तराईमा दुई प्रदेश हाम्रो बटमलाईनः अध्यक्ष महतो


rajendra mahato

काठमाडौ, फागुन १ गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको माग सम्बोधन नभए आउने वैशाखदेखि घनघोर आन्दोलन शुरुगर्ने चेतावनी दिनुभएको छ ।

शनिवार आयोजना गरेको एक साक्षात्कारमा महतोले त्यस्तो बताउँदै तराईमा दुई प्रदेश मोर्चाको बटमलाईन भएको प्रष्ट पार्नुभयो । महतोले जे विषय अहिले समाधान गर्न सकिन्छ त्यो अहिले नै समाधान गर्ने र नसकिने विषयलाई भोली गर्न सकिने बताउनुभयो ।

राजनीतिक संयन्त्रको कार्यविधि बन्नेक्रममा छ, मधेसको मागलाई सम्बोधन गर्नेगरी बन्नुपर्छ अन्यथा त्यो संयन्त्र नभएर षडयन्त्र मात्र सावित हुनेछ महतोले भन्नुभयो । “कार्यविधिमा लेख्दैमा आउने नआउने हुँदैन, जे गरेपनि हामीलाई दुई प्रदेश चाहिएको छ” महतोले प्रष्ट पार्नुभयो ।

“यो महत्वपूर्ण समयको सदुपयोग गर्न सरकार र दल सबै तयार हुनुपर्छ अन्यथा बैशाखमा घनघोर आन्दोलन शुरु हुन्छ ।”

मधेस आन्दोलन जारी रहेको र अहिले केवल स्वरुप मात्रै परिवर्तन भएको अध्यक्ष महतोले भन्नुभयो, “यो महत्वपूर्ण समयको सदुपयोग गर्न सरकार र दल सबै तयार हुनुपर्छ अन्यथा बैशाखमा घनघोर आन्दोलन शुरु हुन्छ ।”

सरकार र प्रमुख तीन दलले संवेदनशील बने समाधान टाठा नरहेको महतोले बताउनुभयो । जनताको भावनाअनुसार आन्दोलनको स्वरुप परिवर्तन भएपनि मधेसमा जारी शान्तिपूर्ण अन्दोलन लक्ष्य प्राप्ती नहुन्जेलसम्म जारी रहने महतोको भनाई छ । “अर्को आन्दोलनका लागि हामी अहिले शक्ति सञ्चय गरिरहेका छौं” महतोले भन्नुभयो ।

महतोले बीरगञ्ज नाकामात्रै बन्द गरेर सरकारलाई दवाव नपरेकोले त्यसलाई निरन्तरता दिईरहनु आवश्यक नभएकाले त्यसलाई खुला गरिएको बताउनुभयो । मधेसी मोर्चाले आफूलाई कारवाही गरेको कुरा मिडियाबाजी मात्रै भएको महतोले दावी गर्नुभयो । “कुन नेताले के भने मलाई थाहाँ छैन, मिडियामा कारवाही भएको हो, मोर्चाले कारवाही गरेको छैन” महतोले दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया