किन बस्न सकेन नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक ?

डेढ वर्षमा पनि विभागले पूर्णता पाएनन्, सरकार ठूलो कि पार्टी ?


UML1

काठमाडौं, माघ २१ गते । नेकपा (एमाले) को नवौं महाधिवेशन सम्पन्न भएको डेढवर्ष भैसक्दा समेत पार्टी कामलाई प्रभावकारी बनाउनेगरी गठन भएका पार्टीका आन्तरिक विभागहरुले पूर्णता नपाउँदा पार्टीको कामकाज लथालिङ्ग भएको पार्टीका नेताहरुको गुनासो छ ।

पार्टी अन्तर्गत ३२ वटा विभिन्न विभागहरु छन् । एउटा विभागमा बढीमा २५ जनासम्म सदस्य रहने व्यवस्था छ । तर अहिलेसम्म विभाग प्रमुख र उपप्रमुख तोक्नुबाहेक अन्य काम भएको छैन । विभागले पूर्णता नपाउँदा करिब हजार जति नेता तथा कार्यकर्ताहरु जिम्मेवारीबाट बञ्चित छन् । नेता कार्यकर्ताले जिम्मेवारी नपाउँदा पार्टीको काम प्रभावकारी हुन नसकेको नेताहरुको बुझाई छ ।

पार्टीका एक नेताकाअनुसार गत वैशाख १२ र २९ गते गएको भूकम्पपछि केन्द्रीय कमिटीको गत जेठमा एउटा मात्र बैठक बस्यो, सो पछि बैठक बस्न सकेको छैन । ‘नौ महिना भइसक्यो, पार्टीको केन्द्रीय कमिटी बैठक बस्न सकेन’ ती नेताले भन्नुभयो ।

पार्टीको विभागले पूर्णता पाउने मात्र होइन, पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटव्यूरो, सचिवलय लगायतको बैठक समेत लामो समयदेखि बस्न नसकेको नेताहरुको गुनासो छ । पार्टीका एक नेताकाअनुसार गत वैशाख १२ र २९ गते गएको भूकम्पपछि केन्द्रीय कमिटीको गत जेठमा एउटा मात्र बैठक बस्यो, सो पछि बैठक बस्न सकेको छैन । ‘नौ महिना भइसक्यो, पार्टीको केन्द्रीय कमिटी बैठक बस्न सकेन’ ती नेताले भन्नुभयो ।

पार्टीको विधानको दफा ४१ अनुसार हरेक पन्ध्र–पन्ध्र दिनमा केन्द्रीय सचिवालय र स्थायी कमिटीको बैठक बस्नुपर्ने हुन्छ । हरेक तीन महिनामा केन्द्रीय विभागको बैठक बस्ने प्रावधान छ । त्यस्तै, हरेक ६ महिनामा एकचोटी केन्द्रीय कमिटी बैठक, तीन महिनामा पोलिटव्यूरो बैठक, अञ्चल समन्वय कमिटी र विशेष समन्वय कमिटीको बैठक हरेक तीन महिनामा बस्ने व्यवस्था गरिएको छ । तर लामो समय भैसक्दासमेत पार्टीको कुनै बैठक विधानमा भएको व्यवस्थाअनुसार बसेको छैन ।

पार्टीको विधानको दफा ४१ अनुसार हरेक पन्ध्र–पन्ध्र दिनमा केन्द्रीय सचिवालय र स्थायी कमिटीको बैठक बस्नुपर्ने हुन्छ । हरेक तीन महिनामा केन्द्रीय विभागको बैठक बस्ने प्रावधान छ । त्यस्तै, हरेक ६ महिनामा एकचोटी केन्द्रीय कमिटी बैठक, तीन महिनामा पोलिटव्यूरो बैठक, अञ्चल समन्वय कमिटी र विशेष समन्वय कमिटीको बैठक हरेक तीन महिनामा बस्ने व्यवस्था गरिएको छ ।

पार्टीको विभागहरुमा प्रचार विभाग, स्कूल विभाग, संगठन विभाग, सामाजिक सेवा विभाग, न्याय तथा कानून विभाग, सहरी विकास विभाग, संस्कृति विभाग, संघीय मामिला विभाग, निर्वाचन विभाग, आर्थिक विभाग, उद्योग तथा बाणिज्य विभाग, अर्थ तथा योजना विभाग, संसदीय विभाग, पुस्तकालय तथा अभिलेख विभाग छन् ।

त्यस्तै, अन्य विभागमा जलश्रोत तथा उर्जा विभाग, वन तथा वातावरण विभाग, विज्ञान तथा प्रविधि विभाग, कृषि तथा भूमिसुधार विभाग, शिक्षा तथा मानवस्रोत विभाग, राष्ट्रिय सुरक्षा, सामान्य प्रशासन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था लगायत छन् । ती कुनै विभागले पूर्णता पाएका छैनन् ।

लामो समयसम्म पार्टीको बैठक बस्न नसक्दा पार्टीको आन्तरिक समस्या, देशको विद्यमान समस्या तथा सरकारले गर्नुपर्ने कामको विषयमा समेत समिक्षा र ठोस निर्णय हुन नसकेको नेताहरुको तर्क छ । विशेषगरी माधव नेपाल पक्षका नेताहरुको पार्टीको आन्तरिक समस्यामा नेतृत्वले ध्यान नदिएको आरोप छ । सरकारको नेतृत्व पार्टीले गरेपनि पार्टीभित्र आन्तरिक छलफल हुन नसक्दा सरकार सञ्चालनमा समेत कठिनाई परेको बुझाई सो पक्षका नेताहरुको छ ।

“भूकम्पपछि राहत र उदार, त्यसपछि पुनस्र्थापना, सरकार गठन, राष्ट्रपति, सभामुखको निर्वाचन, पछिल्लो समय नाकाबन्दीको समस्याले बैठकका लागि अनुकुलता मिलेन” सचिव ज्ञवालीले भन्नुभयो ।

पार्टी सचिव तथा केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवलीले पार्टीको आन्तरिक समस्याभन्दा देशको समस्या बढी प्राथमिकतामा परेकाले बैठक नियमित हुन नसकेको तर्क गर्नुभयो । “भूकम्पपछि राहत र उदार, त्यसपछि पुनस्र्थापना, सरकार गठन, राष्ट्रपति, सभामुखको निर्वाचन, पछिल्लो समय नाकाबन्दीको समस्याले बैठकका लागि अनुकुलता मिलेन” सचिव ज्ञवालीले भन्नुभयो ।

विभागको पूर्णताका लागि केन्द्रीय सचिवालयले आन्तरिक तयारी गरिरहेकाले केही दिनमै विभागले पूर्णता पाउने उहाँले प्रष्ट गर्नुभयो । “सक्षम नेता कार्यकर्ताहरु नछुटुन् भन्ने हिसावले युद्धस्तरमा गृहकार्य गरिहेका छौं केही ढिलाई भयो भनेर नेताहरु आत्तिनु पर्दैन” उहाँले विश्वास दिलाउनुभयो । “नेताहरु घाम तापेर बसेका छैनन, देश र राष्ट्रको काम पार्टीको कामभन्दा महत्वपूर्ण छ” उहाँले भन्नुभयो ।

पार्टी प्रचार विभाग प्रमुख तथा केन्द्रीय सचिव योगेश भट्टराईले नेतृत्वको इच्छाशक्तिको अभावमा पार्टीका विभागहरुले पूर्णता नपाएको र बैठकहरु बस्ने नसकेको आरोप लगाउनुभयो । पार्टीको आन्तरिक समस्या समाधान गरेर अगाडि बढ्दा सरकार र देशकै कामले गति पाउँछ

पार्टी प्रचार विभाग प्रमुख तथा केन्द्रीय सचिव योगेश भट्टराईले नेतृत्वको इच्छाशक्तिको अभावमा पार्टीका विभागहरुले पूर्णता नपाएको र बैठकहरु बस्ने नसकेको आरोप लगाउनुभयो । पार्टीको आन्तरिक समस्या समाधान गरेर अगाडि बढ्दा सरकार र देशकै कामले गति पाउँछ, पार्टीको कामलाई कम आँक्न हुँदैन उहाँले भन्नुभयो । पार्टीका कार्यकर्ता र नेताले जिम्मेवारी नपाउँदा देशकै हितमा कामहुन नसकेको उहाँले तर्क गर्नुभयो ।

“पार्टीको संगठनहरु जति चुस्त र प्रभावकारी हुन्छन् सरकारको कामकाज त्यति नै प्रभावकारी हुन्छ, सरकार पनि पार्टीकै नेतृत्वमा छ” भन्नुहुँदै सचिव भट्टराईले भन्नुभयो, “पार्टी नेतृत्वले पार्टीको समस्यालाई प्राथमिकतामै राखेन, सामुहिकता भन्दा एकल नेतृत्वमा रमाउने काम भयो, यसले पार्टी र सरकार दुवै कामलाई प्रभावित गरिरहेको छ ।”

cpn2

“पार्टीको केन्द्रीय कमिटीको बैठक मात्र हैन, विधानअनुसार बस्नुपर्ने स्थायी कमिटी, केन्द्रीय सचिवालय, पोलिटव्यूरो र अञ्चल समन्वय कमिटीको बैठकसमेत बस्न सकेको छैन” प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, “पार्टीको आन्तरिक जीवनले चुस्तता पाएमात्र सरकारको कामकाज पनि प्रभावकारी हुन्छ ।”

“देशको समस्या हेर्ने कि पार्टीको समस्या हेर्ने, दुइटै समस्या गम्भीर छन् तर त्योभन्दा प्राथमिकता राष्ट्रको समस्या समाधानले पायो” श्रेष्ठले भन्नुभयो ।

केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले देशको विद्यमान समस्या, राष्ट्रिय राजनीतिको विचलन, मधेस आन्दोलन, पुनस्र्थापना, नाकाबन्दी तथा सरकार गठनकै कारणले पार्टीको बैठक बस्न नसकेको तर्क गर्नुभयो । “देशको समस्या हेर्ने कि पार्टीको समस्या हेर्ने, दुइटै समस्या गम्भीर छन् तर त्योभन्दा प्राथमिकता राष्ट्रको समस्या समाधानले पायो” श्रेष्ठले भन्नुभयो ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया