अर्याल, विनोद ढुंगेल, किशोर श्रेष्ठ, शुभेच्छा विन्दु लगायतले आआफ्नो सुझाव पेश गर्नुभएको थियो । परिमार्जन समितिका संयोजक काशीनाथ दाहालले सुझावअनुसार आचारसंहितालाई परिमार्जन गरी परिस्कृत गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कारवाही हुनसक्ने व्यवस्थाः
आचारसंहितालाई वेवास्ता गरी तोकिएको मापदण्ड विपरित काम गर्ने पत्रकारलाई प्रेसपास निलम्बन गर्नसक्ने, वर्गीकरण प्रक्रियाबाट अलग गरिने, काउन्सिलको सबै सुविधाबाट बञ्चित गरिने, विज्ञापन रोक्का हुने, सरकारी भ्रमणमा जान नपाइने, अवज्ञाकारीको कालोसूचीमा राख्ने र सार्वजनिक गर्नसक्ने अधिकार आचारसंहिताले नियमन गर्ने निकाय काउन्सिललाई दिने सिफारिस गरेको छ । नयाँ आचारसंहिता लागू भएलगत्तै आचारसंहिता २०६० (परिमार्जित २०६४) खारेज हुनेछ ।

तपाईको प्रतिक्रिया