पूर्व सांसद चौधरीको निधनमा शोक प्रस्ताव पारित


CA

काठमाडौं, फागुन ४ गते । व्यवस्थापिका संसदको बैठकले पूर्व सांसद सोहनप्रसाद चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको संसद बैठकमा पूर्व सांसद चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०४८ र २०५६ सालको प्रतिनिधि सभामा बारा क्षेत्र नम्बर २ बटा निर्वाचित नेकपा एमालेका तर्फबाट निर्वााचित चौधरीको ६९ वर्षको उमेरमा गत माघ २६ गते निधन भएको थियो ।

ललितपुरस्थित सुमेरु अस्पतालमा मृगौला रोगको उपचारको क्रममा चौधरीको निधन भएको थियो । सभामुख ओनसरी घर्तीले राख्नुभएको शोक प्रस्तावलाई संसद बैठकले पारित गरेको थियो । संसद बैठकमा चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया