कहाँ छ थारु समुदायको आन्दोलन, कहाँ हराए नेतृत्वकर्ता ?


Pahalmanpur1

आन्दोलन विश्लेषण

काठमाडौं, फागुन ११ गते । नयाँ संविधानमा थारुको माग सम्बोधन गर्नेगरी शुरुभएको थारु आन्दोलनलाई अहिले दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । टीकापुर घट्नाले एकाएक शक्तिशाली देखिएको थारु आन्दोलन र थारु एकता पानीको फोकासरी फुट्दै गयो । आन्दोलनका नेतृत्वकर्ता तितिरबितर भए । आन्दोलन मृततुल्य भएको छ ।

थारु आन्दोलन उठ्नुको कारण र औचित्य पुष्टि हुन नसक्नु आफैमा दुःखद पक्ष हो । साउन २८ को टीकापुरको आमसभाबाटै पछिल्लो थारु आन्दोलनको संखघोष भएको थारु आन्दोलन जेनतेन माघ मसान्तसम्म चल्यो । भेला, आमसभा भए । थारु युवादस्ता प्रदर्शन गरिए । तर त्यसको औचित्य पुष्टि हुन सकेन । यसो भनिरहँदा आन्दोलनको औचित्य तत्काल पुष्टि नहुन पनि सक्ला । भविष्यमा विस्तारै देखिंदै जाने हुनसक्छ भन्ने अड्काल पनि काट्न सकिएला । ‘बेग बिनाको बाढी देखिने त हुन्छ तर बगाउँदैन’ भनेझै थारु आन्दोलन आँधीझै आयो । धीमा बाढीहुँदै खोलासरी सुक्यो ।

TKS5

थरुहट संघर्ष देखिनेगरी चर्केपछि सरकारले वार्ताको आव्हान ग¥यो । एक हैन, तीन पटक वार्ताको सरकारी चिठी संघर्ष समितिलाई थमायो । तत्कालिन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले भदौ २९ गते तेस्रो पटक वार्ताको चिठी दिएको थियो । सरकारी चिठी प्राप्त भएपछि सरकारसँग वार्ता गर्न धनीराम चौधरीको संयोजकत्वमा नौ सदस्यीय वार्ता टोली गठन भयो । वार्ता टोलीबीच चिया गफमा सामान्य परिचयसम्म भयो । सातबुँदे मागपत्र राख्ने काम भयो । तर एजेण्डामा छलफलले प्रवेशै गरेन ।

असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले थारु आन्दोलनलाई गन्दै गनेन । मधेसको आन्दोलनलाई त टेरपुच्छर नलगाएको सरकारले थारु आन्दोलनलाई झन के मान्थ्यो ? आन्दोलनकारी आन्दोलन गर्दैगए सरकारले वेवास्ता गर्दैगयो । हुँदाहुँदा आन्दोलनकारी थकित भए । आन्दोलन पनि गुमसुम भयो । सरकारले केही गर्नै परेन । आन्दोलनलाई थकाएर सरकारले शिथिल पारिदियो ।

टीकापुर घटनापछि वार्ता टोलीका संयोजक धनीराम चौधरीलाई अर्धभूमिगत हुनुप¥यो । घटनामा संलग्नलाई सरकारले धमाधम पक्राउ गरी थुनामा कोच्न थालेपछि आन्दोलनकारीको भागाभाग भयो । नेताको नाममा पक्राउ वारेन्ट जारी भएपछि त झन थारु नेता त्रसित भए । बैठक, छलफल र संवाद समेत हुन सकेन । संघर्ष समिति कहाँ छ ? अहिले कसैलाई थाहा छैन । सिंहदरवारस्थित फोरम (लोकतान्त्रिक) को संसदीयदलको कार्यालयमा छलफल हुनेगथ्र्यौ तर अहिले त्यहाँ कसैलाई भेट्न सकिदैन ।

2

टीकापुर घट्नाका मुख्य दोसी मानिएका रेशमलाल चौधरीलाई फरार हुनुप¥यो । लक्ष्मण थारु लगायतका बाइस पच्चीसजना थारु नेता कार्यकर्ता पक्राउमा परी अहिले जेलमा छन् । दुई तीन चरणमा नेता र सरकारसँग संघर्ष समितिले छलफल गरेर पक्राउ गरेकालाई तत्काल रिहा गर्न माग ग¥यो । झुठा मुद्दा फिर्ता गर्न भन्यो । सरकारले ‘हुन्छ’ भन्यो कार्यान्वयन गरेन । आन्दोलनरत एक घटक फोरम (लोकतान्त्रिक) सरकारमा गयो । पक्राउ परेकालाई दुई महिनाभित्र छुटाउछुँ भन्यो । छुटाउन नसके सरकारबाट राजीनामा दिने प्रतिवद्धता   ग¥यो । सरकारी सुविधा भोगचलन गर्न थालेपछि पक्राउ परेका नेता कार्यकर्ता सबैलाई भुल्यो ।

आन्दोलनरत एक घटक फोरम (लोकतान्त्रिक) सरकारमा    गयो । पक्राउ परेकालाई दुई महिनाभित्र छुटाउछुँ भन्यो । छुटाउन नसके सरकारबाट राजीनामा दिने प्रतिवद्धता   ग¥यो । सरकारी सुविधा भोगचलन गर्न थालेपछि पक्राउ परेका नेता कार्यकर्ता सबैलाई भुल्यो ।

थारु आन्दोलनलाई तताउने गरी कैलाली, कञ्चनपुर, वर्दिया लगायतका ठाउँमा युवा दस्ता बनाइए । अमेरिकामा कार्यरत दाङ्का महाबीर चौधरीको सक्रियतामा युवा स्वयम्सेवक दस्ता तयार भयो । दाङ, वर्दिया र कैलाली, कञ्चनपुरमा युवादस्ताले शक्ति प्रदर्शन ग¥यो । तर त्यो शक्तिले अहिले के गर्दैछ थाहा छैन । स्वयम्सेवक दस्ताका केन्द्रीय संयोजक चौधरी अमेरिका हानिए । युवाको बलमा थारु नेताहरुले ठाउँ ठाउँमा भाषण गरे । सरकारलाई घुँडा टेकाउने चेतावनी दिए । तर तिनका चेतावनी र धम्की सरकारको कानसम्म पुग्न सकेन । प्रभाव पर्नु त कहाँ हो कहाँ ? यसरी चल्दैछ थारु आन्दोलन ।

संघर्ष समितिका केन्द्रीय अध्यक्ष तथा थारु कल्याणकारिणीसभाका अध्यक्ष धनीराम चौधरीलाई आन्दोलनबारे सोध्दा आफ्नै विजोग भएको सुनाउनुभयो । हरेक दिन मोबाइल फोन परिवर्तन गर्ने र बस्ने डेरा सर्ने थारु अगुवाको त यो हालत छ भने आन्दोलनकारीको के हालत होला ? कुरा हुन पाएको थिएन, “तपाईले मेरो नम्बर कसरी थाहा पाउनु भयो ? अरुलाई जानकारी नदिनुस् है” हड्बडाउँदै अध्यक्ष चौधरीले छोटो गफ गरेर फोन राख्नुभयो । अर्को दिन त्यही नम्बरमा फोन गर्दा स्वीच अफ !

हरेक दिन मोबाइल फोन परिवर्तन गर्ने र बस्ने डेरा सर्ने थारु अगुवाको त यो हालत छ भने आन्दोलनकारीको के हालत होला ? कुरा हुन पाएको थिएन, “तपाईले मेरो नम्बर कसरी थाहा पाउनु भयो ? अरुलाई जानकारी नदिनुस् है” हड्बडाउँदै अध्यक्ष चौधरीले छोटो गफ गरेर फोन राख्नुभयो । अर्को दिन त्यही नम्बरमा फोन गर्दा स्वीच अफ !

संघर्ष समितिका प्रवक्ता अमनलाल मोदीलाई थारु आन्दोलनबारे जिज्ञासा राख्दा केही थाहा नभएको बताउनुभयो । थारु मुक्तीमोर्चाको तर्फबाट देशव्यापी संघर्ष र दवावको कार्यक्रम गर्ने पार्टीको नीति उहाँले सुनाउनुभयो । तर त्यसको के अर्थ छ र ? संघर्ष समितिको कुरा गर्नै मान्नु भएन । अर्का नेता राजकुमार लेखीतिर फोन घुमाएँ । थाकसको भेला र प्रशिक्षण कार्यक्रममै आफू व्यस्त रहेको सुनाउनुभयो । थारु अभियान सेलाएको छैन, देशव्यापी आन्तरिक प्रशिक्षण र भेला जारी रहेको उहाँको दावी छ ।

सामाजिक सञ्जालमा थारु बहसकालागि ग्रुप च्याट छ । त्यसमा युवाले आन्दोलनका ठूला कुरा गर्छन् । वादविवाद र तर्क वितर्क गर्छन् । आइडिया शेयर गर्छन् । त्यसले आन्तरिकरुपमा आन्दोलनको चेतना जागृत त गरेको होला । तर कार्यान्वयनमा छैन । सामाजिक सञ्जालमा चर्का कुरा गरेर आन्दोलन उठिहाल्ने पनि होइन । त्यसैको भरमा सरकारले माग सुनुवाई गरिहाल्ने पनि होइन । ग्रुप च्याटको कुरा हेर्दा आजभोलि नै थारु नेता जन्मिहाल्छन् । आजभोलिमै थारुको आन्दोलन सफल हुन्छ र थारुको नेतृत्वमै सरकार बन्ला जस्तो महुशस हुन्छ । तर त्यो एकछिनको कल्पना बाहेक केही पनि होइन ।

mahla vela4

थारु आन्दोलन उठानका लागि ‘एक थारु एकसय रुपिया’ संकलन अभियान शुरुभएको थियो । आन्दोलन गर्न आर्थिकरुपले सबल हुनैपर्छ । यो कुरा आन्दोलनकारी सबैलाई थाहा छ । तर त्यो अभियान कहाँ छ ? कति रुपिया संकलन ग¥यो ? त्यसको जिम्मा क–कसले लिएको छ । अभियानमा संलग्नलाई थाहा होला । इच्छाशक्ति भए एकसय रुपिया संकलन गर्न कुनै ठूलो काम होइन । तर त्यही सानो कामपनि हामी गर्न सक्दैनौं । एउटाले काम गर्न थाल्यो कि अर्कोले विरोध गरिहाल्ने प्रबृत्ति हामीमै छ । त्यही प्रबृत्तिले आन्दोलन तुहाउने ठूलो भूमिका खेल्छ । खेलिरहेको छ ।

सत्रलाख सैंतिसहजार चारसय सत्तरी थारु जनसंख्या छ । सबै एकत्था भएर लाग्दा हिमाल त ढलाउन सकिन्छ । राज्यसत्ता र पार्टीका नेता ढलाउन के गाह्रो ! नेताकै भाषणले भन्छ ।

नेताहरु भन्छन् थारु एकता आजको अनिवार्यता हो । यो कुरा सबैलाई थाहा छ । कुरा गर्न सहज छ तर त्यसैलाई कार्यान्वयन गर्न गाह्रो छ । सुन्दा बडो सजिलो लाग्छ । तर आफैले व्यवहारमा उतार्दा सकस हुनथाल्छ । सत्रलाख सैंतिसहजार चारसय सत्तरी थारु जनसंख्या छ । सबै एकत्था भएर लाग्दा हिमाल त ढलाउन सकिन्छ । राज्यसत्ता र पार्टीका नेता ढलाउन के गाह्रो ! नेताकै भाषणले भन्छ । तर त्यसको लक्ष्य के हो ? उद्देश्य के हो ? यसबाट प्राप्ती के हुन्छ ? यसको निक्र्यौलविना थारु एकता, आन्दोलनको सफलता असम्भवप्रायः छ ।

थारु आन्दोलन र थारुको हकमा सबै थारु मनोवैज्ञानिकरुपले सचेत छन् । चाहे कांग्रेस, एमाले र एमाओवादीका थारु किन नहुन् । ठूला दलमा रहने थारु कोही सन्तुष्ट छैनन् तर के गर्ने त ? कसैसँग योजना छैन । थारु आन्दोलनतिर जाउँ, भएको पनि गुम्ने पो होकि ? नजाउँ सधैं अरुको पुच्छर । किंकतव्यविमुधमा छन् थारु । यो गतिले त कहीं पुगिदैन भन्नुहुन्छ थारु विद्यार्थी समाजका महासचिव चन्द्रप्रसाद चौधरी ।

तपाईको प्रतिक्रिया