इतिहास बंग्याउने धृष्टता !

लक्की चौधरी

लक्की चौधरी

1

पृष्ठभूमिः
भनिन्छ ‘आजको पत्रकारिता भोलिको इतिहास हो ।’ त्यसैले लेखकद्रस्टाले संवेदनशील भएर कलम चलाउनुपर्ने हुन्छ । आफ्नो स्वार्थपूर्तिकालागि लेखिएका गलत अफवाह पनि भोलिको इतिहास बन्यो भने आउने पुस्तामा के नकारात्मक प्रभाव पर्ला ? वर्तमानमै सचेत्ता अपनाउनुपर्ने हुन्छ । तर कतिपय मामिलामा हामी त्यति संवेदनशील र गम्भीर बन्दैनौं । हातमा कलम र सीप छ भन्दैमा भविष्यलाई वेवस्ता गर्दै लेखेको लेखकीय पंक्तिले भोलिको पुस्तामा ठूलो भ्रम सृजना गर्नेतर्फ चनाखो बन्नैपर्छ । भोलिका भविष्य लेख्नेहरु वर्तमानमै त्यसको आँकलन गर्नुपर्छ । त्यही नै हाम्रो जिम्मेवारी र दायित्व हो । लेखकको जवाफदेहिता पनि हो ।

हाम्रो छाता संगठन नेपाल पत्रकार महासंघ हो भने अभिभावकीय जिम्मेवारीमा नेपाल प्रेस काउन्सिल नेपाल छ । संघबाट महासंघ हुँदा यसले नेपाली पत्रकारितामा पु¥याएको योगदान आफ्नो ठाउँमा ओजपूर्ण छ । तथापि केही त्रुटी भने भएकै छन् । महासंघको पत्रकारिताको जवाफदेहिताको प्रसङ्ग उल्लेख गरिरहँदा यसको गरिमा र इतिहासको कुरा खोतल्नुपर्ने हुन्छ । शुरुवातीकालमा अमुख कुन व्यक्ति पहिले जन्मियो र सिंगो मानव विकासमा भूमिका खेल्यो भनेजस्तै पत्रकारिताको शुरुवातकर्ताको मान्यता पनि उत्तिकै वजनदार हुनुपर्छ । पत्रकारिताको पूर्खाको सम्मान गर्नु नै आजको हाम्रो जवाफदेहिता हो । व्यक्तिभन्दा संस्था अझ ठूलो विषय हो । जहाँ समग्र पत्रकारको अपनत्व रहन्छ । नेपाल पत्रकार महासंघ आज आम नेपाली पत्रकारहरुको साझा संगठन बन्न सफल भएकोमा हामी सबैलाई गर्व महुशस हुन्छ । तर त्यसको शुरुवात्कर्ता को–को थिए ? कुन परिस्थिति र माहौलमा संघबाट आजको महासंघको विकास भयो, भन्ने पक्षलाई नजरअन्दाज गरिनु हुन्न । बच्चा जन्मिएर जति नै ठूलो व्यक्तित्व विकास किन नगरोस् उसको अभिभावकको योगदानलाई कम आँक्न हुँदैन । त्यस्तै आजको महासंघ जति फलोस् फूलोस हिजोको संघ नै त्यसको जग हो । यसको मूल्याङ्कन र सम्मान त्यहीरुपमा गरिनुपर्छ ।

बच्चा जन्मिएर जति नै ठूलो व्यक्तित्व विकास किन नगरोस् उसको अभिभावकको योगदानलाई कम आँक्न हुँदैन । त्यस्तै आजको महासंघ जति फलोस् फूलोस हिजोको संघ नै त्यसको जग हो । यसको मूल्याङ्कन र सम्मान त्यहीरुपमा गरिनुपर्छ ।

महासंघको विकासक्रमः
मुलुकमा प्रजातन्त्र बहाली भएताका वि.सं. २००८ जेठमा सत्यनाराययण बहादुर श्रेष्ठ (सम्पादक–नेपाल टुडे) को सभापतित्वमा तत्कालिन नेपाल पत्रकार संघ गठन भएको थियो । संघका उपसभापति प्रेमराज शर्मा (गोरखापत्र), सचिव थिए भोजबहादुर सिंह न्यौपाने (तरंग) । त्यस्तै, सहसचिव रामहरि जोशी (नेपाल पुकार) र रामराज शर्मा (नेपाल पुकार) कोषाध्यक्ष थिए । यस्तै, सदस्यमा नारायणप्रसाद उपाध्याय (युगबाणी), देवेन्द्रराज शर्मा (उद्योग), भीमभक्त जोशी (उद्योग) र प्रकाशचन्द्र टन्डन (पि.टि.आई) थिए । संघको वि.सं. २००९ वैशाख २८ गते आर्यसमाज मन्दिर, भोटाहिटीमा दोस्रो सभा सम्पन्न भयो । सो सभाले सत्यनारायणबहादुर श्रेष्ठकै नेतृत्वमा संघलाई पुनः विस्तार गरेको थियो । नेपाली पत्रकारलाई गोलबद्ध गरी उनीहरुको पेशागत सुरक्षा र श्रमजीवी पत्रकारहरुको हक अधिकारकै बारेमा वकालत गर्ने संघको उद्देश्य रहेको पुराना पोस्टाबाट थाहा हुन्छ ।

संघको वि.सं. २००९ वैशाख २८ गते आर्यसमाज मन्दिर, भोटाहिटीमा दोस्रो सभा सम्पन्न भयो । सो सभाले सत्यनारायणबहादुर श्रेष्ठकै नेतृत्वमा संघलाई पुनः विस्तार गरेको थियो ।

संघको गठन भएपछि पत्रकारहरुबीच मनमुताव शुरुभयो । एकापसमा बाँडिए । सोहीकारण वि.सं. २०१२ पुस १९ गते नेपाल समाचारपत्रको कार्यालयमा अर्को बैठक बस्यो । उदयराज शास्त्रीको आमन्त्रण र नेतृत्वमा बोलाइएको सो भेलामा पत्रकारको न्यून उपस्थितिका कारण कुनै निर्णय हुन पाएन । वि.सं. २०१२ चैत १६ गते पत्रकारको अर्को भेला सम्पन्न भयो । सो भेलाले संघलाई पुनर्गठन ग¥यो । नेपाल पुकार पत्रिकाका सम्पादक कृष्णप्रसाद उपाध्याय (भट्टराई) को सभापतित्वमा संघ पुनर्गठित भयो । संघको सो समितिको उपसभापतिमा फत्तेबहादुर सिंह, मन्त्रीमा मणिराज उपाध्याय, सहायक मन्त्रीमा राम सिंह र कोषाध्यक्षमा उदयराज शास्त्री चयन भए । सदस्यमा हृदयचन्द्रसिंह प्रधान, शारदा रेग्मी र राजबहादुर मित्र चयन भएका थिए ।

वि.सं. २०१२ चैत १६ गते पत्रकारको अर्को भेला सम्पन्न भयो । सो भेलाले संघलाई पुनर्गठन ग¥यो । नेपाल पुकार पत्रिकाका सम्पादक कृष्णप्रसाद उपाध्याय (भट्टराई) को सभापतित्वमा संघ पुनर्गठित भयो ।

कार्यसमितिका सदस्यहरुबीच नै अन्तरकलह भएपछि वि.सं. २०१३ चैत २९ गते दाताराम शर्माको सभापतित्वमा अर्को कार्यसमिति पुनः चयन भयो । २०१८ भदौ ७ मा भएको सम्मेलनले फत्तेबहादुर सिंहको सभापतित्वमा अर्को कार्यसमिति पुनर्गठन ग¥यो । २०२३ साल फागुन २४ देखि २७ सम्म भएको संघको पहिलो सम्मेलनले पशुपति पाण्डेको सभापतित्वमा अर्को कार्यसमिति गठन ग¥यो । २०२५ मा भएको दोस्रो सम्मेलनले मणिन्द्रराज श्रेष्ठको नेतृत्वमा पुनः नयाँ कार्यसमिति चयन भयो । सो अवधिमा पत्रकारहरुबीच एकापसमा निकै मनमुताव देखियो । एकले अर्काको अस्तित्व स्वीकार गरेको देखिएन । तथापि निकै मनमुतावका बीच नेपाल पत्रकार संघ नामक संस्थालाई पत्रकारले जोगाएर राखे । विघटन गर्नेतर्फ कसैले ढृष्टता देखाएनन् । पत्रकारहरुबीचको कलह र वैमनस्यता जसरी आज देखिएको छ, हिजोका दिनमा पनि त्यस्तै देखियो । पत्रकारहरु एकापसमा निकै फरकमत राख्दा रहेछन् भन्ने कुराको पुष्टि शुरुवातीकालका पत्रकारहरुको व्यवहार र कार्यशैलीले झल्कायो । जो अद्यापि छ ।

वि.सं. २०५४ भाद्र ३० गते सम्पन्न १८ औं महाधिवेशनले संघलाई पहिलो पटक महासंघमा रुपान्तरण ग¥यो । जसको सभापतिमा किशोर नेपाल चयन भए । यसरी पछिल्लो कालमा विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले हुँदै अहिले महासंघको अध्यक्षमा डा. महेन्द्र विष्ट निर्वाचित हुनुभएको छ । तीन वर्षीय कार्यकालको डा. विष्टको कार्य समितिले करिब डेढ वर्षको समयावधि पार गरिसकेको छ । बैठक र कार्यक्रमहरु नियमित गैरहेका छन् ।

पत्रकारहरु फुटको कारणः
पत्रकारहरु प्रायः अवसरवादी हुन्छन् भन्ने आरोप नागरिक बृत्तबाट लाग्ने गर्दछ । शुरुवातीकालका पत्रकारहरुबीच पनि अवसरकै लागि मनमुताव हुने गरेको देखियो । संघ भित्रका पत्रकारहरुबीच मुख्य फुटको कारण मध्ये एउटा कारण नेपाली पत्रकारहरुलाई त्यतिबेला रुसको भ्रमणको निमन्त्रणा आएको थियो । भ्रमणमा को–को जानेबारे पत्रकारहरुबीच निकै तँछाडमछाड र होड चल्यो । हिजोकै अवस्थामा अहिले पनि पत्रकारहरु अवसरका लागि विभाजित् हुनेगरेका छन् । विदेश भ्रमणको निम्तो अहिलेको महासंघलाई पनि आउने गरेको छ । त्यसमा पनि पदाधिकारी र सदस्यबीच, जिल्लाका पत्रकारहरुबीचमा होड चल्नेगरेको छ । सोहीकारण अहिले महासंघले एक पदाधिकारीसँग एक केन्द्रीय सदस्य भ्रमणमा जाने व्यवस्था मिलाएको बताउँदै आएको छ । व्यवहारमा कति लागू छ त्यो कुरा पदाधिकारीहरुलाई थाहा होला । सकेसम्म जिल्लाका पत्रकारलाई समेत भ्रमणको अवसर दिने शुरुवात महासंघले गरेको छ । अवसर लिने र दिनेमा नै पत्रकारहरु मुख्यतः विभाजित हुनेगरेको हिजोको घटना र आजको वर्तमानले पुष्टि गरिरहेकै छ ।

संघ भित्रका पत्रकारहरुबीच मुख्य फुटको कारण मध्ये एउटा कारण नेपाली पत्रकारहरुलाई त्यतिबेला रुसको भ्रमणको निमन्त्रणा आएको थियो । भ्रमणमा को–को जानेबारे पत्रकारहरुबीच निकै तँछाडमछाड र होड चल्यो ।

संस्थापकमाथि विभेदः
महासंघको भवनका कोठामा तत्कालिन नेपाल पत्रकार संघ र हालका महासंघका सभापतिहरुको तस्विरहरु महासंघका अध्यक्षको कार्यकक्षको भित्तामा लहरै सजाएर झुण्ड्याइएका छन् । तर ती तस्विर राख्नेक्रम संघको दोस्रो कार्यकालका सभापति कृष्णप्रसाद भट्टराईबाट शुरु गरिएको छ । जो कि भट्टराई वि.सं. २०१२ चैत १६ गते भएको संघको पुनर्गठनबाट सभापतिमा चयन भएका थिए । संघको संस्थापक सभापति त सत्यनारायणबहादुर श्रेष्ठ (संपादक, नेपाल टुडे) थिए । वि.सं. २००८ जेठमा संस्थापक समिति गठन भएको थियो । प्रथम सभापति श्रेष्ठको तस्विर फेला नपरेर हो कि उनीमाथि विभेद गरेर हो बुझ्न सकिएको छैन । यसबारे महासंघले सही निर्णय गर्न सक्नुपर्छ । पहिलेको संघ र हालको महासंघको इतिहास २००८ बाट शुरुहुन्छ । त्यसैले तस्विर राख्नेक्रम पनि संस्थापक सभापति श्रेष्ठबाटै शुरु गरिनुपर्छ । त्यसो नगरिए संस्थापक कमिटीमाथि ठूलो विभेद, अन्याय र इतिहास मार्ने काम हुनजान्छ । तर वर्तमान कार्य समितिको नेतृत्व समेत यस विषयलाई बुझपचाएर बसेको छ ।

निस्कर्षः
संस्थापक पत्रकारमाथि ठूलो अन्याय भएको विषय यो पंक्तिकारले महासंघको केन्द्रीय बैठकमा शुरुवाती कालदेखि उठाउँदै आएको छ । तर अहिलेसम्म सो विषयमा पदाधिकारी तहबाट सुनुवाई भएको छैन । यहाँसम्म कि हिजोका दिनदेखि मान्दैआएको तथ्यलाई आज बंग्याउँदा समस्या आउने बुझाई नेतृत्व तहको छ । तर हामी तथ्यलाई बंग्याएर गलतलाई सही भनेर आमपत्रकारलाई पनि दिग्भ्रमित गरिरहेका छौं । इतिहास बंग्याउने प्रयास हामी आफैबाट जानीजानी हुनेगरेको छ । यसप्रति विभिन्न समयमा वरिष्ठ पत्रकार तथा लेखकहरुले महासंघको इतिहासबारे खोटल्ने प्रयास गर्नुभएको छ । यस विषयमा महासंघको नेतत्वतह बुझेर पनि बुझपचाइरहेको छ । यसले हामी कस्तो नेतृत्वदायी भूमिका खेलिरहेका छौं । गलतलाई जवर्जस्ती सही भनेर लेखिरहेका छौं । इतिहास बंग्याउने धृष्टता गरिरहेका छौं ।

(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया