कार्यबाहक प्रधानमन्त्री गच्छदारले छ दिनमा के के गर्नुभयो ?


DSC06963

काठमाडौं, फागुन १२ गते । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने भारतको भ्रमणमा जानुभएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तीन दिन उपत्यका बाहिर र तीन दिन उपत्यकामा रहेर काम गर्नुभयो ।

कार्यबाहक जिम्मेवारीमा रहँदा शुरुको तीनदिन फागुन ७ देखि ९ गते सम्म उहाँले नियमित गर्ने मन्त्रालयको काम, बैठक, अनुगमनमा व्यस्त रहनुभयो । सात गते प्रधानमन्त्रीलाई विदाई गर्न त्रिभुवन विमानस्थल पुग्नुभयो । १० गते उहाँ गृहजिल्ला सुनसरीतिर लाग्नुभयो । दुईरात तीन दिन बसेर उहाँ १२ गते साँझ काठमाडौं आइपुग्नुभयो । प्रधानमन्त्री ओलीलाई साँझ ८ बजेतिर विमानस्थलमा स्वागत गर्नुपर्ने भएकाले पनि उहाँ बुधबार काठमाडौं फर्किनुभयो ।

कार्यबाहक जिम्मेवारीमा रहँदा शुरुको तीनदिन फागुन ७ देखि ९ गते सम्म उहाँले नियमित गर्ने मन्त्रालयको काम, बैठक, अनुगमनमा व्यस्त रहनुभयो । सात गते प्रधानमन्त्रीलाई विदाई गर्न त्रिभुवन विमानस्थल पुग्नुभयो । १० गते उहाँ गृहजिल्ला सुनसरीतिर लाग्नुभयो ।

उहाँको स्वकीयसचिव यज्ञ चौधरीका अनुसार गृहजिल्लामा अधिकांश समय उहाँ विवाह र पूजापाठको कार्यक्रममा व्यस्त रहनुभयो । मोरङ्मा आयोजित पशुपतिपुराण कार्यक्रम, श्रीमत्भागवत कार्यक्रममा प्रमुख अतिथि  हुनुभयो । जिल्लामा उहाँले भाषण गर्दै, भेटघाट गर्दै दुईरात तीनदिन बिताउनुभयो ।

११ गते साँझ विराटनगरमा पत्रकारहरुसँग अन्तरंग कुराकानी गर्नुभएका कार्यबाहक प्रधानमन्त्री गच्छदारले आफ्नो छोरा सुवास गच्छदारलाई पनि राजनीतिमा लगाउने पत्रकारहरुलाई जानकारी दिनुभयो । पत्रकारहरुसँग निकै औपचारिकरुपमा प्रस्तुत हुनुभएका गच्छदारले मंगलबार साँझ ८ बजे पत्रकारहरुसँग कुरा गर्न जमघट गर्नुभएको थियो ।

पत्रकारहरुसँग उहाँले राजनीतिक भन्दा विल्कुल पारिवारिक कुराकानी गर्नुभएको थियो । विराटनगरको स्थानीय स्टार होटलमा पत्रकारलाई साँझ ६ बजे बोलाइएको भएपनि उहाँ दुईघण्टा ढिलागरी ८ बजेतिर पुग्नुभएको थियो । एउटा छोरा अमेरिकामा रहेको र अर्को छोरा अमेरिकाबाट हाल नेपाल आएको र भविष्यमा छोराहरुले राजनीति गर्ने उहाँले जनाउ दिनुभएको थियो ।

पत्रकारहरुसँग उहाँले राजनीतिक भन्दा विल्कुल पारिवारिक कुराकानी गर्नुभएको थियो । विराटनगरको स्थानीय स्टार होटलमा पत्रकारलाई साँझ ६ बजे बोलाइएको भएपनि उहाँ दुईघण्टा ढिलागरी ८ बजेतिर पुग्नुभएको थियो । एउटा छोरा अमेरिकामा रहेको र अर्को छोरा अमेरिकाबाट हाल नेपाल आएको र भविष्यमा छोराहरुले राजनीति गर्ने उहाँले जनाउ दिनुभएको थियो ।

फोरम (लोकतान्त्रिक) का अध्यक्षसमेत रहनुभएका गच्छदारले आफ्नो उमेर ६३ वर्ष पुगेको विषय पनि पत्रकारलाई जानकारी गराउनुभयो । सो अवसरमा उहाँले वि.सं. २०२७ सालमा प्रहरीको हिरासतबाट भाग्न सफल भएको र २०३० साल जेठ २९ गते कांग्रेसले गरेको प्लेन हाइज्याकको प्रसंग पनि उठाउनुभयो ।

गच्छदारले पत्रकारहरुसँग कुरागर्दा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रीपरिषदमा कामगर्ने शैलीका विषयमा पनि जानकारी गराउनुभएको थियो । समयमै बैठक बसाउने र पाँच मिनेट ढिला हुँदा बैठक सकाइसक्ने प्रसंग उहाँले जोड्नुभयो ।

गच्छदारले आफूले भट्टराईसहित गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, माधव नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रीमण्डलका काम गरेको अनुभव सुनाउनुभयो । अहिलेको प्रधानमन्त्री र पहिलेको प्रधानमन्त्रीको कामगर्ने शैलीमा निकै भिन्नता रहेको अनुभव सुनाउन भ्याउनुभयो ।

पहिलेका प्रधानमन्त्रीले सबै मन्त्रीको नाम कण्ठ गर्नेगरेको र कामगर्न पनि सजिलो हुनेगरेको तर अहिलेको प्रधानमन्त्रीहरुलाई मन्त्रीको नाम र मन्त्रालयको नामसमेत कण्ठ नहुनेगरेको गच्छदारको अनुभव थियो । बैठक हुँदा मन्त्रीको नाम र मन्त्रालय अरु मन्त्रीले प्रधानमन्त्रीलाई सम्झाइदिनुपर्छ । अहिले मन्त्रालयको नाम पनि फेरिरहने हुनाले पनि कठिनाई भएको उहाँको तर्क थियो ।

करिब डेढघण्टा पत्रकारहरुसँग कुरा गर्नुभएका गच्छदारले विराटनगरको विकास निर्माणको प्रसंग पनि छलफलमा जोड्नुभएको थियो । आफू एकदिन प्रधानमन्त्री हुने भाषण गर्दै हिड्नुहुने गच्छदार १२ गतेसम्म कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभयो । तर छ दिनमा उहाँले खासै गतिलो काम गरेर देखाउनु भएन ।

“कोई थारुको छोरा देशको प्रधानमन्त्री हुन्छ भने त्यो विजयकुमार गच्छदार हो, एकदिन देशको प्रधानमन्त्री हुन्छुँ” गच्छदारले विभिन्न कार्यक्रममा भाषण गर्ने गर्नुभएको छ । फूल प्रधानमन्त्री हुने दिन कहिले आउँछ त्यो भविष्यले बताउला । तर हाम्रो शुभकामना छ गच्छदार चाँडै देशको प्रधानमन्त्री बनेर देखाउनुहोस् ।

तपाईको प्रतिक्रिया