अनेरास्ववियुको मतदान मंगलबार ११ बजेदेखि


Akhil

काठमाडौं, फागुन ३ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को मंगलबार विहान ११ बजेदेखि प्रज्ञा भवनमा मतदान हुने भएको छ ।

निर्वाचन मण्डलका संयोजक तथा एमाले मोर्चाफाँट प्रमुख गोकर्ण विष्टकाअनुसार प्रतिनिधि छनौटको सबै विवाद टुंगिएर अन्तिम नामावलीसहित निर्वाचन प्रक्रियाको टुंगो लागेपछि मतदान हुने वातावरण बनेको हो । यसअघि आइतबारसम्म मतदान हुने बताइएको भएपनि प्रतिनिधिको टुंगो लगाउन ढिलाई भएपछि दुईदिन ढिलो गरी मतदान हुने भएको छ ।

माउपार्टी नेकपा (एमाले) को मिनी महाधिवेशनकोरुपमा हेरिएको अनेरास्ववियुको महाधिवेशनका लागि एकहजार पाँचसय ४२ प्रतिनिधिको टुंगो लागेको अध्यक्ष मण्डलले जानकारी गराएको छ ।

माउपार्टी नेकपा (एमाले) को मिनी महाधिवेशनकोरुपमा हेरिएको अनेरास्ववियुको महाधिवेशनका लागि एकहजार पाँचसय ४२ प्रतिनिधिको टुंगो लागेको अध्यक्ष मण्डलले जानकारी गराएको छ । यसअघि एकहजार छसय प्रतिनिधि हुने अनुमान आयोजकले गरेको थियो । लामो समयको प्रयासपछि प्रतिनिधि छनौटको अन्तिम टुंगो सोमबार लागेपछि दावीविरोध प्रक्रियापछि अन्तिम नामावली प्रकाशन गरिएको छ ।

माघ २७ देखि २९ गतेसम्म हुने भनिएको महाधिशेनको उद्घाटनसत्र पूर्व प्रधानमन्त्री सुशील कोइरालाको धिनकाकारण एकदिन ढिलोगरी २८ गते मात्र उद्घाटनसत्र भएको थियो । फागुन १ गतेसम्म सुचारु हुने भनिएको निर्वाचनको परिणाम फागुन ५ गते बुधबार साँझसम्म आउने संयोजक विष्टले जानकारी दिनुभयो ।

‘मंगलबार मतदान भएपछि बुधबार विहानदेखि मतगणना शुरु गरेर साँझसम्म परिणाम आइसक्छ’ संयोजक विष्टले भन्नुभयो । उहाँकाअनुसार निर्वाचन प्रक्रिया सोमबारदेखि शुरु भइसकेको छ ।

‘मंगलबार मतदान भएपछि बुधबार विहानदेखि मतगणना शुरु गरेर साँझसम्म परिणाम आइसक्छ’ संयोजक विष्टले भन्नुभयो । उहाँकाअनुसार निर्वाचन प्रक्रिया सोमबारदेखि शुरु भइसकेको छ । निर्वाचनको सबै प्रक्रिया सोमबार नै पूरा भएकाले मंगलबार मतदानको कार्यक्रम मात्र हुने उहाँले जानकारी दिनुभयो ।

अध्यक्षका प्रत्यासी दीपक गौतमले प्रतिनिधि छनौटबारे अन्तिम टुंगो लागेपछि निर्वाचन प्रक्रिया शुरुभएको बताउनुभयो । मंगलबार स्वस्थ ढंगले मतदान हुने गौतमले बताउनुभयो । त्यसकालागि सबै उम्मेदवारको अन्तिम टुंगो पनि सोमबार रातीसम्म लागिसक्ने उहाँले बताउनुभयो ।

अनेरास्ववियुको नेतृत्वका लागि संस्थापनपक्ष अध्यक्ष केपी शर्मा ओलीपक्षबाट नविना लामा र नेता माधवकुमार नेपालपक्षबाट दीपक गौतमको उम्मेदवारी पर्ने करिब निश्चित भइसकेको छ । दुवै पक्षका उम्मेदवारले आन्तरिक प्रचारप्रसारमा व्यस्त रहनुभएको छ ।

कुल एकसय ४१ सदस्यीय कमिटीका लागि दुवै पक्षकाले समावेशीताको आधारमा उम्मेदवारको टुंगो लगाउने अन्तिम चरणमा रहेको महाधिवेशन प्रचार प्रसार कमिटीका संयोजक ऐन महरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया