संसद बैठक गरेबापत सरकारले वार्षिक नौ करोड ६१ लाख भाडा तिर्छ


CA
काठमाडौं, माघ १३ गते । नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवन र बैठकका बारेमा तपाईहरु धेरैलाई जानकारी छ होला । तर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा त्यसको हाताभित्र रहेको अन्य कार्यालय र त्यसको आम्दानीको स्रोतका बारेमा सायदै जानकारी होला ।

एकसय ५४ रोपनी जग्गामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हाताभित्र संसद भवनसहित अन्य छ वटा कार्यालय सञ्चालनमा छन् । केन्द्रलाई ती कार्यालयले वार्षिक करोडौं भाडा तिर्छन् र ८७ जना कर्मचारी केन्द्रमा आश्रित छन् । सरकारले केन्द्रलाई संसद भवन प्रयोग गरेबापत वार्षिक नौ करोड ६० लाख ९९ हजार ९९९ रुपियाँ भाडा तिर्छ । अहिलेसम्म सरकारको आफ्नै संसद भवन छैन ।

त्यस्तै, केन्द्रको हाताभित्र लगानी बोर्ड, नेपाल कानून आयोग, खानेपानी महशुल निर्धारण आयोग, राष्ट्रिय बाणिज्य बैंक र बेइजिङ्ग रोष्ट डक रेष्टुरेन्ट प्रा.लि. ले कार्यालय सञ्चालन गर्दैआएको छ । कार्यालय राखेबापत लगानी बोर्डले वार्षिक ७६ लाख ७९ हजार ३६४ रुपियाँ, कानून आयोगले ७ लाख २८ हजार ६४०, खानेपानीले ५ लाख ५४ हजार ४००, बाणिज्य बैंकले ९३ लाख ५ हजार १६२ पैसा २८ र बेइजिङ्गले वार्षिक ४७ लाख ७६ हजार ४५३ रुपियाँ केन्द्रलाई तिर्छन् ।

SAM_2751

सम्मेलन केन्द्रले भाडाबापत वार्षिक कुल ११ करोड ९१ लाख ४४ हजार १९ रुपियाँ २४ पैसा आम्दानी गर्नेगरेको केन्द्रका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले जानकारी दिनुभयो । उहाँको अनुसार वार्षिक करिब १ करोड खर्च छ । सो आम्दानीबाट सम्मेलन केन्द्रमा ८७ जना कर्मचारी आश्रित छन् । कर्मचारीलाई करिब १८ लाख रुपियाँ मासिक तलब खर्च हुनेगरेको छ ।

त्यस्तै, अन्य खर्चमा कर्मचारी भत्तामा करिब १२ लाख, विद्युतमा करिब १० लाख, दुईलाख जति पानीमा, टेलीफोनमा २० देखि २५ हजार, खाजामा करिब १८ हजार, केन्द्रको बोर्ड बैठक बस्दा करिब ३३ हजार रुपियाँ खर्च हुनेगरेको बजार अधिकृत गुञ्जा शाहले जानकारी    दिनुभयो । कार्यकारी निर्देशक अमात्यकोअनुसार अहिले केन्द्रको बैंक व्यालेन्स २५ करोड रुपियाँ जति छ ।

कार्यकारी निर्देशक आमात्यले सम्मेलन केन्द्र अहिलेसम्म घाटामा नगएको बताउनुभयो । चुस्त व्यवस्थापन र आम्दानीको स्रोतकाकारण घाटामा जाने स्थिति नरहेको जानकारी दिनुभयो । सम्मेलन केन्द्र शहरी विकास मन्त्रालय अन्तर्गत रहेको छ ।

कार्यकारी निर्देशक आमात्यले सम्मेलन केन्द्र अहिलेसम्म घाटामा नगएको बताउनुभयो । चुस्त व्यवस्थापन र आम्दानीको स्रोतकाकारण घाटामा जाने स्थिति नरहेको जानकारी दिनुभयो । सम्मेलन केन्द्र शहरी विकास मन्त्रालय अन्तर्गत रहेको छ । सो केन्द्र सञ्चालन बोर्डको अध्यक्ष शहरी विकास मन्त्रालयका सचिव रहने नियमावली छ । केन्द्रले बोर्ड सदस्यहरुलाई बैठक भत्ता प्रदान गर्नेगर्छ ।

वर्षमा चार पाँच पटक बैठक बस्नेगरेको आमात्यले बताउनुभयो । बोर्ड बैठकका लागि केन्द्रले सदस्यहरुलाई दिनको १६ सय भत्ता दिने गरेको छ । कार्यकारी निर्देशकको चयन मन्त्रीपरिषदको बैठकले गर्नेगर्छ । अहिले १० औं कार्यकारीकोरुपमा अमात्य नियुक्त हुनुभएको छ । यसअघि रामलाल तुलाधर हुनुहुन्थ्यो । कार्यकारी निर्देशक अमात्यका अनुसार ९० अरब रुपियाँ लगानीमा अर्को भवन निर्माणको तयारी भइरहेको छ ।

केन्द्रको हालसम्म रन्जनसिंह शाह (२०४६ देखि २०४९ सम्म), शान्ति मल्ल (२०४९ देखि २०५२), दिपकराज श्रेष्ठ (२०५२ श्रावण १० देखि २०५२ पुस १५), लक्ष्मणराज श्रेष्ठ (२०५९ भाद्र १२ देखि २०६१ माघ २९), रमेशजंग रायमाझी (२०६२ मंसिर २२ देखि २०६३ भाद्र २८) सम्म कार्यकारी निर्देशक भइसक्नुभएको छ ।

सोहीअनुसार गोविन्दराज पाठक (२०६३ कात्तिक १० देखि २०६४ श्रावण ७), पूर्णमान तपोल (२०६४ भाद्र देखि), डा. गंगाप्रसाद अकेला (०६६ जेठ ११ देखि २०६८ जेठ १६), रामलाल तुलाधर २०६८ जेठ १६ देखि २०७२ जेठ १० सम्म) र अहिले अमात्य जेठ १८ देखि नियुक्त हुनुभएको    छ । कर्यकारी निर्देशकको कार्यकाल चारवर्षको हुने गरेको छ ।

केन्द्रले केही सुरक्षाकर्मीलाई पनि प्रोत्साहन भत्ता प्रदान गर्दैआएको छ । यसअघि संसद सचिवालयबाट तलब भत्ता खाने कर्मचारीहरु अहिले केन्द्रबाटै तलब भत्ताहरु खाने गर्नुहुन्छ । केन्द्रको कर्मचारीहरुको तलब बाहेक ८० प्रतिशत भत्ताको व्यवस्था छ ।

केन्द्रले केही सुरक्षाकर्मीलाई पनि प्रोत्साहन भत्ता प्रदान गर्दैआएको छ । यसअघि संसद सचिवालयबाट तलब भत्ता खाने कर्मचारीहरु अहिले केन्द्रबाटै तलब भत्ताहरु खाने गर्नुहुन्छ । केन्द्रको कर्मचारीहरुको तलब बाहेक ८० प्रतिशत भत्ताको व्यवस्था छ ।

चीन सरकारको करिब १ अर्व रुपियाँको लगानीमा बनेको सो सुविधा सम्पन्न संसद भवनको सिलन्यास चीनका तत्कालिन प्रधानमन्त्री लि फङ्ले २०४६ मंसिर ५ गते र उद्घाटन तत्कालिन राजा वीरेन्द्र शाहले २०५० मंसिर ३ गते गर्नुभएको थियो । सम्मेलन केन्द्रको चौविसघण्टे सुरक्षा सैनिक र शसस्त्र प्रहरीले दिनेगरेको छ ।

केन्द्र हाताभित्र आकर्षक गार्डन निर्माण गरिएको छ । जसमा १६ जना कर्मचारी कार्यरत रहेको केन्द्रले जानकारी गराएको छ । गार्डनमा सयपत्री, रातकी रानी, गोदावरी, पारीजात, निम, तुलसी, करबीर, अमला, हसिना, आँक, काइँयो, कपुर, कल्की, साइकस, इन्द्रकमल, देवदार, पीपल, श्रीखण्ड, राजवृक्ष, सिप्लीकान, तेजपात, अम्बा, कोइरालो लगायतका बोटविरुवा रहेको गार्डन संयोजक छलरामप्रसाद पौडेलले बताउनुभयो ।

                                                                                                                                                                                प्रस्तुतीः लक्की चौधरी

तपाईको प्रतिक्रिया