पार्टीका नेता निष्काशन गरेर उपेन्द्र उडे हङकङ तिर


Upendra

काठमाडौं, फागुन १ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्य रिजवान अन्सारी र राजकुमार यादवलाई पार्टीबाट निस्काशन गरेर शनिबार हङ्कङ उडेका छन् ।

पदीय गरिमा, अनुशासन उल्लंघन गरेको, भन्दै यादवले अन्सारी र यादवलाई निस्काशन गरेको बताएका छन् । पार्टी हित र नीति विरुद्ध सञ्चारमाध्यममा पार्टी विरोधी अभिव्यक्ति दिएकाले निष्काशन ग¥यौं शनिबार पार्टीद्वारा जारी विज्ञप्तीमा बताइएको छ ।

नेपालका प्रथम सहिद भनिएका लखन थापा मगरको १३८ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भागलिन अध्यक्ष यादव हङकङ गएका हुन् । नेपाल आदिबासी जनजाति महासंघ हङकङले आयोजना गरेको कार्यक्रममा यादव प्रमुख अतिथि हुने भएका छन् ।

अध्यक्ष यादवले अन्सारीलाई पाँचवटा आरोप लगाएका छन् । पार्टी विरोधी अभिव्यक्ति दिएको, नवविचार समूह गठन गरी संयोजक बनेको, पार्टी विधान विपरित माग राखेको, पार्टी फुटाउने गुटगत क्रियाकलाप गरेको र लिखित मौखीक स्पष्टीकरण माग्दासमेत नदिएकाले पार्टीबाट हटाइएको प्रष्ट पारेका छन् ।

programme (1)

त्यस्तै, अर्का केन्द्रीय सदस्य राजकुमार यादवलाई छवटा कारण देखाएर पार्टीबाट हटाएको छ । यादवलाई लागेको आरोपमा पार्टी एकीकरण विरुद्ध गएको, पार्टीको निर्णय उल्लंघन गरेको, समानान्तर मोर्चा बनाएको, पार्टी विरोधी कार्यक्रम गरेको, अन्सारी समूहमा संलग्न भएको र पार्टीको छानविन समितिलाई असहयोग गरेको आरोप लगाइएको छ ।

पार्टी महासचिव रणध्वज कन्दङ्वाले शनिबार प्रकाशन गरेको विज्ञप्तीमा दुवै नेतालार्ई पार्टीको साधारण सदस्य नहरनेगरी हटाइएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया