दुई प्रधानमन्त्रीले गरे सातबुँदे सम्झौतापत्रमा हस्ताक्षर

सन् २०१७ सम्ममा छसय मेगावाट विजुली भारतले उपलब्ध गराउने


Nepal-India-Agriment

नयाँदिल्ली, फागुन ८ गते । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात बुँदे समझदारी भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच शनिबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्यहरुको अनुसार सम्झौतामा २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ । यो भूकम्पपछि भारतले दिने घोषणा गरेको एक हजार करोड डलरको करिब एक चौथाइ हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गर्नुभएको एक हजार करोड खर्चबारे भने सहमति भएन ।

सम्झौताको अर्को बुँदा मुजप्फरपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने उल्लेख छ । सम्झौता अनुसार यो सन् २०१६ अक्टोबर सम्ममा २०० र डिसेम्बर २०१७ सम्ममा ६०० मेगावाट आयात हुनेछ ।

सम्झौतापत्रमा तराई क्षेत्रको सडक निर्माणलाई सुदृढ बनाउने पनि सम्झौता भएको छ । विशेषगरी हुलाकी सडक निर्माणमा मुख्य चासो भएपनि हुलाकी सडक नै भनेर सम्झौतामा उल्लेख गरिएको छैन । सम्झौतामा भारत, नेपाल र बंगलादेशबीच रेल सेवा विस्तारको विषय पनि समेटिएको छ ।

हेर्नुहोस् सम्झौतापत्र विस्तृतमा

Nepal-India-Agriment-list-1

तपाईको प्रतिक्रिया