छ दिनकालागि गच्छदार देशको कार्यबाहक प्रधानमन्त्री


DSC06963

काठमाडौं, फागुन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने राजकीय भ्रमणका लागि शुक्रबार मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएपछि प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदार कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विज्ञप्ती प्रकाशित गर्नुहुँदै उपप्रधानमन्त्री गच्छदारलाई प्रधानमन्त्रीको अनुपस्थितिमा जिम्मेवारी सम्हाल्नेगरी तोक्नुभएको हो । “प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री गच्छदारले सम्हाल्नेगरी राष्ट्रपतिले तोक्नुभएको छ” राष्ट्रपति कार्यालयका सहकायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

20721107 Pradhan Mantri Karyabhar

तपाईको प्रतिक्रिया