मधेसी मोर्चाले भन्यो, ‘सरकारी राजनीतिक संयन्त्र षडयन्त्र हो’


Morcha today

काठमाडौं, फागुन ७ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको तर्फबाट गठन भएको राजनीतिक संयन्त्रलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

एकतर्फी गठन भएको संयन्त्रले मधेसको माग सम्बोधन गर्न नसक्ने भन्दै संयन्त्र अस्वीकार गर्ने निर्णय भएको सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताउनुभयो । मोर्चाको तर्फबाट सातवटा राजनीतिक दलका नेताले शुक्रबार संयुक्त हस्ताक्षर सहितको विज्ञप्ती प्रकाशित गरी संयन्त्रलाई अस्वीकार गरेको हो ।

मोर्चाको तर्फबाट सातवटा राजनीतिक दलका नेताले शुक्रबार संयुक्त हस्ताक्षर सहितको विज्ञप्ती प्रकाशित गरी संयन्त्रलाई अस्वीकार गरेको हो ।

संघीय समाजवादी फोरम नेपालका डा. मंगलसिद्धि मानन्धर, तमलोपाका सुरेन्द्र तिवारी, सद्भावनाका लक्ष्मणलाल कर्ण, तमसपाका रामनरेश राय यादव, रामसपाका केशव झा, नेसपाका सब्बिर खान, फोरम गणतान्त्रिकका परमेश साहले संयुक्तरुपमा विज्ञप्ती प्रकाशित गर्दै मधेसको माग पूरा गर्नुभन्दा प्रधानमन्त्रीले विदेश भ्रमणलाई उपलब्धीपूर्ण देखाउने मनसायले संयन्त्र गठन गरेको आरोप लगाएको छ ।

समस्या समाधानका लागि निरन्तर वार्ता र संवाद जारी रहेकै बेला संसदमा संख्याको दम्भर र अहंकार देखाउँदै अपुरो संविधान जारी गरी आन्दोलन दबाउन संविधान संशोधनको दुस्प्रयास भएको आरोप मोर्चाले लगाएको छ । मधेसी, थारु, आदिबासी जनजाति, उपेक्षित वर्गको सरोकार र सहमति बेगर गरिएको संविधान संशोधनले माग सम्बोधन नगरेको भनाई मोर्चाका नेताहरुको छ ।

4

तपाईको प्रतिक्रिया