सुशील कोइरालाले बच्चाको जस्तो अडान लिनुभयोः प्रचण्ड


Prachnd

काठमाडौं, फागुन ९ गते । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘बहुलबाद’ शब्दलाई लिएर कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाले बच्चाको जस्तो अडान लिएको बताउनुभएको छ ।

कोइरालाको १३ औं पुण्यतिथिमा आइतबार आयोजित श्रद्धाञ्जलि सभामा दाहालले त्यस्तो बताउनुभयो । संविधान सभाबाट दाहालले संघीय संविधान ल्याउन जेठ २५ मा चार दल (कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक) बीच १६ बुँदे सम्झौतामा कोइरालाले ‘बहुलबाद’ शब्द राख्नु पर्ने अडान लिएको बताउनुभयो ।

‘राति १२ बज्न लागिसकेको थियो । कांग्रेस अन्य साथीहरुसहित एमालेका केपी ओलीजी, माधव नेपालजी सबैले बहुलबाद शब्द हटाउँदा फरक पर्दैन भन्नुभयो तर सुशीलजीले बच्चाले जस्तै अडान लिनुभयो ।

दाहालले १२ बुँदे शान्ति सम्झौतादेखि आफू आउँदा सुरुआतमा सुशीलले आफूलाई मन नपराउने गरेको बताउनुभयो । दाहालले सुशीलले ‘कांग्रेसले माओवादीलाई सबै दियो, अब टाउको दिनमात्र बाँकी छ’ भनेर आचोलना गरेको बताउनुभयो । कोइरालाले संविधान बनाउन ऐतिहासिक भूमिका खेल्नुभयो, त्यो इतिहासमा हाम्रो पनि इतिहास जोडिएको छ’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया