कांग्रेस सभापति कोइरालाको सोमबार राती असमायिक निधन

राष्ट्रिय सम्मानसहित अन्तिम दाहसंस्कार गरिने


sushil3

काठमाडौं, माघ २६ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ७६ वर्षको उमेरमा सोमबार राती १२ः५० बजे निधन भएको छ ।

सभापति कोइरालाको महाराजगन्जस्थित निवासमै निमोनियाका कारण निधन भएको कांग्रेसले बताएको छ । संविधानसभाबाट नेपालको संविधान जारी गर्न सफल कोइराला लामो समयदेखि जिब्रो र छातीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

Sushil

कोइरालाको निधनप्रति प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेताहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रधानमन्त्रीसहित शीर्ष नेताहरु महाराजगन्जस्थित उहाँकै निवासमा सोमबार विहान गएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । त्यस्तै विहान ११ बजेदेखि सानेपास्थित पार्टी कार्यालयमा पार्थीव शरीर राखिएपछि उहाँप्रति कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सोहीअनुसार दिउँसो १२ बजेदेखि सर्वसाधारणकालागि श्रद्धाञ्जलि अर्पण गर्न उहाँको पार्थीव शरीरलाई दशरथ रंगशालामा राखिएको थियो ।

उहाँले पछिल्लो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि संयुक्त राज्य अमेरिकामा नियमित स्वास्थ्य परीक्षण गरी फर्कनुभएको थियो । अमेरिकाको न्यूयोर्क्स्थित मेमोरिएल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उनको छाती, जिब्रो र घाँटीको एक्सरेसहित अन्य परीक्षण गरिएको थियो । कोइराला व्यवस्थापिका संसद्बाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वा्चित हुनुभई २०७२ असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री हुनुभएको थियो ।

sushil1

कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा सन् १९३९ मा विराटनगरमा भएको थियो । सुशील अविवाहित हुनुहुन्थ्यो र प्रधानमन्त्री भएपछि सम्पत्ति विवरण मोबाइल मात्रै भएको विवरण दिएर संसारकै गरिब प्रधानमन्त्रीमा चर्चा आउनुभएको  थियो ।

पिता वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुग्नु भएको र त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमै भएको हो ।

उहाँ विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको    थियो । वि. सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उहाँ १६ वर्षसम्म भारतमा प्रवासमा रहँदा उहाँले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गर्नुभएको थियो । नेपाल र भारतमा गरी करिब पाँचवर्ष राजनैतिक बन्दीजीवन बिताउनु भएका कोइरालाले वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नु भएको थियो ।

वि. सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उहाँ १६ वर्षसम्म भारतमा प्रवासमा रहँदा उहाँले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गर्नुभएको थियो ।

उहाँले २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रियरूपमा लाग्नुभएको थियो ।

बीपी कोइरालाको निधनपछि नेता गिरिजाप्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गर्नुभएका कोइरालाले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गर्ने अवसर पाउनुभएको थियो ।

कोइराला पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गर्नुभएको थियो । पार्टीको एघारौँ महाधिवेशनपछि उहाँले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम सरकारी लाभको पदमा नहरनुभएका कोइराला सन्त राजनीतिक नेताका रूपमा पनि परिचित हुनुहुन्थ्यो ।

२०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गर्नुका साथै पार्टी सङ्गठनमा विशेष चासो लिने सुशील तत्कालीन प्रतिनिधिसभा चुनावमा विसं २०४८ र २०५६ बाँके जिल्लाबाट निर्वाचित हुनु भएको थियो ।

उहाँलेले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएको थियो । उहाँले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गर्नुका साथै पार्टी सङ्गठनमा विशेष चासो लिने सुशील तत्कालीन प्रतिनिधिसभा चुनावमा विसं २०४८ र २०५६ बाँके जिल्लाबाट निर्वाचित हुनु भएको थियो ।

सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनीतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिनुभएको थियो । यसैगरी, कोइराला २०५८ सालमा भएको संसदीय दलको नेतामा भएको निर्वाचनमा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउबासँग पराजित हुनुभएको थियो ।

काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति निवर्जाचित कोइरालाले नेता देउवालाई पराजित गर्नुभएको थियो । कोइरालाले एक हजार ६५२ मत उहाँका निकट प्रतिद्वन्द्वी देउवाले एक हजार ३१७ मत पाउनु भएको थियो ।

काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति निवर्जाचित कोइरालाले नेता देउवालाई पराजित गर्नुभएको थियो । कोइरालाले एक हजार ६५२ मत उहाँका निकट प्रतिद्वन्द्वी देउवाले एक हजार ३१७ मत पाउनु भएको थियो ।

पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गर्नुभएको थियो । प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक–पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गर्नु भएको थियो ।

लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा हनु भएका कोेइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवास (भारत) मा बिताउनुभएको थियो ।
२०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बन्नुभएको थियो ।

sushil2

समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा थियो । कोइरालाले आफ्नो नेतृत्वमा पार्टी्भित्र मूल्य मान्यताको संस्कार सुरू गर्ने, सामूहिक निर्णय प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्ने, मूल्यांकन र अनुशासन पद्धति विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर व्यवहारमा त्यसो गर्न नसक्नु भएको गुनासो पार्टी पंक्तिबाट बेला बेलामा आउने गरेको थियो ।

देशविदेशबाट श्रद्धाञ्जलिः
कांग्रेस पार्टी सभापति सुशील कोइरालाको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै देश विदेशबाट उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नेक्रम जारी रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोइराला इमान्दार, सादा जीवनका नेता रहनुभएको भन्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । नेपाल र विश्वले उहाँको जीवन शैलीको पाठ सिक्नुपर्ने उहाँको सन्देश छ ।
त्यस्तै, अन्य मुलुकबाट पनि श्रद्धाञ्जलि आउनेक्रम जारी छ । देश विदेशमा रहने नेपाली जनताले कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरिरहनुभएको छ ।

बुधबार सार्वजनिक विदा
मन्त्रिपरिषदको बैठकले बुधबार एकदिन कोइरालाको निधनमा राष्ट्रिय विदा दिने निर्णय गरेको छ । कोइरालाको अन्त्येष्ठि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै त्यसको सबै व्यवस्था मिलाउन गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै, कोइरालाको सम्मानमा माघ २६ देखि २८ गतेसम्म कुनै सार्वजनिक कार्यक्रम नगर्ने र २८ र २९ गते राष्ट्रिय शोक पुस्तिका राख्ने बैठकले निर्णय गरेको छ । त्यस्तै, २८ गतेसम्म नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया