टि.यु. थारु विद्यार्थी अध्यक्षमा महेश


TBS

काठमाडौं, फागुन १३ गते । थारु विद्यार्थी समाज त्रिभुवन विश्वविद्यालय इकाई कमिटी अध्यक्षमा महेश कोचिला थारु निर्वाचित हुनुभएको    छ ।  विश्वविद्यालय स्थित एक हलमा भएको समाजको आठौं अधिवेशनले अध्यक्षमा थारुलाई चयन गरेको हो । अधिवेशनले समाजको पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको दुई उपाध्यक्षमा एन.आर. चौधरी र सुनिता थनेत निर्वाचित हुनुभएको छ । त्यस्तै सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सुशीला चौधरी, सरद चौधरी र रुक्मिणी चौधरी निर्वाचित हुनुभएको छ ।

सोहीअनुसार सदस्यमा क्रमशः महेश महतो, प्रभात चौधरी, नारायण चौधरी, रिमा चौधरी, जनार्दन चौधरी, सचिकुमार चौधरी, चन्द्रकान्त चौधरी, धिरेन्द्रकुमार चौधरी र सृजना चौधरी चयन हुनुभएको छ ।

TBS1

महेश कोचिलाको सभापतित्वमा भएको उद्घाटनसत्रमा समाजका केन्द्रीय महासचिव चन्द्रप्रसाद चौधरीले थारु आन्दोलनलाई सक्रिय बनाउन विद्यार्थीको ठूलो हात हुने हुनाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजका उपत्यका कमिटीका ओम थारु, विमल चौधरी, दीपक चौधरी, सर्वहित समाजका नन्दु चौधरी लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया